आजकाे राशिफल, मिति २०७७ आषाढ १३ गते शनिवार तदनुसार 27 june 2020

448

आज मिति २०७७ आषाढ १३ गते शनिवार तदनुसार 27 june 2020 प्रमादीनाम संवत्सर रवि उत्तरायण, ग्रीष्मऋर्तु , आषाढशुक्लपक्ष, तिथिः– सप्तमी ५३ घडी २२ पला, रात्रिः २ बजेर ३३ मिनेटसम्म, नक्षत्र– पूर्वफाल्गुनी १३ घडी २५ पला, बिहान १० बजेर ३४ मिनेट सम्म, योग – ब्यतिपात, करण – गर आनन्दादियोग – लुम्ब चन्द्रमा– सिंह राशिमा साँझ ४ बजेर १२ मिनेट सम्म, सूर्य– मिथुन , बृहस्पति – मकर राशिमा, सूर्य उदय बिहान ५ बजेर १२ मिनेटमा, सूर्यास्त – सायं ७ बजेर ०२ मिनेटमा ।
चन्द्रमा – पूर्वदिशामा साँझ ४ बजेर १२ मिनेट सम्म ।
योगिनी – वायव्य दिशा ।
कालराहु – पूर्व दिशामा ।
दिशाशूल– पूर्व दिशामा ।
राहुकाल – बिहान ८ बजेर ३९ मिनेटदेखि १० बजेर २३ मिनेट सम्म ।। अशुभ ।।
यमघण्टा – दिनको १ बजेर ५१ मिनेटदेखि ३ वजेर ३४ मिनेट सम्म ।। अशुभ ।।
गुलीककाल– बिहान ५ बजेर १२ मिनेटदेखि ६ वजेर ५५ मिनेट सम्म ।। सौम्य ।।
अभिजितमुहूर्त – बिहान ११ वजेर ३९ मिनेट देखि १२ वजेर ३५ मिनेट सम्म ।। शुभ ।।

मेष – (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
वाद विवाद तथा अदालती फैसलामा जीत हासिल गर्न सकिन्छ , आफ्नो काममा तदारूकता संग लागिने छ । अध्यन अध्यापनका मार्ग सफल होला, व्यावसायको दिशामा गरिएको प्रयासले सफलता दिनेछ । नवीन सम्बन्ध स्थापना गर्न सकिनेछ । आज हजुरको वाणीले सबैलाई मोहित गर्नेछ , यात्राको सोंचको उद्गम होला ।

वृष – (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)
मानसिक तनावले थकानको महसुश होला , स्त्री एवं महिला साथी सँग मनमुटाव हुनसक्छ । मातृ सुखमाकमी आउला, शरीरमा आलश्य पन बढ्नेछ, मन दोधार होला । स्वजनमा बिवाद बढ्न सक्ने । प्रेममा असफलता हात लाग्न सक्छ , लामो यात्रा लाई परै सारेको राम्रो हुन्छ । कारोवारी हरुका लागि खासै राम्रो दिन रहेको छैन ।

मिथुन– (का,की,कू,घ,ङ,छ,के,को,हा)
साथीहरू सँगको मेल जोलले मनसिक थकान हटेर जानेछ , घरमा नयाँ नवीन कार्यको योजना बन्नेछन् । समाजमा मान सम्मानको वृद्धि हुनेछ, सजिलै चुनौती पूर्ण कार्य सम्पन्न गर्न सकिनेछ । दाजुभाइको सहयोग साथ पाईएला । सानातिना अल्झनहरू आफै सुल्झने छन् ,तपाईंको कामको सवैले प्रशंसा गर्लान् ।

कर्कट – (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
ठूला व्यक्ति सँग सम्पर्क बढ्नेछ, धन धर्मको प्राप्ति हुनेछ, शरीरिक फूर्ति बढेर जाला । प्रेममा सफलता मिल्ला, घर परिवारबाट सहयोग मिल्लनेछ । वोली व्यवाहारले सवैको मन आफूतिर आकर्षित गर्न सकिनेछ । आर्थिक आय– व्यय समानरहेता पनि मनमा प्रशन्नता भनेरही रहनेछ, परिवारमा समय दिन सकिनेछ ।

