वि.सं. २०८० सालको वार्षिक राशिफल

431

 

मेष: (चु चे चो ला लि लु ले लो अ)
मेष राशि हुनेहरुको लागि यस बर्ष ग्रह सामान्यतया राम्रै छन् । शुरुवाती चरणमा बृहस्पति केही अनुकुल हुने हुनाले शैक्षिक क्षेत्रमा केही सफलता मिल्ने देखिन्छ तर केहि मानसिक तनावपनि दिने देखिन्छ । कुम्भ राशि आय भावमा रहेको शनिको प्रभावले विभिन्न माध्यामबाट धन प्राप्तीको योग बनाउने देखिन्छ साथै स्थिर सम्पत्तिमा पनि बृद्धि होला । समग्रमा असार,असोज,माघ र फागुन महिना शुभ छन् ।

बृष: (इ उ ए ओ वा वि वु वे वो)
बृष राशि हुनेहरुको लागि यस बर्ष ग्रहहरु मध्यम छन् । बाह्रौँ बृहस्पतिले व्यवहारिक झमेला, आर्थिक विषमता,मानसिक तनाव, व्यर्थको यात्रा, अदृश्य रुपमा शत्रुले दुःख दिने देखिन्छ । वैदेशिक यात्राको योग रहेतापनि केहि ढिला सुस्ति हुने अथवा पहिलो प्रयास सामान्यतया असफल हुनसक्ने देखिन्छ संयमता अपनाउनुहोला । आर्थिक दृष्टिले श्रावण, कार्तिक ,फागुन र चैत महिना शुभ छन् ।

मिथुन: (क कि कु घ ङ छ के को हा)
मिथुन राशिको समग्र ग्रहगोचर राम्रो नै छन् । आय स्थानमा रहेको बृहस्पति पक्कैपनि आम्दानि बृद्धिमा सहयोगी सिद्ध होला । कुनै नयाँ व्यवसाय प्रारम्भ हुने वा भएको भए ख्यातीमा बृद्धि गराउला । पारिवारीक सम्बन्ध राम्रो रहला । बृहस्पतिको सातौँ दृष्टिको प्रभावले जग्गा,जमिन,बाहन थप हुने तथा यस सम्बन्धीको व्यापारबाट थप लाभ लिन सकिने देखिन्छ । वैशाख ,भाद्र,मंसिर र चैत महिना शुभ छन् ।

