आज याेगिनी एकादशीव्रत

459

आज याेगिनी एकादशीव्रत याे एकादशी आषाढ मासको कृष्णपक्षमा पर्दछ । यस दिन व्रत बसेर भगवान नारायणको प्रतिमा स्थापित गरी श्रद्धापूर्वक पूजा आरधनाका साथ प्रतिमालाई फलफूल चढाउने गरिन्छ । त्यस पछि धूपदिपले आरती गरेर र साे प्रतिमा दान दिने गरिन्छ । याेगिनी एकादशीमा पिपलको पूजा गर्नाले सम्पूर्ण पाप नष्ट भई मृत्युपश्चात् स्वर्गलोक प्राप्त हुन्छ भन्ने जनविश्वास रहेकाे छ ।

एकादशीकाे व्रत गर्नेले दशमीको दिनबाटै जौ, गहुँ वा मुँगको दाल लगायत कुनै तामसिक भोजन गर्न नहुनेकुरा शास्त्रमा उल्लेख गरिएकाे पाइन्छ ।  व्रतको दिन नुन तथा कुनै पनि तामसिक खाना खानु हुँदैन, भने व्रतकाे दिन तिताे, अमिलाे, पिराे खाने, यात्रा गर्ने आदि पनि निषेध गरिएकाे छ , वैदिक सनातन संस्कारमा एकाग्रता र चित्तशुद्ध गर्नका लागि तामस प्रवृत्तिका भाेजनहरू धेरै अवसरमा वर्जित गरिएको पाइन्छ । एकादशीका दिन स्नानपश्चात् कुम्भको स्थापना गरेर विष्णु भगवानको प्रतिमा पूजा गर्ने र दान पुण्य गर्ने प्रचलन रहेकाे छ  ।