मानशिक शान्तिका लागि मौनता

271

 

रक्षाकिशोर
मनिसले मौन बस्नु अति कठिन कार्य हो । हाम्रा प्राचिनकालका ऋषिमहर्षिहरुले मौनतालाई साधनाका रुपमा विश्लेषण गरेका छन । मौन बस्नु मानशिक शक्तिको विकाश गर्नु पनि हो । मनोवैज्ञानिक र करियर विशेषज्ञहरु पनि स्मरणशक्ति बढाउन र एकाग्रता शान्ति र कार्यक्षमता बढाउन मौन बस्न प्रेरित गर्दछन । मुखबाट कुनै पनि शब्द ननिकालि चुपचाप बस्दा ब्यक्ति आफू स्वयंसंग कुरा गर्दछ , आत्ममनथन गर्न सक्दछ । आत्ममंथनले मानिसलाई नया उर्जा प्राप्त हुन्छ । मौन साधनाको यो सानु उपायले हामीभित्र सकारात्मक सोचको विकास हुन्छ ।मौन साधनाले मानिसलाई अनावश्यक कुरा गर्ने बानीबाट मुक्ति मिल्दछ । अनावश्यक सोच र कुराले हाम्रो व्यक्तित्वलाई असर पार्दछ । आवश्यकता भन्दा धेर बोल्दा शिष्टता शालिनताका मर्यादालाई पालन गर्न सकिदैन । यसले हाम्रो मानशिक शक्तिलाई कमजोर पार्दछ । मस्तिष्कका विशेष श्नायुतन्त्रिकामा नकारात्मक प्रभाव पार्दछ । यदि यस्तो धेरै बोलिरहने समस्या लामो समयसम्म रहिरह्यो भने मानशिक र शारिरिक दुबै प्रकारका समस्याहरु आउनसक्छन ।
मौनतालाई मनको आदर्श अवस्था पनि भनिन्छन । मन निस्पन्द रहनु नै मौन हो । मौनताले मनको चन्चलता समापत हुन्छ । मौनले मनमा विशेष प्रकारको आनन्दको अनुभव हुन्छ । यसैले ऋषिमुनिहरु मौनतालाई मनको गहना हो भनेर भन्दछन । मौनताले मानशिक उर्जा क्षय हुनबाट रोक्दछ मानशिक शक्तिको विकाशमा मन आफै सकृय रहन्छ यसकारण जीवनमा मौनसाधना अनिवार्य छ । मौन भएर बस्दा मन शान्त सहज र उर्जावान भएर सृजनशील बिचार प्रकट गरिरहेको हामी प्रत्यक्ष महसुस गर्न सक्दछौ ।
बिचार र शब्दमा नियन्त्रण, आत्मनिरीक्षण र आन्तरिक शान्ति , रिसमा नियन्त्रण , अन्तर्बैयक्तिक संचारबाट अलग रहेर मानशिक उर्जाको संरक्षण र ब्यक्तित्वमा परिस्कार प्राप्त हुन्छ ।
मौन साधनाको अर्थ केवल केही पनि नबोलिकन बसिरहनु भन्ने हैन । अनावश्यक विचार र उलझनबाट मुक्त रहनु वास्तविक मौन साधना हो । केवल चुप बस्नुलाई मौनसाधना भनेर बुझ्ने हो भने यो बुझाई गलत हुन्छ । सामान्यतया मानिसले बोलेर जति उर्जा नास गर्दछ वाध्यतामा परेर मौन बस्दा त्यो भन्दा बढी मानशिक उर्जा बर्बाद पार्दछ । बाध्यता बस चुप बस्दाखेरि मानिसमा धेरै भन्दा धेरै अनावश्यक र नकारात्मक बिचारतरंगहरु म्नमा ठोक्किन्छन । र ती बिचारहरु बाहिर निस्कन बल गर्दछन । यस्तो अवस्थामा यी भावनारु मनका ब्यथा बन्दछन । ब्यक्ति बोल्न चाहन्छ तर सहन गरेर बस्दछ यसको परिणाम मन कुण्ठित बन्दछ । यसरी बिचारलाई पीडा बनाएर मौन साधना गर्नु भन्दा बोल्नु नै उचित हुने धारणा मनोवैज्ञानिकहरुको रहेको छ । मौन साधनाका नाममा बिचारहरुलाई गाठो पारेर चुप बस्दा अन्तरआत्मा छियाछिया बन्न पनि सक्छ । यो अवस्थामा मौन मानिसका लागि घातक हुन्छ । यसर्थ अति वेदनामा केही कुरा बोल्न पनि आवश्यक रहन्छ । मौनको शक्ति अनन्त र असिमित हुन्छ ।
मौनसाधना एक कला हो । जसले मौन साधनाको यो कलालाई बुझ्दछ उ सबै क्षेत्रमा सम्मानित हुन्छ । मौन आचरणले हामीलाई बिचारको आधार निर्माण गरिदिन्छ ।मौन बस्ने स्वाभावले हामीलाई शान्ति केन्द्रित व्यक्तित्व प्रदान गर्दछ । मौन आचरणमा रहन अभ्यास गर्नु आवश्यक छ । दैनिक केही समय बढाउदै चुप बस्ने अभ्यास गरेर हामीले हाम्रा धेरै तनावहरुलाई व्यवस्थापन गर्न सक्दछौ ।