आज मिति २०७७ ज्येष्ठ १८ गते आईतवार तदनुसार ३१ मई २०२० काे राशिफल

263

ॐ वाणाी  ज्येष्ठ १८

आज मिति २०७७ ज्येष्ठ १८ गते आईतवार तदनुसार ३१ मई २०२० प्रमादीनाम संवत्सर रवि उत्तरायण, ग्रीष्मऋर्तु , जेष्ठशुक्लपक्ष, तिथिः– नवमी २४ घडी ९ पला, दिनको २ वजेर ५० मिनेटसम्म , नक्षत्र उत्तरफल्गुनी ४९ घडी १५ पला, रात्री १२ वजेर ५२ मिनेट सम्म, योग – वज्र, करण – तैतिल आनन्दादीयोग – मित्र, चन्द्रमा – सिंहमा विहान ८ वजेर ४ मिनेट सम्म पश्चात् कान्या राशिमा, सूर्य– बृष , बृहस्पति – मकर राशिमा, सूर्य उदय विहान ५ वजेर ११ मिनेटमा, सूर्यास्त – सायं ६ वजेर ५३ मिनेटमा ।

आज धुम्रपानरहित दिवस ।

चन्द्रमा – पूर्वमा ८ वजेर ४ छन् पश्चात् दक्षिणमा ।
योगिनी – पूर्व दिशा ।
कालराहु – उत्तर दिशामा ।
दिशाशूल– पश्चिम दिशामा ।
राहुकाल – सायं ५ वजेर १० मिनेट देखि ६ वजेर ५३ मिनेट सम्म । अशुभ
यमघण्टा – दिनको १२ वजेर २ मिनेट सायं देखि १ वजेर ४५ मिनेट सम्म । अशुभ
गुलीककाल– दिनको ३ वजेर २८ मिनेट देखि ५ वजेर १० मिनेट सम्म । सौम्य
अभिजितमुहूर्त – विहान ११ वजेर ३४ मिनेट देखि १२ वजेर २९ मिनेट सम्म । शुभ

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
प्रतिस्पर्धा बढेपनि नयाँ कामको अनुभव गरिनेछ, बौद्धिक अथवा तार्किक क्षमता बढेर जानेछ । धनलाभका मार्ग फेला पर्लान् व्यवसायमा प्रगति होला , शत्रु नाश हुनेछन् । मनमा उत्साह, उमङ्ग बढ्नेछ, साहित्य तथा लेखन बिधामा लागेका हरूको लागि अतिनै राम्रो दिन रहन्छ । स्त्री हरूले भने वाणीमा संयमता अपनाउनु पर्नेछ ।

बृष – (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)
आजको दिन हजुरले स्थीर भएर काम गर्नु पर्ने छ, यात्राको आयोजन गर्दै हुनुहुन्छ भने साबधान हुनुहोला । जागिरमा भने प्रमोसन तथा यश प्राप्त हुनेछ । मन प्रशन्न रहनेछ । कला कौशलताका धनीहरूका लागि सुनौलो अवसर आउनेछ, बन्धु बान्धव हरूले प्रेम तथा सहयोग गर्नेछन् । रोग शोक वाट छुट्कारा मिल्नेछ ।

मिथुन – (का,की,कू,घ,ङ,छ,के,को,हा)
आज फूर्ति तथा तेजको कमी महशुस होला, आमाको स्वास्थ्यमा प्रतिकुल असर आउन सक्छ । मानसिक कमजोरी अनुभव हुनेछ, स्त्रीहरू सगँ वाद विवाद हुने सम्भावना रहेकाले कमा वोल्नु राम्रो होला । पढाई लेखाइमा मन जने छैन । व्यावसायमा मन्दी आउनेछ । आर्थिक कमजोरी आउला, आफन्तमा बिवाद होला । मित्रहरु सगँ वनाएका योजना अधुरै रहनेछन् ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
शारीरिक तथा मानसिक रूपले तन्दुरूस्त अनुभव गरिएला । पद प्रतिष्ठामा बृद्धिले मन प्रशन्न होला, मित्र तथा पारिवरिक सदस्यहरू सँग आनन्दको समय व्यतित हुनेछ । मनमा उठ्ने नकारात्मक विचारहरू समाप्त भएर जाने छन् , ठुला व्यक्ति सँग सम्पर्क बढेर जाला । प्रेममा सफलता हात लाग्नेछ , बिरोधीहरूलाई पछि पार्न सकिएला ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

