आजकाे राशिफल, मिति २०७७ श्रावण ३१ गते शनिवार, #Aajako Rashifal 15 August  2020

616

आजको पात्रो,
आज मिति २०७७ श्रावण ३१ गते शनिवार तदनुसार 15 August  2020 प्रमादीनाम संवत्सर रवि दक्षिणायन, वर्षार्तुः, भाद्रकृष्णपक्ष, तिथिः– एकादशी १३ घडी ३६ पला, बिहान ११ बजेर ०१ मिनेटसम्म पश्चात् द्वादशी, नक्षत्र– आद्र्रा ५९ घडी २८ पला, बिहानः ०५ बजेर २२ मिनेट सम्म , योग – हर्षण , करण – कौलव आनन्दादियोग – मुद्गर चन्द्रमा– मिथुन राशिमा, सूर्य– कर्कट राशिमा, बृहस्पति– धनु राशिमा, सूर्य उदय बिहान ५ बजेर ३५ मिनेटमा, सूर्यास्त – सायं ६ बजेर ४० मिनेटमा ।
दिनमान ३२ घडी ४३ पला ।
चन्द्रमा –पश्चिमदिशामा ।
योगिनी – आग्नेय दिशामा ।
कालराहु – पूर्व दिशामा ।
दिशाशूल– पूर्व दिशामा ।
आज अजा एकादशीव्रत ।
राहुकाल – बिहान ०८ बजेर ५२ मिनेटदेखि १० बजेर ३० मिनेट सम्म ।। अशुभ ।।
यमघण्टा – दिनको ०१ बजेर ४६ मिनेटदेखि ०३ वजेर २४ मिनेट सम्म ।। अशुभ ।।
गुलीककाल– बिहान ०५ बजेर ३५ मिनेटदेखि दिन ०७ बजेर १४ मिनेट सम्म ।। सौम्य ।।
अभिजितमुहूर्त – बिहान ११ बजेर ४२ मिनेट देखि १२ बजेर ३४ मिनेट सम्म ।। अशुभ ।।

आजको राशिफल,

मेष –चु,चे,चो,ला,ली,लु,ले,लो,अ
साथीभाइ सँगको मेल जोलले प्रशन्नतामा बृद्धि होला । धनको दिशामा गरिएको प्रयास सफल होला । आजको दिन हजुरको बिचार खेति गर्ने दिन रहेको छ, सार्वजनिक कार्यले समाजमा प्रतिष्ठित हुने अवसर जुट्ला । शाहासले गर्दा चुनौती पूर्ण पनि सहजै पुरागर्न सक्नुहुने छ ।

वृष ई,उ,ए,ओ,वा,वी,वु,वे,वो
मानसिक कमजोरी अनुभव हुनेछ, स्त्रीहरू सगँ वाद विवाद हुने सम्भावना रहेकाले कमा वोल्नु राम्रो होला । पढाई लेखाइमा मन जाने छैन । व्यावसायमा मन्दी आउनेछ । साना कुरामा मनमुटाव हुनाले मनमा असन्तोष बढने छ । स्वास्थ्य सम्बन्धि केही अफ्ठेरो पर्न सक्ने देखिनेछ ।

मिथुन –का,की,कु,घ,ङ,छ,के,को,हा
मनमा उठ्ने नकारात्मक विचारहरु समाप्त भएर जाने छन्, ठुला व्यक्ति सँग सम्पर्क बढेर जाला । शारीरिक तथा मानसिक रूपले तन्दुरुस्त अनुभव गरीएला । पद प्रतिष्ठामा बृद्धिले मन प्रशन्न होला, मित्र तथा पारिवरिक सदस्यहरू सँग आनन्दको समय व्यतित हुनेछ । काम गर्ने मन जागेर आउला, स्वास्थ्य राम्रो रहनेछ ।

कर्कट ही,हु,हे,हो,डा,डी,डु,डे,डो
खर्च नियन्त्रण गर्न सकिने छैन, अफवाह देखि टाढै रहन सके मानसिक शान्ति मिल्नेछ । यात्रा खर्चिलो हुनसक्छ सावधान हुनुपर्नेछ । आज तपाँईको मनमा डर त्रासले वासगर्ने सम्भावना छ, मान हानी हुनसक्छ अतः साबधान रहनुपर्ने हुन्छ । अध्ययनमा मन जानेछैन । व्यावसायमा खासै प्रगति हुने छैन ।

