सहयोगी भावनाका, बावा नारायणदास

916

 

ध्रुवशरण ढुंगाना

‘अर्घाखाँचीको पाणिनि गाउँपालिकाको अड्गुरीमा जन्मेका नाराणदास पन्थी भारतको वृन्दावनमा बस्नुहुन्छ’ ।

अहिले उहाँ प्रवासमा वसे पनि नेपालीदाजुभाइरूको सहयोग को लागि दिलो ज्यानले लागिरहनु भएको छ । अहिले विश्वनै कोरोना महामारीको चपेटमा आएको बेला लकडाउनले गर्दा अनेकौ नेपालीहरु विभिन्न देशबाट सहज नेपाल फर्कन पाइरहेका छैनन् ।

यसरी बाहिर रोजगारी तथा अध्ययका लागि जानेहरूमा संस्कृत अध्ययनका लागि वृन्दावन पुगेका विद्यार्थीहरू २ महिना देखि भएको लकडाउनले गर्दा समस्यामा आएका थिए ।

पन्थीकै सहयोगले धेरैको समस्या टरेकोछ । धादिङ निवासी २० बर्षीय राजन सुवेदी भन्नुहुन्छ – ‘म २ बर्ष भो वृन्दावन आएको अहिले अएर बसेको आश्रमले निकालीदिए आज हाम्रो सहारा नारायणदास वन्नु भएको छ’ । बस्ने ठाँउको व्यवस्था गरिदिनु भयो हामी वेखर्ची भएका थियौं उहाँकै सहयोगले गर्दा खान पायौं ।
नारायणदास पन्थी  पिता मोहनप्रसाद पन्थी तथा माता दिपादेवी पन्थीको कोखबाट जन्मनु भएको हो भने अतिनै सहयोगी भावनाका पन्थी विवाह बन्धनमा बाँधीनु भएन र अहिले साधु भेषग्रहण गर्दै वृन्दावनको मोतीझील बस्दै आउनु भएको छ ।

हरिव्यास निर्माणी अखाडाका नागा साधुकोरूपमा भारतमा आफ्नो पहिचान वनाउनु भएका पन्थीले माहामरीको वेलामा सवै आफ्नो जीवनकासरी चलाउने भन्ने छ तर वहाँ भने वृन्दावनमा भरीका पढ्नगएका विद्यार्थीहरूको पीडामा मलहम लगाउने काम गरिरहनु भएको छ । पन्थी भन्नु हुन्छ–‘ हामी नेपाली स्वाभिमानी छौं र सदारहने छौ हामीले कसैं सगँ झुक्नु हुदैन’ । नेपाली विद्यार्थीको पीडा भनेको मेरो पीडा हो’ । त्यसैले म छँदा सम्म ६ महिना लक डाउन भए पनि कोही विद्यार्थीलाई भोकै सुत्नु पर्ने अवस्था आउन दिन्न’ ।

उहाँ भन्नु हुन्छ म त वावाजी भए मेरो केनै छ र सवैलाई सहयोग गर्ना पाउँदा अतिनै खुसी लाग्छ । यदी वृन्दावनमा कोही समस्यामा परेमा म सँग सम्पर्क गर्नुहोला सकेको अवश्य सहयोग गर्ने छु । नेपाली मित्र परिषद्ले आफूलाई हौसला र केही सहयोग पनि दिएको वताउँदै वृन्दावनामा रहोको गोकोधाम अश्रमका विद्यार्थी तथा आश्रमका केहीले आफ्नो कार्यको लागि सहयोग गरेको समेत वहाँ वताउनु हुन्छ ।

एक्लै सहयोगमा जुट्दा केही सहयोग मिलेको उहाँको भनाईछ । अहिले मेरो कुटीयामा आएर रासन पानी लिएर जाने १ सय ५० जना विद्यार्थी छन् । हाल वृन्दावनमा नेपालीका ११ ओटा आश्रमहरू छन् । वहाँ भन्नुहुन्छ अहिले सम्मकसै सगँ सहयोग माग्न गएको छैन आपत पर्योभने सबैको सहयोग लिनु पर्ला ।

कोही विद्यार्थीहरु नेपाल जान चाँहान्छन् उनिहरू सगँ खर्च छैन, पठाउने व्यवस्था पनि गर्न हुन्थो तर सिमानामा अलपत्र पर्नेहो की भन्ने डर छ, नेपाल सरकारले केही पहल गर्यो भने काम हुने थियो होला । पन्थी भन्नुहुन्छ यो ईश्वरको कृपा भन्नु पर्छ अहिले सम्म वृन्दावनमा कसैलाई पनि कोरोना संक्रमण भएको छैन ।