फणिनारायण सिग्देल
उक्त शीर्षकमा भूगोल भाषा, घटना, परिवेश, व्यवहार आदिको आधारमा अयोध्या, वृन्दावन, हस्तिनापुर, प्रयाग, चारधाम, वैद्यनाथ क्षेत्र आदि धेरै–धेरै प्रसिद्ध तीर्थहरु तथा गङ्गा, यमुना सरस्वती आदि पुण्य नदीहरु नेपाल मा नै रहेका छन् भन्ने शास्त्रीय प्रमाणहरु तर्कसंगत रूपमा प्रस्तुत गर्न सक्ने आधारहरु शास्त्रमा पाईन्छन् यसको खोजी गर्नु हामी सवै ओमकार परिवारको दायित्व हो ।
हुनत राम कृष्ण आदि का कथा दन्त्यकथा हुन् भन्ने पश्चिमा तथा कमाउनिस्ट र हिन्दु धर्मका घोर विरोध कै लागि बौद्ध बनेका तत्कालीन ठूला विद्वान् राहुल साङ्कृत्यायनका अन्धभक्त कम्युनिस्ट हरुको पनि यहाँ कमी छैन, तर ती हिन्दु विरोधीको उक्त भनाइ कति गलत छ भन्ने कुरा को झलक हेरौं त !
(आजभन्दा २२०० वर्ष पहिलेका राजा बृहद्रथलाई मारेर उनका सेनापति पुष्यमित्र शुङ्ग राजा भएका थिए । यस कुरालाई श्रीमद्भागवत १२।१।१६ मा यसरी लेखिएको छ –
हत्वा बृहद्रथं मौर्यं तस्य सेनापतिः कलौ ।
पुष्यमित्रस्तु शुङ्गाह्वः स्वयं राज्यं करिष्यति ।
पुराणका कथाहरु दन्त्यकथा मात्र रहेका भए यो कथा इतिहास मा कसरी ठ्याक्कै मिल्दछ त !
राहुलजीका अनुसार उक्त पुष्यमित्रको विद्वत् सभा का प्रमुख कवि वाल्मीकि ले पुष्यमित्र लाई नै राम र बृहद्रथ लाई नै रावण बनाएर रामायण महाकाव्य को रचना गरेका थिए रे ! तर त्यसको कुनै पनि प्रमाण र आधार नै दिइएको छैन ।
ती शुङ्गभन्दा २४०० वर्ष पहिलेका प्रसिद्ध विद्वान् चाणक्य ले आफ्नो अर्थशास्त्र को छैठौं अध्यायमा राजाको चरित्र वर्णन क्रममा आदर्श पुरुष श्रीराम को वर्णन गरेका छन् । सञ्चार सुविधा नरहेको सो समयमा प्रसिद्ध हुन धेरै समय लाग्यो होला । अतः यो कथा चाणक्य भन्दा पनि धेरै पहिलेको सिद्ध हुन्छ । यति मात्र होइन, तीभन्दा धेरै पहिलेको बौद्ध जातक कथा लङ्कावतार मा बुद्ध भगवान् र रावणको संवाद छ, जसमा श्रीराम को विशेषता वर्णन गरिएको छ । यस्तै बुद्ध वचन पवज्या मा त रामको वंशको पनि परिचय दिइएको छ । यसबाट श्रीराम बुद्ध को समकालीन देखिनुहुन्छ । यसरी विश्लेषण गर्दा राहुल जीका भनाइहरु मनगढन्ते सिद्ध हुन्छन्,अर्थात् रामायण काल्पनिक काव्य होइन ।
बरु रामायण का भालू वानर आदि केही पात्रहरु साहित्यिक भाषामा वर्णित वनवासी जाति हुन् भनी बुझ्न नसक्नु काव्य को प्रकृति नबुझ्नु हो । यस्तै श्रीरामबाट अहिल्याको उद्धार को कुरा पनि प्रतीकात्मक कथा हो । वास्तवमा अर्काको अपराध को दण्ड कुनै अपराध नगरेकी अहिल्याले भोग्नु परेको हुनाले समाजमा उनको जीवन ढुङ्गा जस्तो उपेक्षित थियो । त्यस्ती नारीको उद्धार गर्नु मर्यादा पुरुषोत्तम भगवान् को शास्त्रीय कर्तव्य थियो । सो अनुसार उहाँले अहिल्यालाई समाज मा पुनः प्रतिष्ठित गराउनु भएको हो । अरु केही कथा पनि काव्य का विशेषता हुन् । काव्यमा यस्ता विशेषताहरु सहज रूपमा स्वीकार्य हुनाले नै संसारभरिमा हाल ७५वटा भन्दा बढी रामायणहरु छन् रे !
