चक्रपाणी डुम्रे / तिलोत्तमा
विश्व हिन्दु महासंघ तिलोत्तमा नगरसमिति द्वारा अक्षय तृतीयाको अवसरमा तिलोत्तमाको भलवारी चोकमा जौको सातु एवं सर्वत वितरण गरेको छ । विश्व हिन्दु महासंघ तिलोत्तमा नगरसमितिका अध्यक्ष इश्वरी पाण्डेको संयोजकत्वमा उत्त सातु सर्वत वितरण गरिएको थियो । सडक यात्री , पैदलल्लयात्री ,स्थानीय बासिन्दा , स्थानीय ब्यापारी , ट्राफिक प्रहरी , विद्यार्थीहरु लगायतलाई सातु सर्वत वितरण गरिएको थियोे । सो अवसरमा बोल्दै पाण्डेयले वैशाख महिनाको यस दिन सातुसर्वत खुवाउने, खानेपानीको व्यवस्था गर्नेजस्ताकाम सुस्वास्थ्य र परोपकारका दृष्टिबाट उपयोगी रहेको र पर्वको जगेर्नालाई पनि महत्त्वपूर्ण रहने हुँदा उक्त कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । कार्यक्रममा विश्व हिन्दु महासंघ तिलोत्तमाका सम्पुर्ण पदाधिकारीहरुको उपस्थित रहेको थियो ।