आज मिति २०७७ ज्येष्ठ ३१ गते शनिवार तदनुसार १३ जून २०२० प्रमादीनाम संवत्सर रवि उत्तरायण, ग्रीष्मऋर्तु , आषाढकृष्णपक्ष, तिथिः– अष्टमी ५१ घडी २० पला, रात्रिः १ वजेर ४२ मिनेटसम्म, नक्षत्र– पूर्वभाद्रपदा ४३ घडी ५६ पला, साँझ ९ वजेर ४४ मिनेट सम्म, योग – प्रीति, करण – बालव, आनन्दादियोग – काल, चन्द्रमा – कुम्भ ४ बजेर ९ मिनेट सम्म पश्चात् मीन राशिमा, सूर्य– वृष , बृहस्पति – मकर राशिमा, सूर्य उदय विहान ५ वजेर ९ मिनेटमा, सूर्यास्त – सायं ६ वजेर ५९ मिनेटमा ।
चन्द्रमा – पश्चिम दिशामा दिनको ४ वजेर ९ मिनेट सम्म पश्चात् उत्तर दिशामा ।
योगिनी – ईशान्य दिशा ।
कालराहु – पूर्व दिशामा ।
दिशाशूल– पूर्व दिशामा ।
राहुकाल – विहान ८ वजेर ३६ मिनेट देखि १० वजेर २० मिनेट सम्म ।। अशुभ ।।
यमघण्टा – दिनको १ वजेर ४८ मिनेट देखि ३ वजेर ३१ मिनेट सम्म ।। अशुभ ।।
गुलीककाल– विहान ५ वजेर ९ मिनेट देखि ६ वजेर ५३ मिनेट सम्म ।। सौम्य ।।
अभिजितमुहूर्त – विहान ११ वजेर ३६ मिनेट देखि १२ वजेर ३२ मिनेट सम्म ।। शुभ ।।
मेष–(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
वित्तीय क्षेत्रको लगानीले राम्रो फल दिनेछ । वस्त्र तथा उपाहार मिल्ने सम्भावना रहेकोछ । मिष्ठान्न एवं स्वादिष्ट भोजन प्राप्तहोला हिम्मत र जागर बढ्नेछ । सहयोग सबैको पाईएला, सामाजिक प्रतिष्ठा बढेर जाला । पे्रमी प्रेमिकाको सम्बन्धमा मधुरता आउने छ । धेरैको मन जित्न सकिनेछ, आतिथ्य ग्रहणको अवसर मिल्नेछ ।
वृष–(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)
अध्यान अध्यापनमा सफलता मिल्लनेछ, अतिथिको आगमनले मनमा प्रसन्न हुनेछ । स्वास्थ्यमा सुधारहुनेछ । व्यावसायिक यात्रा सफल होला । वाद विवादमा विजय हासिल होला , शरकारी काम कार्य सहजै पूराहोला , यात्रमामा आनन्दको अनुभूति होला । परिवारमा खुशीको माहोल वन्नेछ, ज्ञान आर्जनगर्ने मौका प्राप्तहोला ।
मिथुन– (का,की,कू,घ,ङ,छ,के,को,हा)
सहयोगी भन्दा बिरोधीनै सवल हुनेछन् । आर्थिक कमजोरी आउनसक्नेछ, व्यावसायमा पनि सानातिना झमेला नआउला भन्नसकिन्न साबधानी अपनाउनु राम्रो । पुत्र पौत्र सुखमा कमि आउनेछ , छिमेकी सगँ सानो कुरामा मनमुटव हुनसक्छ वोल्दा ख्याल गरेर वोल्नु वेश हुन्छ ।
कर्कट– (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
धन आगमनको मार्ग अवरुद्ध होला, बिरोधीहरू सल्वलाउनेछन् । वैदेशिक मार्ग तथा घरेलु खर्चमा बृद्धि होला । पारिवारिक झमेलाले गर्दा काममा असजीलो महशुस होला । चोट पटकको भएले सताउने छ , लामो दूरीको यात्रा गर्ने हरूले मान समान हराउनसक्ने भएकाले चनाखो रहनु पर्ने छ ।
सिंह– (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