कर्कट: (हि हु हे हो डा डि डु डे डो)
कर्कट राशि हुनेहरुको लागि ग्रह मध्यम छैन् । आठौँ शनिले गर्दा (अढैया) कार्यमा विलम्बता, दुःख ,झन्झट, शारिरिक कष्ट, परिवारमा बेमेल,जागिरमा अकल्पनित स्थानान्तरण, कुनै मुद्दा मामिला आईपर्न सक्ने तथा आफन्तहरुबाटै धोकाको अवस्था सृजित हुने देखिन्छ । समग्रमा वैशाख ,जेठ असोज र पुस महिना शुभ रहने छ ।
सिंह: (मा मि मु मे मो टा टि टु टे)
सिंह राशि हुने हरुको लागि ग्रहहरु राम्रै छन् । बृहस्पति भाग्य वा धर्म स्थानमा रहने हुनाले धार्मिक तथा अध्यात्मिक क्षेत्रतर्फ विशेष ध्यान जाला तथा यस क्षेत्रको यात्राहरु सफल हुने देखिन्छ । भाग्योदय,सुःख सुविधा, सन्तानबाट सुःख प्राप्ति तथा मित्रबान्धवहरुबाट साथ सहयोग मिल्नेछ । जेठ ,असार ,कार्तिक र माघ महिना शुभ रहेका छन् ।
कन्या: (टो प पी पू ष ण ठ पे पो )
कन्या राशिका ग्रहगोचर मध्यम जस्ता छन् । बृहस्पति अष्टम स्थानमा रहेकोले अध्ययन अध्यापन क्षेत्रमा अवरोध उत्पन्न होला । मन पनि अशान्त रहला पारिवारिक मतभेद,व्यर्थ विवाद आदिको सम्भावना बनाउने भएको हुनाले संयमित व्यवहार र शान्तिको अपेक्षा राख्दछौँ । आर्थिक दृष्टिकोणबाट असार ,श्रावण ,मंसिर र फागुन महिना शुभ छन् ।
तुला: (रा री रु रे रो ता ती तु ते)
तपाईको ग्रह सामान्यतया राम्रै भन्नुपर्दछ । साताँै बृहस्पति शुभकारक रहनेछ, मान सम्मान, यश, प्रतिष्ठा, आदिको अभ्युदय होला, कुनै नविन व्यवसायको पनि आरम्भ हुन सक्ला । सुखद र लाभदायक यात्राहरु बनिरहनेछन् । समग्रमा श्रावण , भाद्र,पुस र चैत महिना शुभ रहने छन् ।
बृश्चिक:(तो ना नि नु ने नो या यी यु)
बृश्चिक राशि हुनेहरुको लागि ग्रह गोचर त्यति राम्रो छैन । चौथो घरको शनि (अढैया) को प्रभावले मानसिक तनाव, झुटा आरोप, काम कार्यमा विलम्बता, दुःख , तनाव आईपर्ने, आफ्नो तथा आमालाई शारिरिक कष्ट गराउने देखिन्छ । वैशाख , भाद्र , असोज र माघ महिना शुभ छन् ।
धनु: (ये यो भा भी भू धा फा ढा भे)
धनु राशि हुनेहरुको लागि सामान्यतः ग्रहगोचर उत्तम देखिन्छ । पञ्चम बृहस्पतिको प्रभावले विद्या तथा सन्तान क्षेत्रमा उत्साहजनक अवस्था रहला । धार्मिक, अध्यात्मिक, बाचन क्षेत्रबाट बिशेष मन प्रशन्न रहला तथा उन्नति होला। जेठ ,असोज, कार्तिक र फागुन शुभ छन् ।
मकर: (भो जा जी जु जे जो खा खि खु खे खो गा गी)
मकर राशि हुने हरुको ग्रह स्थिति अनिष्टप्रद छ । शनिको अन्त्य साढेसाती दशा हुनाले त्यति राम्रो समय देखिँदैन । स्व व्यवसायबाटपनि सोचे जस्तो नहुने, नजिकका आफन्तजनबाट धोका साथै नचिताएका कार्यहरु आईपर्ने र नयाँ कार्य गर्न असमर्थ हुने अवस्था आउला । यद्यपि वर्षको मध्यबाट भने सहज हुने देखिन्छ । असार , कार्तिक ,मंसिर र चैत महिना शुभ छन् ।
कुम्भ : (गु गे गो सा सी सु से सो दा)
कुम्भ राशि हुनेहरुको यो वर्ष मध्यम छ ।शनिको मध्य साढेसाति दशा हुनाले समय संघर्षपुण रहला । पारिवारिक असन्तुष्टि, चौपायबाट नोक्सानी, मिथ्याअपवाद, व्यर्थ गमन, शत्रु सामना, अनावश्यक मनमा भय उत्पन्न होला । धार्मिक क्षेत्रमा मन नजाला । वैशाख , साउन ,मंसिर र पुस शुभ रहेका छन् ।
मीन : (दी दु थ झ ञ दे दो चा ची)
मीन राशि हुनेहरुको लागि ग्रहगोचर सामान्य छन् । आद्य साढेसाती शनिको प्रभावले मानसिक असान्ति, काम कार्यमा अरुचि, सवारी दुर्घटना, पशु चौपायबाट नोक्सानी, आत्मबल यस कीर्ति मान प्रतिष्ठामा कमी आउला । अनावश्यक खर्च तथा स्वजनहरुबाट हुने सहयोगमा कमी आउला । समग्रमा जेठ ,भाद्र,पुस र माघ महिना शुभ छन्