साथी भाइसँग रमणीय स्थलको यात्रा गर्र्ने योजना बन्न सक्छ, विद्यामा रुचि, दाजुभाइबाट सहयोग मिल्लनेछ । पति पत्नीको बीचको सम्बन्धमा मधुरता आउनेछ, धन– धर्म कमाउने मौका आउनेछ । स्वास्थ्थमा सुधार, घरयासी नवीन सामन खरिद गर्ने योग रहेकोछ । आजको दिन तँपाइले गरेका सामजिक योगदानकोे चर्चा चल्नेछ, प्रेमामा मधुरता आउला शिक्षामा मन जानेछ ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)

व्यापारी तथा जागिर गर्ने हरुका लागि आजको दिनले सफलता दिनेछ, पूर्व सञ्चित योजनाहरू कार्यन्वयन हुनेछन् । पिता तथा पैतृक सम्पत्तीबाट लाभ लिन सकिन्छ, परिवारमा खुशीको माहालोल वन्नेछ । सामाजिक कार्यमा मन जानेछ । हिम्मतमा वृद्धि , रमाइलो यात्रामा जाने अवसर प्राप्तहुन सक्नेछ । परिवारका लागि समय दिन सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,त)
आज तपाँईको मनमा डर त्रासले वासगर्ने सम्भावना छ, मान हानी हुनसक्छ अतः साबधान रहनुपर्ने हुन्छ । खर्च नियन्त्रण गर्न सकिने छैन, अफवाह देखि टाढँै रहन सके मानसिक शान्ति मिल्नेछ । यात्रा खर्चिलो हुनसक्छ सावधान हुनुपर्नेछ । पढाइमा मनजाने छैन । पेटमा समस्या आउला, खानपानमा ख्यालगर्नु पर्ला ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
आजको दिन हजुरले वैचारिक जीत हासिल गर्न सक्नुहुने छ, धार्मिक तथा मांगलिक कार्यमा सरिक भइएला । पुत्र पौत्रको सहयोग तथा सुख मिल्नेछ , साथीभाइ सँग रामाईलो गरिनेछ , मिष्ठान भोजनको अवसर जुट्नसक्छ । शैक्षिक योग्यतामा निखार आउनेछ, कागजीकाम गर्ने हरूको लागि राम्रो दिन रहेको छ । प्रेममा देखावटी गर्नेहरू सगँ साबधान रहनु राम्रो हुन्छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

आजको दिन हजुरको बिचार स्थिर रहनेछ , सार्वजनिक कार्यले समाजमा प्रतिष्ठित हुने अवसर जुट्ला । शाहासले गर्दा चुनौती पूर्ण पनि सहजै पूरागर्न सक्नुहुने छ । साथीभाइ सँगको मेल जोलले प्रशन्नताको बृद्धिहोला । धनको दिशामा गरिएको प्रयास सफल होला, विपरीत लिङ्गी सगँको आर्कषण वढेर जाला । सहज र आनन्दमा दिन व्यतित होला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
आज पारिवारिक मेल जोल तथा आनन्दमा समय व्यतित गरिनेछ , व्यपारको लागि अतिनै उत्तम दिन रहनेछ । स्वजनको सहयोगले गर्दा महत्व पूर्ण सफलता हात लाग्ला । बोलीको प्रभाव बढेर जाला । बिद्यामा रुचि बढेर जाला, आर्थिक कमजोरी दूरहोला , यश, कृति फैलिदै जानेछ । प्रेममा मिलन तथा मधुरता आउनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
स्वास्थ्यमा बिषेश ध्यान दिनुपर्ने हुन्छ, क्रोधले गर्दा वनेको काममा अवरोध हुन सक्छ । कफ, वातका रोगीहरुलाई राम्रो दिन छैन, कुनै पनि अनैतिक कामबाट परै रहनुपर्नेछ । आजको दिन ठुलो लगानि वाट वच्नु पर्ने हुन्छ । कार्यमा बिलम्बता आउनेछ, शरीरमा आलश्य बढ्नेछ । प्रेममा धोका खान सकिन्छ सावधान हुनु होला, वाटो–घाटो काट्दा ख्याल गर्नुहोला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आजको दिन तँपाइले नयाँ कामको थालनी गर्ने दिन रहेकोछ, सहकर्मि हरूको सहयोग भरपूररूपमा पाइनेछ । शुभ समाचार आउनेछ, गरेको व्यवसायले प्रशन्नता बढउनेछ । मिष्ठान्न भोजनको आनन्द लिन पाईनेछ । शरीरको आलश्य दूरहोला , धार्मिक यात्रा गर्ने मानसिकता पैदा होला बिद्या तथा प्रेममार्ग सफल ।