आजकाे राशिफल । Aajako Rashifal । मिति २०७७ आषाढ १४ गते आइतवार तदनुसार 28 june 2020

359

आज मिति २०७७ आषाढ १४ गते आइतवार तदनुसार 28 june 2020 प्रमादीनाम संवत्सर रवि उत्तरायण, ग्रीष्मऋर्तु, आषाढशुक्लपक्ष, तिथिः– अष्टमी ४७ घडी १७ पला, रात्रिः १२ बजेर ०७ मिनेटसम्म, नक्षत्र– उत्तरफाल्गुनी ९ घडी ३४ पला, बिहान ९ बजेर ०२ मिनेट सम्म, योग – वरियान, करण – भद्रा आनन्दादियोग – मित्र, चन्द्रमा– कन्या राशिमा, सूर्य– मिथुन राशिमा, बृहस्पति – मकर राशिमा, सूर्य उदय बिहान ५ बजेर १२ मिनेटमा, सूर्यास्त – सायं ७ बजेर ०२ मिनेटमा ।
चन्द्रमा – दक्षिण दिशामा ।
योगिनी – ईशान दिशा ।
कालराहु – उत्तर दिशामा ।
दिशाशूल– पश्चिम दिशामा ।
राहुकाल – सायं ५ बजेर १८ मिनेटदेखि ७ बजेर ०२ मिनेट सम्म ।। अशुभ ।।
यमघण्टा – दिनको १२ बजेर ७ मिनेटदेखि १ वजेर ५१ मिनेट सम्म ।। अशुभ ।।
गुलीककाल– दिनको ३ बजेर ३५ मिनेटदेखि सायं ५ वजेर १८ मिनेट सम्म ।। सौम्य ।।
अभिजितमुहूर्त – बिहान ११ वजेर ३९ मिनेट देखि १२ वजेर ३५ मिनेट सम्म ।। शुभ ।।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
मनमा द्विधा बढेर जाला शान्ति खाेज्नु पर्ला, कुटुम्बको सहयोग होला । मिष्ठान भोजन प्राप्ति होला यात्राले लाभ देला, पठनपाठनमा रुचि जाला ।

वृष – (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)
धन आगमनका श्रोत फेला पर्ने छन् , स्वास्थ्यमा लाभ होला । बन्धु बान्धवको सहयोग मिल्नेछ , प्रेममा सफलता हात लाग्नेछ

मिथुन – (का,की,कू,घ,ङ,छ,के,को,हा)
स्वजनको विवाद चुलिन सक्छ , वोलीको गलत अर्थलाग्ने छ । मन चञ्चल होला, स्त्री सुखमा कमी आउला पठनपाठन मार्ग अधुरा ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
हिम्मत तथा जोश जाँगर बढेर जाला तर काम गर्दा जाेश गुमाउनु हुदैन । घरपरिवारमा खुसीको महोल वन्नेछ , रोगवाट मुक्ति मिल्नेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
अभिष्टकार्य सिद्धि होला , वनाएका योजनाहरू कार्यनयन होला । व्यापरमा वृद्धि हुनेछ , प्रेम तथा विद्याको मार्ग सफल होला ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)
आय आर्जनमा वृद्धि हुनेछ, व्यापारवाट भरपूर लाभ लिन सकिने छ । साथीभाइ सँग हास्य परिहास्यमा हुनेछ । तरल पदार्थले लाभ मिल्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,त)
शारीरिक पीडाले सताउला , कमाई भन्दा खर्च अधिक होला । यात्रा वाट लाभलिन सकिने छैन, मानसिक चिन्ताले सताउनेछ । विद्यामा अरुचि ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
वाद विवदमा निकै अल्झेर विजय मिल्ला , सरकारी काम कार्य ढिलाेगरेर  पूरा होलन् । विरोधी पछि पर्ने छन्, पुत्र–पौत्र सन्ततिबाट सन्तोष मिल्नेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
अधिक प्रयत्नले समस्याको हल गर्न सकिनेछ, रोगनाश होला, समाजिक काममा चनाखाे हुनुपर्नेछ  । बौद्धिक क्षमतामा वृद्धि होला , घरयासी कार्यमा खर्चको भने वृद्धि हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
धनलाभको मार्ग फेला पर्नेछ, छोटोदूरीको यात्राले सुख देला । साथीभाइ संग रमाईलो यात्रा हुनसक्नेछ , सवारीसाधन तथा पशुचौपाय वाट लाभ हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
पाचन प्रकृया कमजोर वन्नेछ, खान पिनमा ख्याल गर्नुपर्ने हुन्छ । आपसी विवादले सताउला, विद्यामा रुचि जानेछैन ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
स्वास्थ्यमा सुधार होला, सन्तानले सुख देलान् । धार्मिक कार्यमा मन जानेछ , गौरव तथा प्रतापको वृद्धि हुनेछ , विद्यामा मन जानेछ ।

#Aajako Rashifal  #आजकाे राशिफल