धर्मशास्त्र र महिला हिंसा

199

अन्तर्राष्ट्रिय महिला हिंसा मुक्त दिवस

चक्रपाणि गौतम
हिन्दु शास्त्र मानव सभ्यताको सम्पदा हो । हिन्दु शास्त्रमा लोक कल्याणका लागि अनेकौ कुराहरुको विवेचना र नियमहरु बनाईएका छन । शास्त्रको उद्देश्य भनेको के गर्दा समाजमा सुब्यवस्था कायम हुन्छ र मानिसले आनन्द प्राप्त गर्न सक्दछ भन्ने हो । हिन्दु शास्त्रमा विशेष गरेर कुनै कुरालाई निन्दा र प्रशंसा बराबरी रुपमा गरेको पाईन्छ । शास्त्रमा एकातिर नारीलाई कंचन ( सुन) झै पवित्र मानिएको छ भनें अर्कातिर तिनै स्त्रीलाई कामीनीका रुपमा निन्दा पनि गरेको छ । शास्त्रले नारीलाई अनेक सद्गुणकी खानीका रुपमा ब्रह्मबादिनी,सती पत्नी पतिब्रता गृहिणी आदिका रुपमा जति धेरै प्रशंसा र सर्बोच्चता प्रदान गरेको छ त्यस भन्दा अति कममात्र कामिनीका रुपमा निन्दा प्रस्तुत गरेको पाईन्छ ।यसरि शास्त्रले नारीलाई सामान्य निन्दा गर्दा नारी समुदायले यी सम्पूर्ण शास्त्रहरु पुरुषले रचना गरेका हुन यसकारण शास्त्रमा नारीनिन्दाले पर्याप्त स्थान पाएको छ भन्ने आरोप लाग्ने गरेको पाईन्छ । परन्तु शास्त्रमा नारीनिन्दाका कुराहरुलाई निष्पक्षरुपले आध्यात्मिक विवेचना गर्ने हो भनें नारीनिन्दाको सार्थकता सावित गर्न कुनै कठिनाई छैन ।
मानवजीवनको मूल यद्देश्य भनेको ईश्वरप्राप्त गर्नु हो । आत्मालाई मुक्त पार्नु नै मानवजीवनको सार हो । यसकारण परमार्थसाधनको मूल वाधकतत्व भनेको कामबासना ( यौनलिप्सा) हो । यौनलिप्साले आक्रान्त मानवको पतनका सम्बन्धमा श्रीमद्भगवद्गीतामा एक विशेष उपदेश छ —