अर्को कुरा, पुराणहरुमा वर्णित युगमान पनि निकै विचारणीय देखिन्छ । बरु धेरै पहिले दिन, पक्ष, मास र वर्ष शब्द पनि पर्यायवाची पो थिए कि ! ?
अर्को कुरा (पहिलो पर्वसुधार राष्ट्रिय प्रतिवेदन अनुसार हरेक २५,९०० वर्ष पछि ठीक उही ग्रहस्थिति आउँछ रे ! सो अनुसार खोजी गर्दा श्रीराम आदिको पनि विज्ञान सम्मत समय निर्धारण हुन सक्छ कि? यस बारेमा सम्बद्ध क्षेत्र ले स्पष्ट पार्नु आवश्यक हुन्छ ।
बाइबलका अनुयायी पश्चिमाहरु कुनै पनि प्राणीको सृष्टि आठ हजार वर्ष यताको मात्र मान्छन् । त्यो बाइबलको मान्यता त सो समय को हजारगुना भन्दा पनि पहिले का प्राणीहरुका प्राप्त भएका अवशेषहरु बाट पनि स्वतः खण्डित हुन्छ । उनीहरूको त्यस्तो कुप्रवृत्ति को तीब्र प्रतिक्रिया स्वरूप नै हाम्रा शास्त्रहरुमा प्राचीन घटनाहरुलाई यति साह्रै प्राचीन सिद्ध गरिएको पो हो कि? यो पनि गम्भीर अनुसन्धान कै विषय हो ।
जे होस, बौद्ध ग्रन्थहरुका अनुसार श्रीराम तथा श्रीबुद्ध समकालीन हुनाले श्रीराम जन्म समयको उक्त योग परेको दिन पत्ता लगाउनु विशिष्ट सिद्धान्त ज्यौतिषीहरु को कर्तव्य हो ।
श्रीराम परम पुरुष को जन्मक्षेत्रका चारैतिर को भौगोलिक अवस्थिति नदी, पर्वत, वन बस्तीहरुका साथै जन्म समयका ग्रहहरुको समेत स्पष्ट उल्लेख हुनाले ती घटना काल्पनिक हुन कदापि सक्दैनन् ।
ऐतिहासिक विवरण तथा भौगोलिक अवस्थिति हरुको ठोस विश्लेषण गर्दा भारत मा रहेको अयोध्या रामायण काल कै अयोध्या भनी प्रमाणित हुन सकेन । उक्त कुरा रामजन्मभूमि बाबरी मस्जिद सम्बन्धी विश्वभरि चर्चित ठूलो मुद्दामा भारत को सर्वोच्च न्यायालयबाट गरिएको फैसलामा लेखिएको छ । जसमा हिन्दुपक्षबाट पनि ठूलाठूला विद्वान् तथा वकीलहरु संलग्न थिए । अतः सक्कली अयोध्या पत्ता लगाउन सक्रिय हुनु त हरेक हिन्दु बुद्धिजीवी को प्रमुख धार्मिक कर्तव्य हो ।
यसै बीचमा यता सक्कली अयोध्या त नेपाल मा नै रहेको छ भन्ने प्र म ओलीजी को दाबी सार्वजनिक भयो । त्यो सुन्नासाथ उताका तथाकथित सन्तसमाज सहित पूरै इन्डिया नेपालमाथि अभूतपूर्व रूपमा खनिएको छ ।
‘जसको साथमा खोटो मोहोर उसको मन धर्मर’
हुनत वाल्मीकि रामायण अनुसार अयोध्याबाट जनकपुर जन्ती पुग्न चार दिन लागेको ले यो ठोरीबाट रथमा चढेर जनकपुर पुग्न सामान्यतःचार दिन नलाग्ने देखिन्छ, तर रथबाट त ठूला खोलाहरु तर्न नसकिने हुनाले तर्न सम्भव हुने बाटो खोज्दै जाँदा बाटो लम्बिनाले चार दिन लागेको पनि हुन सक्छ ।