पुरानो तथा पैतृक सम्पत्ति वाट लाभ प्राप्तहुनेछ , व्यापारले पर्याप्त लाभ देला, छोटों दूरीको यात्राले राम्रो फल दिनेछ । रोकिएका काम सजिलै पुराहोला , मित्रवाट सहयोग प्राप्ति हुने, सामाजिक कार्यमा मन जानेछ । वाहान खरिदको लगि राम्रो दिन रहेको छ ।
कन्या–(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)
पुराना रोकिएका कामहरू सम्पादन होलान् ,स्वास्थ्थमा सुधार, फूर्ति बढ्नेछ । माताको सहयोग पाईनेछ,बिरोधीहरू परास्त हुनेछन् , प्रेममा सफलता, विद्यामा रुचि, जमीनको कारोवार तथा भूमिबाट लाभ मिल्लनेछ । साथी सँगको सामिप्ता अझै वढेर जाने छ ।
तुला– (रा,री,रु,रे,रो,ता,ती,तू,त)
गरेको श्रमको उचित मुल्याङ्कन नहोला,अरूको वुद्धिमालाग्नाले महत्वपूण कार्य एकातिर हुनसक्छ । व्यावसायले खासै राम्रो गति लिन नसक्ला, गरेको व्यवसाय बाट प्रसन्नता मिल्नेछैन । शरीरमा आलश्य बढ्नेछ । पठन पाठनमा रुचि जाने छैन, प्रेममा फाटो आउन सक्ने सम्भावना छ ।
वृश्चिक–(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
लेन– देनमा सावधान हुनुपर्नेछ, काममा जाँगर लाग्ने छैन । विरोधीको जाल साँचिमा पर्न सकिएला,बोलीमा नियन्त्रण राख्नुनै वेशहुनेछ । भोज भतेरमा जाँदा खानपिनको विशेष ख्याल राख्नुपर्ने छ । स्वास्थमा नमी आउन सक्छ । साझेदारी काममा लगानिको लागि खासै राम्रो छैन ।
धनु– (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
अनेकौ राम्रा अवसरहरूले पच्छाउने छन् , जागीरबाट राम्रो हुनेछ, कामले सबैको मन मोहित गर्न सक्नुहुनेछ । व्यावसाय सन्तोष जनक होला, । घरयासी माल सामान जोडिनेछ । घरमा नवीन सदस्यको आगमनले खुशी छाउला , प्रसन्नताले दिन व्यतित हुनेछ ।
मकर– (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
काममा अचानक कुनै झन्झट आइपर्ला , प्रवासमा खासै सुख मिल्ने छैन । स्वास्थ्य कमजोर हुनसक्छ, संकलन गरेको सम्पत्तिखर्च होला,गरेको कामले सन्तुष्टि नहोला । पढाई लेखाईमा मन जाने छैन, नेत्र पीडाको अनुभूति हुनसक्ने । यात्रामा ब्यवधान आउन सक्नेछ ।
कुम्भ– (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
मान सम्मान वढ्नेछ , सामाजिककाममा समय लगाउँनाले सबैको मन जित्न सकिन्छ । कुटुम्बको आगमनले मन प्रसन्न रहला । मान सम्मान पाईएला, प्रेममा सफलता हात लाग्ला । जिवन साथीको भरपूर सहयोग प्राप्त होला, काममा मन लाग्नेछ ।
मीन–(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
रोग व्याधीले सताउला नसोंचेको रकम खर्च हुनसक्छ । कार्यमा सही दिशा समत्न नसकिएला । कामको लोडले थकानको महसुस होला ।, पाप कर्म तिर मन लाग्ला, यात्रामा सावधान हुनु पर्ने छ । प्रेम सम्बन्ध चिसो होला , विद्यामा रुचि जाने छैन । कुनै पनि कार्योजना गोप्य राख्नु लाभ होला तर साँझको समय भने राम्रो हुनेछ ।