सिंह– मा,मी,मु,मे,मो,टा,टी,टु,टे
धनलाभका मार्ग फेला पर्लान्, व्यवसायमा प्रगति होला, मनमा उत्साह, उमङ्ग बढ्नेछ, साहित्य तथा लेखन बिधामा लागेका हरूको लागि अतिनै राम्रो दिन रहन्छ । प्रतिस्पर्धा बढेपनि नयाँ कामको सुरुवाद गरिनेछ, बौद्धिक अथवा तार्किक चर्चामा भाग लिन सकिनेछ । पराक्रम बढनेछ । कामहरु बन्दै जानेछन् ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो
व्यावसायले सन्तोष दिनेछ , अरूको मन सहजै जित्न सकिने छ । उपाहर तथा सम्मान मिल्नेछ, शरीर फूर्तिलो होला, नवीन व्यवसाय सुरूगर्ने योजना वन्न सक्नेछ । भगवान प्रति भक्ति बढनेछ । मनले चिताएको काममा सफलता मिल्ने योग छ । रोकिएका कामहरू पुराहुनेछन् । तिव्रतापूर्वक काम गर्दा वेश हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते
मानसिक असन्तोष वढ्नेछ , कुटुम्बी हरु सगँ मत भेद पैदा होला , आँखा पोल्ने पीरो हुने समस्या आउने सम्भावना छ । खानपानमा विशेष ख्याल गनुपर्ने हुन्छ, पढ्न मनलाग्ने छैन । रोजगारी तथा व्यवसायमा घाटाहुन सक्नेछ । सरकारी काममा झमेला हुनेछ । सन्तानसंग मतभेद हुनेछ । यात्राको अवसर प्राप्त हुनेछ ।

वृश्चिक तो,ना,नी,नू,ने,नो,या,यी,यू
आफ्ना आफन्त सँग सानो कुरामा मत भेद पैदा हुनसक्छ । वोलीको खासै प्रभाव नहुने भएका कारण कम वोलेको वेश, प्रेमीका सगँ मनमुटाव होला, विद्या तथा काममा मन नजाला । मन प्रसन्न रहने छैन । पेटजन्य रोगका कारण स्वास्थ्य खराव हुन सक्ने छ । मनमा चिन्ता बढने छ । आज नयाँ कामको थालनि नगरेकै राम्रो हुनेछ ।

धनु ये,यो,भा,भी,भू,धा,फा,ढा,भे
पति पत्नीको बीचको सम्बन्धमा मधुरता आउनेछ, धन– धर्म कमाउने मौका आउनेछ, आजको दिन तँपाईले गरेका सामजिक योगदानको चर्चा चल्नेछ । साथी भाइसँग रमणीय स्थलको यात्रा गर्न सकिनेछ, बिद्यामा रुचि, दाजुभाइबाट सहयोग मिल्लनेछ । आर्थिक उन्नति तथा प्रगतिको योग रहेको छ ।

मकर भो,जा,जी,खी,खु,खे,खो,गा,गी
सानो प्रयासले पनि सहजै ठुलो कार्य पूराहोला , राज्य तथा राजकीय काममा सफलता मिल्नेछ । वाद बिवादमा सहजै विजय हासिल होला, धन र मानमा बृद्धि होला , पद तथा प्रतिष्ठामा बृद्धि सम्भव छ । आकस्मिक धनप्राप्तिको योग छ । यश प्राप्तहुनेछ । श्रीमती तथा प्रेमीकाबाट राम्रो सहयोग प्राप्त हुनेछ ।

कुम्भ गू,गे,गो,सा,सी,सु,से,सो,दा
सरकारी काम काजमा बिलम्बता आउने छ । आर्थिक कमजोरी आउला, पुत्र तथा आफन्तमा बिवाद होला । पढाई लेखाइमा मन जने छैन, उदरमा कुनै समस्या देखिन सक्छ । मेहनतसाथ गरेको काम सफल हुनेछैन । यात्रा अर्थपूर्ण नहोला । मन अशान्त रहनेछ । धन तथा सामान हराउन सक्नेछ सजगता अपनाउनु होला ।

मीन –दी,दू,थ,झ,ञ,दे,दो,चा,ची
आजको दिन ठुलो लगानि वाट वच्नु पर्ने हुन्छ । कार्यमा बिलम्बता आउनेछ, शरीरमा आलश्य बढ्नेछ । स्वास्थ्यमा बिषेश ध्यान दिनुपर्ने हुन्छ, क्रोधले गर्दा वनेको काममा अवरोध हुन सक्छ । कुनै पनि अनैतिक कामबाट परै रहनुपर्नेछ । आज नयाँकामको थालनि नगरेको राम्रो होला । मन अस्थिर रहनेछ ।

#आजकाेराशिफल  #Aajako Rashifal