अर्को कुरा, कर्णाली र महाकाली को सङ्गम नै रामयणमा वर्णित सरयू नदी हुन् भने उतैतिर पनि उक्त अयोध्याको खोजी गरिनुपर्छ ।
अर्को कुरा (वाल्मीकि रामायण अनुसार को उक्त जन्मभूमि भारत मा नै छ भने पनि हालैको प्रयागराजतिर पो हुनसक्छ त ! किनकि हिमवत्खण्ड अनुसार देवघाट आदिप्रयाग हो भने उहाँको प्रयाग हो । यस्तै सङ्गममा अयोध्या थियो ।
अर्को कुरा, शास्त्रहरुमा जताततै गङ्गाको उल्लेख छ, अतः गङ्गा भनेको ठूलो नदी हो भनेर हेमाद्रिमा स्पष्ट लेखिएको छ ।
हरेक मनुका कार्यकालमा भगवान् का एक कलावतार अनि ब्रह्माजी को हरेक कल्प(दिन)मा भगवान् का अंश, र पूर्णावतार हुने शास्त्रीय कथन रहेको हुनाले शास्त्रहरुमा उक्त फरक ( फरक ठाउँहरुको उल्लेख भएको पनि हुन सक्छ । अतः शास्त्रसम्मत स्थान हुन् भने सबै स्थान उत्तिकै सम्मान्य हुन् । यति मात्र होइन, शास्त्रीयविधि अनुसार नियमित रूपमा पूजा चलेका हरेक देवालय उत्तिकै पूजनीय हुन्छन् । अतः यस बारेमा यसरी झगडा गर्नै हुँदैन ।
जे होस्, कुनै पनि राजनीतिक नेताले यस बारेमा अब यसरी बोल्नुभन्दा सरकार ले सम्बद्ध बुद्धिजीवीवर्ग लाई मात्र बोल्न अघि सार्नु राम्रो हुनेछ । धर्म निरपेक्षतावादी तथा सो वादका नाममा इसाई पथमा लागेका छद्मवेशी हरुले यस्ता कुरा उठाउँदा त सत्य वस्तु पनि झन् झन् पर पुग्नेछ । तसर्थ सत्यमा मात्र विश्वास गर्ने आस्तिक विद्वान् हरु मात्र यस सम्बन्धी शोध र चर्चामा सर्वात्मभावले निरन्तर लागिरहनुपर्छ । यसको लागि नेपाल सरकार ले संसार भरिका सम्बद्ध विषय का ॐकार परिवार का विद्वान् शोधकर्ता हरुका बीचमा यथाशीघ्र अनलाइन छलफल चलाउनु आजको पहिलो आवश्यकता हो ।
यसपछि नेपाल मा सम्भावित उक्त सबै धार्मिक क्षेत्रहरुमा विद्यमान पुरातात्तिक वस्तुको पूर्ण संरक्षण गरी क्रमशः उक्त क्षेत्रहरुको उत्खनन गराएर प्राप्त हुने प्रमाणहरु सङ्कलन गर्नु र सुरक्षित राख्नु सरकार को दोस्रो प्रमुख कर्तव्य हो । उक्त क्षेत्र को नगर पालिकाको नाम ऐतिहासिक नगरी ( अयोध्यापुरी नै राख्नु र व्यापक जन सहभागितामा श्रीसीतारामजीको भव्य मन्दिर बनाउन थाल्नु तेस्रो प्रमुख कर्तव्य हो । किनकि अनुसन्धानबाट पछि यदि रामजन्मभूमि प्रमाणित हुन सकेन भने पनि भगवान् को मन्दिर बनाउनु त पुण्यकर्म नै हो ।
सत्य कै खोजीको यस निश्छल प्रयास लाई पौण्ड्रक, उसका सेना तथा उसका अन्धभक्त जमात बाहेक हरेक साँचो हिन्दुले अवश्य नै मन पराउने छन् । किनकि जहाँ रहेका भए पनि हाम्रा पूज्य पञ्चदेव देवीप्रति संसारभरिकै हिन्दुको असीम आस्था रहन्छ ।