आजकाे राशिफल, मिति २०७७ श्रावण १८ गते आइतवार, #Aajako Rashifal 02 August  2020

446

आजकोपात्रो
आज मिति २०७७ श्रावण १८ गते आइतवार तदनुसार 02 August  2020 प्रमादीनाम संवत्सर रविः दक्षिणायण, वर्षर्तुः , श्रावणशुक्लपक्ष, तिथिः– चतुर्दशी ३८ घडी २९ पला, साँझ ०८ बजेर ५२ मिनेटसम्म पश्चात् पूर्णिमा , नक्षत्र– पूर्वषाढा ०४ घडी ५९ पला, बिहान ०७ बजेर २८ मिनेटसम्म , योग – विष्कुम्भ, करण – गर, आनन्दादियोग – शुभ, चन्द्रमा– धनु राशिमा, सूर्य– कर्कट राशिमा, बृहस्पति– धनु राशिमा, सूर्य उदय बिहान ५ बजेर २८ मिनेटमा, सूर्यास्त – सायं ६ बजेर ५० मिनेटमा ।
भाेली – जनैपूर्णिमा रक्षाबन्धन ,
दिनमान– ३३ घडी २५ पला ।
चन्द्रमा – पूर्वमा दिशामा ।
योगिनी – पश्चिम  दिशामा।
कालराहु – उत्तर दिशामा ।
दिशाशूल– पश्चिम दिशामा ।
राहुकाल – साय‌ंकाल ०५ बजेर ११ मिनेटदेखि ०६ बजेर ५१ मिनेट सम्म ।। अशुभ ।।
यमघण्टा – दिनको १२ बजेर १० मिनेटदेखि ०१ वजेर  ५० मिनेट सम्म ।। अशुभ ।।
गुलीककाल– दिनकाे ०३ बजेर ३० मिनेटदेखि सायं  ०५ बजेर ११ मिनेट सम्म ।। सौम्य ।।
अभिजितमुहूर्त – बिहान ११ बजेर ४३ मिनेट देखि १२ बजेर ३७ मिनेट सम्म ।। शुभ ।।

मेष – (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
हिम्मतमा बृद्धि होला, रमाइलो यात्रामा जाने अवसर प्राप्तहुनसक्नेछ । सामाजिक कार्यमा मन जानेछव्यापार वाट पर्याप्त लाभ होला मित्रवाट सहयोग प्राप्ती हुनेछ  ।

वृष – (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)
शरीरमा आलश्य छाउने, यात्रा लाभदायी हुने छैन ।कार्यमा बिलम्बता आउनेछ, धनको अपव्य होला , चोटपटकको संभावना रहेकोले साबधानी हुनु उत्तमहोला ।

मिथुन – (का,की,कू,घ,ङ,छ,के,को,हा)
दाम्पत्य सुखहोला, प्रियजन सँगभेट होला ।तपाईंको कार्य शैलीको सवैले तरिफ गर्लान् । सानातिना अल्झनहरु आफै सुल्झने छन् ।

कर्कट – (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
प्रेममा सफलता मिल्ला, दाजुभाइबाट सहयोग मिल्लनेछ । धन धर्मको प्राप्ती हुनेछ, शरीरिक फूर्ति बढ्नेछ । ठूला व्यक्ति सग सम्पर्क बढ्नेछ ,

सिंह – (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
मानसिक सन्तोष होला, विद्या तथा परिक्षामा सफलता मिल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । वैदेशिक तथा लामो यात्राको योग परेको छ ।

कन्या – (टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)
विश्वास गरेकाले साथ नदेलान्, व्यवशायमा सोचेको प्रगति हात नलाग्ला । खर्चमा बढोत्तरी हुन सक्ला, मान मर्यादामा ठेस पुग्न सक्नेछ ।

तुला – (रा,री,रु,रे,रो,ता,ती,तू,त)
स्त्री सुखमाकमी आउला, शरीरमा आलश्य पन बढ्नेछ, मन दोधार होला । स्वजनमा बिवाद बढ्न सक्ने । प्रेममा असफलता हात लाग्न सक्छ ।

वृश्चिक – (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
मान सम्मान प्राप्ती होला । न्यायमार्ग सफल रहला । रोकिएको धन माल हातलाग्ने छ, स्त्री सुख मिल्नेछ पारिवारिक समस्या समाधान हुनेछ ।

धनु – (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
विरोधीहरु मन जित्न सकिने छ । प्रेमीको सहयोग साथ मिल्ला, ठुला व्यक्ति सम्पर्क बढ्नेछ । रोकिएको धन हात लाग्नेछ ।स्वास्थ्थमा सुधार, फूर्ति बढ्नेछ ।

मकर – (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
पढाई लेखाईमा मन जानेछैन, नेत्रमा पीडाको अनुभूति होला । स्वास्थ्य कमजोर हुनसक्छ, संकलन गरेको सम्पतिखर्च होला,गरेको कामले सन्तुष्टि नहोला ।

कुम्भ – (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
तपाइले गरेको कामले सबैलाई प्रसन्नगर्न सक्नुहुनेछ । सरकारी कार्यवाट लाभ अभिष्टकार्य सिद्धि, वैचारीक मार्ग सफल ।

मीन – (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
धन धर्मको आर्जन गरिएला, आफन्तको सहयोग मिल्नेछ । सह भोजको अवसर पनि मिल्न सक्नेछ ।मानसिक सन्तोष होला , जीवन साथीको सहयोग भरपूर मिल्नेछ ।

#आजकाेराशिफल #Aajako Rashifal