आपत्ति नै आईपरे पनि ९ चिज भुलेर पनि कसैलाई नदिनु

677

ओम वाणी ज्येष्ठ १४

वैदिक सनातन धर्ममा शिक्षाको लागि अनेकौ ग्रन्थ तथा स्मृतिहरू प्रतिपादित भएकाछन् । स्मृतिहहरूको आफ्नै नाम तथा पहिचानछ । व्यक्ति आफू सुख, शान्त होस् र सवैलाई दया गरोस् भनेर स्मृतिहरूले जोड दिएको भेटिन्छ । अनेकौ स्मृतिको आधारमा मानवको लागि नियमहरू निर्धारण गरिएको छ ।

नियम भनेको कानुन हो । जुनले सबैको हित र भलोको बिषयमा वोलेको हुन्छ । सम्पूर्ण स्मृतिग्रन्थ हरूले अधिक्तर सामाजिक एकता तथा गर्नु पर्ने कर्तब्यको बिषय निर्देश गरेका भेटिन्छन् । मानव भए पछि मानवले गर्नु पर्ने अनेकौ कर्तब्यहरू छन् । यस्तै दक्ष स्मृतिमा भनिएको छ मानवले जतिनै अकाल तथा आपत्ति आईपरे पनि ९ चिज कसैलाई दिनु हुदैन भनेर लेखिएको छ । यदी यो ९ चिज कसैलाई दियो भने मनुष्य सामाजमा लज्जित हुनुपर्ने बताएको छ ।

सर्वमान्य जनताको सम्पत्ति कहिल्यै पनि जति आपत परे पनि एकलौटी रूपमा कसैलाई दिनुहुँदैन ।

चन्दाबाट उठेकोरकम कहिल्यैपनि आपत्ति पर्यो भनेर एकलौटी ढंगले कसैलाई दिनुहुँदैन ।

अरुकसैको लागि राखेको बस्तु तथा सामाजिक धरोहरको सम्पत्ति आफ्नो हातमा छ भनेर कसैलाई दिनुहुँदैन ।

बन्धनको बस्तु कहिल्यै पनि कसैलाई कुनै प्रकारको आपत्तिमा पनि दिनु हुँदैन ।

आफ्नी स्त्री पनि कुनै प्रकारको कष्टमा पनि सगैं राख्नु पर्छ अन्त्र पठानु दिनु हुँदैन । भनिएको छ ।

स्त्रीको धन कहिल्यै पनि कुनै अवस्थामा कसैलाई नदिनु भनिएको छ ।

धरौटी तथा धितो राखियको सम्पत्ति पनि कसैलाई दिनु हुँदैन ।

कसैले राख्न दिएको वस्तु अर्कैलाई कदापि दिनु हुँदैन ।

सन्तान हुँदाहुँदै सम्पूर्ण सम्पत्ति अरुलाई दिनु हुँदैन ।