शुभ जन्मदिन जेठ १ गते आज तपाईको जन्मदिन

396

 


ॐवाणिका तर्फबाट तपाईलाई जन्मदिनको शुभकामना । तपाईलाई यस वर्ष शनि र बृहस्पति दुई ग्रहहरुले प्रभाव पारेका छन । शनिले धनि र बृहस्पतिले ज्ञानि बनाउन प्रयत्न गर्नेछन । यो वर्ष तपाईले आफूमा धैर्यता शहनशीलता र आज्ञापालन गर्नु पर्ने देखिन्छ । आफू कम बोलेर अधिक काम गर्ने लक्ष्यमा रहनु उत्तम हुने छ । तपाईको जन्मजात स्वाभाव अनुसार कुनै पनि कुरामा आ“खा चिम्लिएर विश्वास नगर्नु नै उत्तम हुने छ । आर्थिक पक्ष उत्तम रहला ।यो वर्ष साथीभाई आफन्तहरुको काम चलाईदिनका लागि उपलब्ध गराउनु भएको सर सापट फिर्ता गर्न केही समस्या हुन सक्ने छ । तपाईको स्वाभावमा दयालुपन आउने छ । प्रभावशाली ब्यक्तित्व र मर्यादित बोलिबचनका कारण यो वर्ष तपाईका कामहरु सजिलै बन्ने देखिन्छ । केही महत्वाकांक्षि कार्यहरु पनि सुरु गर्नुहोस सफल बन्नु होला । अधिक जनसम्पर्क नगरि सम्पन्न गर्नसक्ने कार्यहरुमा तपाईको सहभागिता उचित हुने छ । सेयर बजार ,कृषि उपज र सहकारी सम्बन्धी काममा तपाईलाई लाभ मिल्ने वर्ष परेको छ । शिक्षा परीक्षामा तपाईलाई सफलता मिल्ने वर्ष परेको छ । आय आर्जनका नया“ बाटाहरु खुल्नेछन । विवाहको तयारीमा हुनुहुन्छ भनें यो वर्ष उचित रहेको छ ।प्रेम सम्बन्धमा हुनेहरुका लागि यो वर्ष संघर्ष शंका र एक अर्कालाई प्रस्टिकरण दिनु पर्ने वर्ष रहेको छ ।विद्यार्थीहरुले रचनात्मक हुने वर्ष रहेको छ । व्यापारमा पनि तपाईलाई लाभ हुने छ । सरकारी नोकरीमा हुनुहुन्छ भनें तपाईलाई आर्थिक लाभ पदोन्न्ती र सम्मान मिल्ने वर्ष परेको छ । मान्यजनको स्वास्थ्यमा समस्या आउने र आफ्नो कर्तव्य निर्वहन गर्दा केही महत्वपूर्ण कामहरु छुटन सक्नेछन । हर्निया कमलपित्त र पेटमा बिकार यो वर्ष तपाईलाई केही तनाव दिने विमारहरु हुनेछन । चिकित्साक्षेत्रमा रोजगार गर्दै हुनुहुन्छ भनें तपाई यो वर्ष नया अनुभव र कार्य प्रगतीतर्फ सक्रिय हुनुहुने छ । थप अध्ययनका लागि प्रयास गर्नुहोला उचित हुने छ । भाग्यशाली र असल मन भएका मानिसहरुसंग परिचय बढने छ । मौकाको फाईदा उठाउन प्रयास गर्नु पर्ने छ । जग्गा जमीन किन्न र गृहनिर्माण गर्न यो वर्ष राम्रो छ । तपाईका आन्तरिक कमजोरीहरु आफैले पत्ता लगाएरु सुधार गर्ने प्रयास गर्नुहोला । आज जन्मदिन भएका बालकहरुका लागि अभिभावकले शिक्षाको सुनिश्चितता गर्न पहल गर्नुहुने छ । विद्यार्थीहरुलाई शिक्षा परीक्षामा अपेक्षित लाभ प्राप्त गर्न अधिक परिश्रम गर्नु पर्ने छ । पशु प्रकृतिप्रेमतर्फ मन जाने छ ।कानून समाज र सामाजिक मर्यादामा आ“च आउने कार्यहरुतर्फ पनि मन जान सक्ने छ । क्षणिक रिस उठने बानीको बिकाश हुने छ । तपाई दीर्घरोगी हुनुहुन्छ भनें केही सावधानी अपनाउनुहोला । तपाईले पलासको पुष्पबाट अबीर निर्माण गरि पलासकै भित्रि बोक्रामा दिव्यम सोमजीवनयन्त्र बनाएर साथमा राख्नुहोला शुभ हुनेछ । अन्तमा पुनः तपाईलाई जन्मदिनको मंगलमय शुभकामना ।
प्रस्तुति
दिव्यदृष्टि ज्योतिष अनुसन्धान एवं परामर्श केन्द्र दमक
९८१७९७३९८२ ९८१४९९८०७५