आजकाे राशिफल । Aajako Rashifal । मिति २०७७ आषाढ २४ गते बुधवार तदनुसार 8 july 2020

454

आज मिति २०७७ आषाढ २४ गते बुधवार तदनुसार 8 july 2020 प्रमादीनाम संवत्सर रवि उत्तरायण, ग्रीष्मऋर्तु , श्रावणकृष्णपक्ष, तिथिः– तृतीया १० घडी १२ पला, बिहान ९ बजेर २१ मिनेटसम्म, नक्षत्र– धनिष्ठा ५१ घडी ५९ पला, रात्रिः २ बजेर ०४ मिनेट सम्म , योग –प्रीति , करण – बव आनन्दादियोग – मित्र, चन्द्रमा– मकरमा दिनको १ बजेर २१ सम्म पश्चात् कुम्भमा राशिमा, सूर्य– मिथुन राशिमा, बृहस्पति– मकर राशिमा, सूर्य उदय बिहान ५ बजेर १६ मिनेटमा, सूर्यास्त – सायं ७ बजेर ०१ मिनेटमा ।
चन्द्रमा – दक्षिणदिशामा दिनको १ बजेर २१ सम्म पश्चात् पश्चिम दिशामा ।
योगिनी – आग्नेय दिशा ।
कालराहु – नैरित्य दिशामा ।
दिशाशूल– उत्तर दिशामा ।
राहुकाल – दिनको १२ बजेर ०९ मिनेटदेखि १ बजेर ५२ मिनेट सम्म ।। अशुभ ।।
यमघण्टा – बिहान ६ बजेर ५९ मिनेटदेखि ८ वजेर ४२ मिनेट सम्म ।। अशुभ ।।
गुलीककाल– बिहान १० बजेर २६ मिनेटदेखि १२ बजेर ९ मिनेट सम्म ।। सौम्य ।।
अभिजितमुहूर्त – बिहान ११ बजेर ४१ मिनेट देखि १२ बजेर ३६ मिनेट सम्म ।। आज अशुभ ।।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
मध्याह्न पछि पुराना राेकिएका कार्यहरू सम्पन्न हाेलान् ।  स्वास्थ्यमा सुधार हुनेछ । आजको दिन मध्याह्न सम्म चनाखो हुनुहोला, कार्यमा सोंचेको सफलता हासिल गर्न मेहनत गर्नु पर्ने देखिन्छ पेटको समस्याले सताउन सक्ने भएका कारण खान पिनमा ख्याल गर्नु पर्ने हुन्छ ।

वृष – (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)
आजको दिन हजुरको लागि मिश्रत रहनेछ, गर्मिले गर्दा शक्तिमा ह्रास भएको अनुभूत हुन सक्छ ख्याल गर्नुहोला । प्रेममा भने हल्का नोक झोक भएपनि अन्त्यमा खुशी मिल्नेछ । विद्यामा रुचि जागे पनि अवसर भने मिल्ने छैन । घरका नजिकीकार्य गर्न सकिनेछ । आज परिवर सँग दिन विताउनु राम्रो ।

मिथुन – (का,की,कू,घ,ङ,छ,के,को,हा)
अध्ययन अध्यापनमा खासै मन जाने छैन, स्वास्थ्य अनुकूल नरहला, लेन देनमा सावधानी अपनाउनु राम्रो हुन्छ । आज को दिन हजुरको लागि अलि संघर्ष पूर्ण देखिन्छ, आफ्ना नजिकीहरू सँग मत भेद पैदा हुनसक्छ । बोलीमा नियन्त्रण राख्नु होला, यात्राको लागि खासै राम्रो दिन रहेको छैन ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