ध्यायतो विषयान् पुंसः सङ्गस्तेषूपजायते ।
सङ्गात्संजायते कामः कामात्क्रोधभिजायते ।।
क्रोधाद्भवति संम्मोह सम्मोहात्सेतिविभ्रमः।
स्मृतिभ्रंशाद् बुद्धिनाशो बुद्धिनाशात्प्रणस्यति ।। गीता ।।
यसको अर्थ हो जो मानिस जतिबेला पनि विषयसुख ( यौनलालसा)मा मात्र चिन्तन गरिरहन्छ उसको संगत यौन चिन्तन गर्नेसंगमात्र हुन्छ र त्यस प्रकारको संगतले यौन लालसा जागृत हुन्छ जागृत यौन तृप्तिकालागि क्रोध ( उत्तेजना ) अर्थात हिंसाको सहारा लिन्छ । कुनै पनि प्रकारको पारिवारिक सामाजिक धार्मिक प्रतिष्ठा र मूल्यमान्यतालाई मानिसले ख्याल गर्दैन र यसप्रकारको सम्मोहनले बुद्धिनास गराईदिन्छ अनि परिणामस्वरुप ब्यक्तिको पतन हुन्छ ।
विषय बासनामा प्रथम आकर्षणको वस्तु भनेको पुरुषका लागि नारी र नारीका लागि पुरुष नै हो । आपसका यी दुई आधारमध्ये पुरुष यौन लिप्सामा दुर्बल पक्ष हो । ऋषिमहर्षीका सिद्धान्त अनुसार पुरुष यौनमा दुर्वल चित्त भएको हुन्छ । यस कारण पुरुषको पतन अति छिटो हुन्छ । जव पुरुषको पतन हुन्छ नारी पनि स्वतः पतन भैहाल्छिन । नारीकै आधारले पुरुषको पतन हुने भएका कारण सतीत्वरहित नारीको शास्त्रमा निन्दा गरिएको हो ।
शास्त्र अनुसार नारीलाई हेर्नु छुनु त अति टाढाको कुरा हो नारीको चिन्तन पनि पुरुषलाई पतन गराउन पर्याप्त हुन्छ । यसैले शास्त्रकारहरुले
पुरुषले मनमा पनि नारीको चिन्तन नगर्नु भनेर निर्देशन दिएका हुन । पुरुषलाई विवाहबन्धनमा अनुबद्ध गरेर केवल एकमात्र स्त्रीप्रति केन्द्रित गराएर अन्य स्त्रीप्रति दुर्भावना नियन्त्रण गरिएको हो । यसैले सनातन हिन्दु विवाह लौकिक उन्नति र आध्यात्मिक मुक्तिको माध्यम हो भनेर शास्त्रले विवेचना गरेका हुन । शास्त्रमा नारीमा या नारीको बासनामय संगतले दुःख दिन्छ भनेर नारीको निन्दारुपले हिंसा गर्नु पुरुषलाई नारीहिंसाबाट बच्न प्रेरित गराउनु हो ।
शास्त्रले पुरुषलाई पनि पर्याप्त निन्दा भने गरेको छ । कामोपभोगका दृष्टिले गरिने नारीको संगत र त्यस्ता स्त्रीको संगी व्यभिचारी पुरुष दुवैको संगतले मानिसले अति दुःख पाउदछ । त्यस्ता मानिसले साधारण र निस्पृह मानिसलाई अति कष्टमा पुर्याउदछन ।
यता माथि उल्लेख गरिएका सामान्य हिंसा नारीहरुलाई शास्त्रले गरेपनि शास्त्रमर्यादामा रहेर जीवनयापन गर्ने नारी विनाको घर घर नै हैन भनेर शास्त्रले नारीको प्रशंसा र सम्मान गर्दै स्कन्दपुराणमा भनिएको छ ।
भार्या मूलं गृहस्थस्य भार्यामूलं सुखस्य च ।
भार्या धर्मफलावाप्त्यै भार्या सन्तानबृद्धये ।।
यसको अर्थ हुन्छ नारी घर की मूली हुन नारी नै परिवारको सुखकी कारण हुन । मानिसले गरेको धर्मको फल नारीका कारणले मात्र प्राप्त हुन्छ र परमात्माको सृष्टिको निरन्तरता नारी विना संभव नै छैन यसकारण नारी सर्वश्रेष्ठ जीव हुन ।
नारी हिंसाको शास्त्रले अति निन्दा गरेको छ मनुस्मृति अनुसार जुन घरमा नारीको पूजा हुन्छ त्यही घरमा देवता खुसी रहन्छन जुन घरमा महिला हिंसाको सिकार हुन्छन त्यहा“ गरेका सबै प्रकारका कामहरु निस्फल हुन्छन ।
शास्त्र भन्दछन महिलालाई आर्थिक हिंसा पनि गर्नु हुदैन । परिश्रम गरेर धन कमाउने दायित्व र पूर्ण जिम्मेवारी पुरुषको हो तर त्यसलाई खर्च गर्ने अधिकार केवल नारीमा हुनुपर्छ । “अर्थस्य संग्रहे चैव व्यये चैनां नियोजयेत” भनेर शास्त्रकारहरुले पुरुषले आर्जन गरेको धनको हकवाला नारीलाई नै घोषणा गरेका छन ।
आधुनिक समाजमा पुरुषबाट सामाजिक व्यभिचारका कारण पनि महिलाहरु हिंसा खप्न बाध्य छन । पछिल्लो समय बलात्कार वा महिलाकै सहमतिमा गरिने यौन व्यभिचारले समाज आक्रान्त छ । महिला कै सहमतिमा गरिने यौन दुराचारलाई पनि शास्त्रले व्यभिचार भनेको छ । यसमा महिलाको उमेरलाई आधार मानेर पुरुष महिला दुबैलाई दण्डविधान निर्धारण गरिएको छ भनें बलात्कार पूर्वक हिंसाको सिकार भएकी महिलाको न्यायका लागि शास्त्रले बलात्कारी पुरुषलाई चान्द्रायण आदि कठोर ब्रत गरेर विचार शुद्ध गर्ने नसिहत दिएको छ भने अपराध अनुसार विशेष दण्डविधान पनि निर्धारण गरेको छ ।
शास्त्र भन्छ । “बलान्नारी प्रभुक्ता वा वा चौरभुक्ता तथैव च । न त्याज्या दूषिता नारी न कामोस्या बिधीयते । ऋतुकाले उपासीत पुष्पकालेन शुध्यति ”। अर्थात जो कुमारी वा वयस्क नारी अपराधीहरुबाट बलात्कृत भइकि छन वा लोभ लालचमा परेर दूषित भईन भने त्यस्ता नारीहरुलाई घर परिवार पति र पिता कसैले पनि त्याग गर्नु हुदैन । बलात्कारबाट गर्भवती भए सन्तान जन्मिसकेपछि हुने प्रथम रजस्वला पछि उनी पहिले झै कुल धर्म र संस्कारमा उपयुक्त हुन्छिन यसकारण सनातन हिन्दु धर्मका दर्शन र दृष्टिमा महिला हिंसा सधैं असह्य मानिन्छ । सन्दर्भ ग्रन्थहरु —मनुस्मृति , अत्रिस्मृति , स्कन्धपुराण , श्रीमद्भगवद्गीता ।