सिंह – (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
आज धरै दिन देखि रोकिएका कार्यहरू सुचारू हुनेछन्, रोग, शोक, मुक्त होला । जोश, जाँगर बढेर जानेछ , रमाइलो यात्रामा जाने अवसर प्राप्तहुन सक्नेछ । व्यापारबाट पर्याप्त लाभ होला, कार्यमा प्रगति हुनेछ, सामाजिक कार्यमा मन जानेछ । आतिथ्यता ग्रहणको अवसर जुट्न सक्नेछ, रचनात्मक कार्यमा सहभागी हुने अवसर जुट्नेछ ।

कन्या – (टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)
शारीरिक तथा मानसिक चिन्ताले सताउँनेछ , झै–झगडा वाद बिवादमा महत्व पूर्ण समय गुम्न सक्छ ध्यान दिनुपर्ला । आँखामा विकार पैदा हुनसक्छ । कमाई भन्दा खर्च अधिक हुने संभावना छ । कार्यमा विलम्बता आउने छ । आफन्तसगँ भना–भन हुनसक्छ कमवोलेको वेश । मान हानी हुनसक्नेछ, सन्तानको सहयोग मिल्नेछैन ।

तुला – (रा,री,रु,रे,रो,ता,ती,तू,त)
वनाएका योजना पूरा होलान् , पति पत्नीबीचमा माया प्रेम गाढा होला, हाकिमलाई प्रसन्न बनाउन सकिनेछ । आज पुराना साथीहरू सँग भेट हुनाले मनमा हर्ष छाउला, बौद्धिक तथा तार्किक क्षमतामा बृद्धि होला । धनलाभको मार्ग मिल्नेछ , नजीकको यात्रा लाभदायी रहनेछ । वाणिज्य तथा व्यावसायमा लाभ होला ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
पैतृक सम्पत्तीबाट लाभको संकेत देखापर्ला, आर्थिक कार्यदिशामा कुनै ठोश कार्योजना अघिबढ्नेछ । न्यायमार्ग सफल रहला, रोकिएको धन माल हात लाग्ने छ । स्त्रीको सहयोगले रोकिएको काम प्रगतिको पथमा लम्कनेछ । तथा सुख मिल्नेछ, पारिवारिक समस्या समाधान हुनेछ , मान सम्मान बढेर जाला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
प्रेमगर्नेहरूको सहयोग साथ मिल्ला, ठूला व्यक्ति सँग सम्पर्क बढ्नेछ । स्वास्थ्यमा सुधार होला, शरीर फूर्तिलो वन्नेछ , रोकिएको धन हात लाग्नेछ । आत्म विश्वासले गर्दा कार्य क्षेत्रका चुनौती सहजै पार गरिएला, लेखन तथा सहित्यका विधामा लाग्नेहरूका लागि पहिचान बनाउने अवसर मिल्नेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
मनामा क्रोधको भावना पैदा होला , निषेधात्मक तथा नकारात्मक विचार देखि सावधान हुनुपर्नेछ । मन भ्रमित रहला , पेटमा बिकार पैदा हुनसक्छ । प्रेममा धोका हुन सक्छ, काममा अनेकौ झंझट खेप्नु पर्ला, आफन्तसँग भना–भन हुनसक्छ कमवोलेको वेश । चोटपटकको सम्भावना तथा भय हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
पठन–पाठनको दिशामा सकारात्म सोंच वन्नेछ । स्वजन तथा मित्रहरूको साथमा भोज एवं हासखेल रमाइलो गरिनेछ , यशकीर्तिमा बृद्धि होला । सरकारी कार्यवाट लाभ होला । तपाईंले गरेको कामले सबैलाई प्रसन्नगर्न सक्नु हुनेछ ,अभिष्टकार्य सिद्धि होला, वैचारिक मार्ग सफल । मनका द्विधा हटेर जाला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
स्वास्थ्य राम्रो रहला । नवीन कार्योजनाले आगामी आर्थिक उन्नतीको ढोका खोल्न सक्ने योजना वन्नेछ , साथीहरू सँग आपसमा रमाईलो गरिनेछ ।महिला साथीको सहयोगले कुनै नयाँ कार्योजना सुरू हुनसक्छ , रोग व्याधी शरीरबाट दूरहोलान् । आजको दिन तपाईंको परोपकार तथा साथीहरूलाई सहयोग गरेर व्यतित गरिनेछ ।

#आजकाे राशिफल