आजको दिन मेहनतले गरेकाे कार्यले सपफलता दिनेछ ।   धनको दिशा तर्फ उन्मुख हुने कार्य होला । विद्या तथा प्रेममा सफलता मिल्नेछ, लामो यात्रा भने नगरेको वेश । जीवन साथीको पूर्ण सहयोग पाईएला, वहानको सोंच बन्नेछ । व्यवसायको कार्यमा मेहनतका साथ लागेमा लाभ लिन सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
साँझकाे समयमा नयाँ कार्ययोजनाहरू अगाडि आउनेछन्, शिक्षा प्रति लगाव बढ्नेछ । महिला साथीको सहयोग पाइनेछ, विरोधी हराएर जानेछन्, धनलाभ होला । रोग, शोक समाप्त भएर जानेछ, मानिक रूपमा स्वस्थ भएको महशुस होला । धार्मिक तथा सामाजिक कार्यमा मन लाग्नेछ, आफ्ना परिजनको सहयोग पाईनेछ ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)
मेहनत अनुसारकाे नतिजा नमिल्नाले काम गर्ने जाेशमा कमी आउने छ । तर मध्याह्न पछि भने लेखन तथा वौद्धिक क्षेत्रमा विकास होला । शैक्षिक क्षेत्र सफल रहनेछ, व्यावसायमा उन्नति होला । काममा सफलता मिल्नेछ, आजको दिन वाद विवादमा विजय मिल्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,त)
मध्याह्न पछि आज वोलीमा नियन्त्रण गर्नु होला  । व्यावसायमा पूर्णलाभ लिन सकिने छैन । मनले सोंचेका कार्यहरू पूर्ण गर्न निकै दाैडधुप गर्नु पर्ला, कमाईले खर्च अधिक हाेला । यात्रा वाट लाभ लिन सकिने छैन, मानसिक चिन्ताले सताउनेछ । विद्यामा अरुचि, चित्त चञ्चल होला ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
मध्याह्न पछि उल्टाेफल मिले पनि १ बजे सम्म सुखद समाचार सुन्नमा आउला, दाजुभाइको सहयोग पाईनेछ । पठन पाठनमा मनलागेर जाला । बित्तीय समस्याको हल हुनेछ, रोगनाश होला, समाजिक काममा मन जानेछ । वौद्धिक क्षमतामा बृद्धि होला , घरयासी कार्यमा खर्चको भने बृद्धि हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
लेन देनमा साबधानी अपनाउनु हाेला, मध्याह्न पछि भने कार्यवाट लाभ अभिष्टकार्य सिद्धि, वैचारिक मार्ग सफल । स्वास्थ्यमा सुधार होला, सन्तानले सुख देलान् । धार्मिक कार्यमा मन जानेछ , गौरव तथा प्रतापको बृद्धि हुनेछ , विद्यामा मन जानेछ ।  गरेको कामले सबैलाई प्रसन्नगर्न सक्नुहुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
जाेशमा हाेश नगुमाउनु हाेला, वाणीलाइ सम्यम बनाउनु पर्ला, मानसिक सन्तोष होला , जीवन साथीको सहयोग भरपूर मिल्नेछ ।  रोगबाट मुक्तिप्राप्त होला, आनन्दको अनुभूति हुनेछ । सोचेको काम वन्नाले मन प्रसन्न होला, छोटो दूरीको यात्रा लाभदायक हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
दिनकाे १ बजे सम्म प्रेममा सोंचेको सफलता हात लाग्ने छैन । स्त्री सुखमाकमी आउला, शरीरमा आलश्य पन बढ्नेछ, मन दोधार होला । शरीरमा आलश्य छाउने, यात्रा लाभदायी नहुनसक्छ । कार्यमा विलम्बता आउनेछ, धनको अपव्य होला , चोटपटकको संभावना रहेकोले साबधानी अपनाउनु उत्तमहोला । १ बजे पछि भने राम्राे हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
दिनकाे १ बजे सम्म रमाइलो यात्रामा जाने अवसर प्राप्तहुनसक्नेछ । सामाजिक कार्यमा मन जानेछ । सानातीना अल्झनहरू आफै सुल्झने छन् । दाम्पत्य सुखहोला, प्रियजन सँगभेट होला । तपाईंको कार्य शैलीको सबैले तरिफ गर्लान् । व्यापारबाट पर्याप्त लाभ होला मित्रबाट सहयोग प्राप्ति हुनेछ, हिम्मतमा वृद्धि होला ।