अनुष्ठान दीपिका आगमतन्त्रको प्रमाणिक ग्रन्थ

259

 

 

चक्रपाणि गौतम

 

ग्रन्थसमीक्षा
वैष्णवागम तन्त्रसाधना उपासना र आराधनाका लागि अति अमोघ तन्त्र हो । तन्त्र उपासना वैदिक उपासना पद्धति नै हो । अध्यात्मकर्ममा सहज कामनासिद्धि तन्त्रसाधनाबाट नै हुन्छ । वेदको मर्यादाभित्र रहेर प्रयोग गरिने तन्त्रसाधनात्मक यज्ञ अनुष्ठानले प्रपत्तिमार्गमा लागेका वैष्णवजनहरुलाई संसारिक प्रपञ्चमा फसाउदैन । वैष्णवहरुका सवै कर्महरु भगवानको प्रसन्नताका लागि र हुनुपर्छ । गृहस्थ वा विरक्त सवै वैष्णवजनले वेदशास्त्रोक्त यज्ञ अनुष्ठानमात्र गर्नुपर्दछ सार्थै गरिएका सम्पूर्ण कर्महरु भगवानलाई नै समर्पण पनि गर्नु पर्दछ ।
आगमविधिबाट गरिने अनुष्ठानहरुको आधिकारिक र सम्पूर्ण ग्रन्थ नेपालमा उपलब्ध नभएका कारण वैष्णव जगतलाई नित्य नैमित्तिक र भगवन्मुखोल्लासपूर्वक गरिने काम्य अनुष्ठानमा दुबिधा भईरहेका बेला आचार्य रामानुज नेपालले वैष्णव अनुष्ठान बिधिको गहिरो अध्ययन गरि अनुष्ठान दीपिका नामक संकलन र सम्पादन गर्नु भएको छ । ग्रन्थको सुरुमा वैष्णवजनले वैदिक यज्ञ गर्दा अनिवार्य रुपमा गर्नुपर्ने तीर्थस्नान , तीलकधारणबिधि कर्मपात्रबिधान लगायतका यज्ञ अनुष्ठानमा अनिवार्य गर्नुपर्ने सम्पूर्ण पूर्वविधिहरु समावेस गरिएको छ । अनुष्ठान वा कुनैपनि यज्ञमा स्थापित देवताको प्रतीमा प्रतिष्ठाको प्रमाणिक र विशेष विधि पनि ग्रन्थमा समावेस गराईएको छ । अनुष्ठानका प्रत्येक कर्महरु यथा अनुक्रम राखिएका छ ।जपमाला प्रतिष्ठा बिधि लगायतका अनुष्ठानमा प्रयोग गरिनै पर्ने बिधिहरु पनि यस ग्रन्थमा समावेश गरिएको छ । शरणगतिमन्त्र अष्टाक्षरमन्त्र चरममन्त्रहरुको अनुष्ठानको विशेष विधि र अङ्गन्यास करन्यासहरु यथाविधि ग्रन्थमा समावेश गरिएको छ । श्रीमद्भागवतमहापुराण अग्निपुराण विष्णुपुराण महाभारत आदिमा वताईएका दिव्य र सहज साधनाका सकाम निस्काम दुबै प्रकारका अनुष्ठानकर्म विधिपूर्वक समावेस गरिएको छ । वैष्णवजनका लागि श्रीविष्णुसहस्रनामस्तोत्र अमोघ साधना स्तोत्र हो यसकारण यस ग्रन्थमा यो स्तोत्रको विशेष अनुष्ठान र अनुष्ठान गर्दा कामनाविशेषले गनुपर्ने सम्पुटमन्त्रहरुको पनि जानकारी गराईएको छ । विवध कामना पूरा गर्न वैष्णवजनहरुले गोपालसहस्रनामको पनि अनुष्ठान गर्ने परम्परा छ । यस ग्रन्थमा गोपालसहस्रनाम अनुष्ठान बिधि , सन्तान प्राप्त गर्न चाहनेहरुले गर्नै पर्ने सन्तानगोपाल अनुष्ठान । विद्याकामनाले गर्ने हयग्रीव अनुष्ठान , प्रारब्धका कारणले प्राप्त हुने ऋणरोग शुत्र आ“धि व्याधि सबै कुराहरुबाट रक्षा प्रप्त गर्न गरिने श्रीलक्ष्मीनृसिंह मन्त्र र विशेष अनुष्ठान षोडषलक्ष्मीब्रत र महालक्ष्मीकृपा प्राप्त गर्ने विशेष विधिहरु पूर्ण रुपले समावेश गरिएकाले यो ग्रन्थवैष्णवहरुका लागि अति उपयोगी र संग्रह गर्न योग्यछ । स्त्री र सर्वसाधारणले पनि सामान्य अभ्यास गरेर अनुष्ठान गर्न सिकाउने यो ग्रन्थमा भगवानको नित्यसेवा र अनुष्ठानका समयमा गरिने विशेष सेवा आराधना समेतल समावेश गरिएकाले भगवानको सेवा आराधना गर्न नजान्नेहरुका लागि समेत अति उपयोगि छ । सामान्य शुद्ध अवस्था वा यात्रा आदिका समयमा पनि गर्नै पर्ने नित्य स्तुतिहरु हनुमान चालिसा , आदित्यह्दयस्तोत्र भगवानका अष्टोत्तरशतनामावली आदिले ग्रन्थलाई सुनमा सुगन्ध थपेको छ । भूटान जन्मथलो रहि हाल अमेरिका अमेरिका निवासी वैकुण्ठावासी सोमनाथ मिश्रकी धर्मपत्नी तथा सन्तानहरुले श्री देवकीनन्दनाचार्य मठ तथा श्रीरङ्गनाथ मन्दिर लालझोडा झापाको नेपालको भौतिक पूर्वाधार निर्माण तथा भगवान भागवतको नित्य सेवा आराधनामा आर्थिक सहयोग पुगोस भनि ग्रन्थ प्रकाशन गरिएको कुरा प्रकाशकका तर्फबाट जानकारी गराईएको छ । समग्रमा यो अनुष्ठान दीपिका नामक ग्रन्थ सात्विक सनातनी वैष्णव र सात्विक स्मार्त सबैलाई अति उपयोगी छ । कूल ३८५ पृष्ठ रहेको यो ग्रन्थ आकर्ष बाहिरी आवरण र आवरण पृष्ठमा सुदर्शनयन्त्र , सर्बतोभद्र यन्त्र ,षेडषलक्ष्मी यन्त्र चक्राब्जमण्डलयन्त्रका सुन्दर चित्रहरु राखिएका छन ।