एनकुमार गिरी
हाम्रो समाजमा मानिस मानिस बीच विभिन्न प्रकारकाे नाता सम्बन्धहरु छन्। कतिपय जन्म सिद्ध सम्बन्ध या रगतकाे सम्बन्ध हुन्छ भने बाकी कर्म द्वारा जाेडिने वैवाहिक नाता र सम्बन्ध । त्यस पछि चिनजान र साथि भाइकाे सम्बन्ध । इष्ट मित्र ,छर छिमेक,भइपरी अाउदाकाे परस्पर सहयाेगकाे सम्बन्ध इत्यादि।
कुनै पनि सम्बन्ध दिगो रहनकाे लागि एक अापसमा परस्पर माया,प्रेम,सद्भाव ,अास्था,विस्वास,सम्मान र सहयोग जस्ता विषयहरु एक अर्कामा परस्पर हुनुपर्छ । जहाँ सम्मान,अास्था ,विस्वास,सद्भाव खच्किदै जान्छ त्यहाँ जस्तोसुकै गहिराे नाता र सम्बन्धहरु भए पनि लामाे समय सम्म टिक्न सक्दैन ।
वर्तमान समयमा विशेष गरि श्रीमान श्रीमती बीचकाे सम्बन्ध केही पेचिलाे रुपमा रहेको देखिन्छ । नयाँ युगल प्रेमकाे भावनामा संसार घुमाउने देखि अाकाशकाे जुनतारा खसाल्ने सम्मकाे भावहरु पाेख्छन्। नव विवाहित लाेग्ने स्वास्नीमा केही समयकाे लागि उनिहरुकाे जाेडी संसारमा नै नभएको जस्तो देखाउछन्। एउटै मुटु,कलेजाे,शरीर भएको शब्दले ,ब्याबहारले देखाउछन्। तिमी मेरो प्राण हाैं, जीवन हाैं,तिमि विना मेरो जीवन अधुरो छ भन्छन् अनि केही समय नबित्दै उत्तरचढाव अाउछ अनि सम्बन्ध विच्छेद सम्मकाे घटना बाहिरिन्छ। त्यसैले हरेक नाता र सम्बन्धलाई विवेकले स्थिर राख्न काेशिस गर्नुपर्छ।
यश पानामा मैले जाेड्न खाेजेकाे कुरा के हाे भने हाम्राे समुदाय पुरुष प्रधान छ। याे समाज विभेद पुर्ण छ। किनकि यहाँ जातको अाधारमा चरम विभेद छ। धनकाे अाधारमा बर्गिय विभेद छ। त्यसै गरि हाम्रो समाजमा केही लाेग्नेले श्रीमती प्रति गर्ने ब्याबहार चरम पीडादायी छ। किनकि लाेग्नेहरु जहा गए पनि हुने, जता बसे पनि हुने तर पत्नीले घर छाेडे, बाहिर काममा निस्के अन्य सग ब्याबहार गरे उ चरित्रहीन हुने। पुरुषकाे शरीरमा कम्पन अाए धामीझाँक्री अनि महिलाको शरीरमा कम्पन अाए बाेक्सी , पतिले जाड रक्सी जति खाए पनि हुने अनि पत्नीले खाए इज्जत खराब हुने! अझ विदेशमा परिश्रम गर्न जाने पुरुषहरु चाही ठिक अनि महिला चाहिँ चरित्रहीन या देह व्यापार गरेकाे हुने! पुरुष लिबिङ टुगेदर भनेर बस्दा हुने महिलाले अन्य पुरुष सग कुनै सहयोग लिन ,बाेल्न नै नहुने बाेल्याे भने अनावश्यक शंका उपशंका गर्नुपर्ने ! पुरुषले भने परस्त्री सग सम्बन्ध राख्दा उ मरद पुरुषार्थ हुने अनि महिलाले परपुरुष सग सम्बन्ध राखे चरित्रहीन र देह ब्यापार हुने! अनि लाेग्नेकाे कुटाइ खानु पर्ने,सम्बन्ध विच्छेद नै गर्नु पर्ने ! महिला विधुवा हुदा विवाह गर्न र जवानीकाे सदुपयोग गर्न नहुने तर पुरुष विधवा भए भने पत्नीकाे काज किरिया नसकिदै अर्को स्वास्नी ल्याउनु पर्ने ! पराधिनमा बाध्य भएर जीउनु पर्ने! पुरुषले जे गरे पनि केही फरक नपर्ने तर महिलाले पुरुषको अनुकुलतामा काम तथा ब्याबहार नगरे कुल खान्दानकाे ईज्जत् जाने ! यस्ता यावत विषयहरु नारी स्वतन्त्र हुन नपाउने अनि पुरुषले चाहिँ जसाे गरे पनि ठिक हुने। यस्ता असमान साेच र दृष्टिकोण कहिले सम्म ???
