खरबूजा र यसको आयुर्वेदिक लाभ

180

 

 


सरस्वती प्रज्ञा

आजभोली बजारमा खरबूजा जताततै देख्न पाईन्छ । मानव स्वास्थ्यका लागि यो फल ईश्वरको बरदान नै भने पनि हुन्छ । यो फलको सेवन गर्दा शरिरमा भएका अनेक प्रकारका रोगहरु ठिक हुनुका साथै यो फलले रोग प्रतिरोधिशक्ति पनि बढाउदछ । विशेष गरेर गर्मी मौसममा सजिलै पाईने यो फलले गर्मीमा हाम्रो शरिरलाई आवश्यक पर्ने पानीको मात्र सजिलै पूर्ति गर्दछ । यो फलले शरिरलाई हाइड्रेटेड पनि राख्दछ । रगतमा कोलेस्ट्रोल नियमन गर्नुकासाथै मुटु र आ“खाको स्वास्थ्यमा पनि यो फलले सुधार ल्याउदछ । आधुनिक चिकित्साविज्ञान अनुसार यो फलमा रहेको एमिनो अक्साईड नामक एसिडको प्रतिक्रियाले अचानक बढने ब्लडप्रेसरलाई नियन्त्रण गर्दछ । यसमा रहेको लाईकोपिन नामक तत्वले आ“खाको ज्योति बढाउनु का साथै दृष्टिदोषबाट बचाउदछ । यसमा मौजुद भिटामिन सी ले हाम्रो इम्युन सिस्टमलाई मजबूत बनाउदछ ।
संस्कृत भाषामा यो फलाई कालिन्द भनेर यसका गुणहरु वर्णन गरिएको छ ।
कालिन्दं ग्राहीदृकपित्तशुक्रहृच्छीतलं गुरु ।
पक्वन्तु सोष्णं साक्षां पित्तलं कफवातजित् ।। अर्थात यो फल रुची बढाउने ,शीतल,गरिष्ठ, आ“खाको शक्ति बढाउने पित्त र बीर्य घटाउने गुण भएको हुन्छ । आयुर्वेदका अनुसार खरबूजाको सेवनले छालासम्बन्धी धेरै प्रकारका रोगहरु पनि निको हुन्छन । कब्जियतको समस्या भएकाहरुले यो फलको सेवन गर्नु अति उत्तम मानिन्छ । नवविवाहित स्त्रीपुरुष दुवैका लागि खरबूजा सेवन यौन सन्तुष्टि प्राप्त हुन्छ । एक खरबूजा एक कागती एक अनारलाई जुस बनाएर नियमित सेवन गर्नाले पुरुषमा भएको यौन कमजोरीलाई ठिक गर्दछ । खरबूजा अनार र कागतीको सर मिलाएर बनाईएको यो मिश्रणयुक्त पेयलाई रैथाने भियाग्रा भनेर विवेचना गरिन्छ । किनकी यो मिश्रणयुक्त पेय पदार्थको शक्तिले पुरुषमा विशेष यौन प्रदर्शनको शक्ति बढदछ । खरबूजाको सेवन बिहान खालि पेटमा वा सा“झको समयमा गर्न सकिन्छ । राती खरबूजाको सेवन गर्दा पेटको स्वास्थ्यमा समस्या आउन सक्ने कुरा आयुर्वेद ग्रन्थहरुले बर्णन गरेका छन । खरबूजा खाएपछि कमसे कम ४५ मिनेटसम्म पानी पिउनु हुदैन । खरबूजा सेवन गर्नेबित्तिकै पानी पिउदा पेटको पाचनतन्त्र कमजोर हुने संभावन बढी रहने भएका कारण यो फल सेवन गर्नासाथ पानी नपिउन निर्देशन गरिएको हो । अझ जो ब्यक्तिको डाईजेसन सिस्टम कमजोर छ उनीहरुले त खरबूजा खानासाथ पानी पिउनै हुदैन । खरबूजा खाईसकेपछि तुरुन्त नुन अण्डा र मकै खानु हुदैन ।