आजकोपात्रो
आज मिति २०७७ श्रावण १७ गते शनिवार तदनुसार 01 August 2020 प्रमादीनाम संवत्सर रविः दक्षिणायण, वर्षर्तुः , श्रावणशुक्लपक्ष, तिथिः– त्रयोदशी ४० घडी २३ पला, साँझ ०९ बजेर ३७ मिनेटसम्म पश्चात् चतुर्दशी , नक्षत्र– मूल ०५ घडी ४१ पला, बिहान ०७ बजेर ४४ मिनेटसम्म , योग – वैघृति, करण – कौलव आनन्दादियोग – गद, चन्द्रमा– धनु राशिमा, सूर्य– कर्कट राशिमा, बृहस्पति– धनु राशिमा, सूर्य उदय बिहान ५ बजेर २८ मिनेटमा, सूर्यास्त – सायं ६ बजेर ५१ मिनेटमा ।
आज – शनिप्रदोषव्रत
दिनमान– ३३ घडी २८ पला ।
चन्द्रमा – पूर्वमा दिशामा ।
योगिनी – दक्षिण दिशा ।
कालराहु – पूर्व दिशामा ।
दिशाशूल– पूर्व दिशामा ।
राहुकाल – बिहान ०८ बजेर ४९ मिनेटदेखि १० बजेर २९ मिनेट सम्म ।। अशुभ ।।
यमघण्टा – दिनको ०१ बजेर ५० मिनेटदेखि ०३ वजेर ३१ मिनेट सम्म ।। अशुभ ।।
गुलीककाल– बिहान ०५ बजेर २८ मिनेटदेखि दिन ०७ बजेर ०९ मिनेट सम्म ।। सौम्य ।।
अभिजितमुहूर्त – बिहान ११ बजेर ४३ मिनेट देखि १२ बजेर ३७ मिनेट सम्म ।। अशुभ ।।
मेष – (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
व्यापार वाट पर्याप्त लाभ होला मित्रवाट सहयोग प्राप्ती हुनेछ, हिम्मतमा बृद्धि होला, रमाइलो यात्रामा जाने अवसर प्राप्तहुनसक्नेछ । सामाजिक कार्यमा मन जानेछ ।
वृष – (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)
कार्यमा बिलम्बता आउनेछ, धनको अपव्य होला , चोटपटकको संभावना रहेकोले साबधानी हुनु उत्तमहोला । शरीरमा आलश्य छाउने, यात्रा लाभदायी हुने छैन ।
मिथुन – (का,की,कू,घ,ङ,छ,के,को,हा)
तपाईंको कार्य शैलीको सवैले तरिफ गर्लान् । सानातिना अल्झनहरु आफै सुल्झने छन् । दाम्पत्य सुखहोला, प्रियजन सँगभेट होला ।
कर्कट – (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
धन धर्मको प्राप्ती हुनेछ, शरीरिक फूर्ति बढ्नेछ । ठूला व्यक्ति सग सम्पर्क बढ्नेछ , प्रेममा सफलता मिल्ला, दाजुभाइबाट सहयोग मिल्लनेछ ।
सिंह – (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
वैदेशिक तथा लामो यात्राको योग परेको छ । मानसिक सन्तोष होला, विद्या तथा परिक्षामा सफलता मिल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ ।
कन्या – (टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)
खर्चमा बढोत्तरी हुन सक्ला, मान मर्यादामा ठेस पुग्न सक्नेछ । विश्वास गरेकाले साथ नदेलान्, व्यवशायमा सोचेको प्रगति हात नलाग्ला ।
तुला – (रा,री,रु,रे,रो,ता,ती,तू,त)
स्वजनमा बिवाद बढ्न सक्ने । प्रेममा असफलता हात लाग्न सक्छ । स्त्री सुखमाकमी आउला, शरीरमा आलश्य पन बढ्नेछ, मन दोधार होला ।
वृश्चिक – (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
न्यायमार्ग सफल रहला । रोकिएको धन माल हातलाग्ने छ, स्त्री सुख मिल्नेछ पारिवारिक समस्या समाधान हुनेछ । मान सम्मान प्राप्ती होला ।
धनु – (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
रोकिएको धन हात लाग्नेछ ।स्वास्थ्थमा सुधार, फूर्ति बढ्नेछ । विरोधीहरु मन जित्न सकिने छ । प्रेमीको सहयोग साथ मिल्ला, ठुला व्यक्ति सम्पर्क बढ्नेछ ।
मकर – (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
स्वास्थ्य कमजोर हुनसक्छ, संकलन गरेको सम्पतिखर्च होला,गरेको कामले सन्तुष्टि नहोला । पढाई लेखाईमा मन जानेछैन, नेत्रमा पीडाको अनुभूति होला ।
कुम्भ – (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
सरकारी कार्यवाट लाभ अभिष्टकार्य सिद्धि, वैचारीक मार्ग सफल, तपाइले गरेको कामले सबैलाई प्रसन्नगर्न सक्नुहुनेछ ।
मीन – (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
मानसिक सन्तोष होला , जीवन साथीको सहयोग भरपूर मिल्नेछ । धन धर्मको आर्जन गरिएला, आफन्तको सहयोग मिल्नेछ । सह भोजको अवसर पनि मिल्न सक्नेछ ।
#आजकाेराशिफल #Aajako Rashifal