जब एक अापसमा अास्था विस्सवास कम हुदै जान्छ, अापसी मान सम्मान र सद्भाव कम हुन्छ र कुनै निहुँमा बारम्बार घरमा झगडा हुन्छ। लाेग्नेले स्वास्नी कुट्छ, यातना दिन्छ अनि स्वास्नीले पनि लाेग्नेलाई कुट्छे,यातना दिन्छे भने यस्तो अवस्थामा कुनै पनि सम्बन्ध समाजको लागि भनेर अाफु तड्पिएर बचाईराख्नु अावस्यक हुदैन । हामी सबै स्वतन्त्र छाैं । हामी सबैलाई अाफ्नाे शरीर प्याराे लाग्छ । अाफु खुशी हुन चाहन्छौं भने हामीले अरुको लागि किन नसाेच्ने? जीवन त सबैको एकै हाेइन र? के लाेग्नेकाे लागि स्वास्नीले मात्रै अाफ्नाे जीवन वलिदानी गरिदिनुपर्ने! समाजमा धेरै घटनाहरु पुरुष प्रबृत्तिले ब्याप्त छ। याे राम्रो हाेईन। सकिन्छ भने हर सम्बन्ध समानधार बाट अगाडि बढाउनु पर्छ। केही हद सम्म समाज र परिवारकाे लागि तलमाथि गर्न सकिन्छ तर समाजकाे लागि भनेर बल्ल बल्ल पाएकाे जीवन कसैकाे गुलाम र दासको लागि प्रयाेग गर्नु र गरिनु हुन्न।
अाजकाे सचेत पुरुष र महिलाले साेच्नु पर्छ। हाे कतिपय घटना पतिले दुख गरेर कमाएको सम्पत्ति दुरुपयोग भएको देखिन्छ याे भने गलत हाे। तर सम्पत्तिकाे अाढमा कसैको जीवन र जवानी माथि खेलवाड पनि गर्नु हुदैन । अाफुलाई हेरेर अरुलाई भन्ने हाे। अझ कतिपय घटनामा अरुको जीवनकाे हत्या नै गरेको देखिन्छ ! अाफ्नाे स्वार्थ पूरा भएन भनेर अरुकाे जिवनकाे हत्या गर्नु ,जलाउनु, कुटपिट गर्नु,एसिड प्रयाेग गर्नु जघन्य अपराध हाे। देशमा कानुन छ । यसकाे प्रयाेग गरेर न्याय लिन दिन सकिन्छ तर सबै अधिकार अाफैमा राख्नु घमण्ड गर्नु, विवेक गुमाउनु अन्ततः अाफै जल्नु हाे, समाप्त हुनु हाे।
हामीले कुनै पनि कर्म गर्नु अघि धेरै साेचेर गर्नुपर्ने हुन्छ। अाफुले भराेसा गरिएकाहरुबाट सल्लाह सुझाव लिनुपर्छ ।कहिलेकाही राम्रो गर्दा गर्दै प्रतिकुल अवस्थाहरु सृजना हुन पुग्छन् । यस्तो अवस्थामा यदि कुनै पनि सम्बन्ध विच्छेद गर्न सकिन्छ तर यहीँ क्रममा वैवाहिक सम्बन्ध विच्छेद चाहिँ मात्रै नेपालकाे कानुन अनुसार अदालत बाट मात्रै गर्न सकिन्छ । यसमा पती या पत्नी दुबैकाे समान अधिकार छ। यदि लाेग्नेलाई स्वास्नी ठिक नलागेमा र स्वास्नी लाई लाग्ने ठिक नलागेमा अदालतकाे ढाेका सबैको लागि खुल्ला छ। पुरुष पिडित भएमा पुरुष अधिकारकर्मी र महला पिडित भए महिला अधिकारकर्मी छन्। त्यसैले अन्याय सहेर काेही पनि कुनै सम्बन्ध बचाउने बहनामा पिडादायी जीवन विताउनु हुदैन। – माता पिताको सम्बन्ध चाहिँ अकाट्य हुन्। अपबाद बाहेक अामा बुबा सग कसैले पनि सम्बन्ध विच्छेद गर्नु र गराउनु हुन्न ।