आजकाे राशिफल, मिति २०७७ भदौ ०१ गते सोमवार, #Aajako Rashifal 17 August 2020

649

आजको पात्रो
आज मिति २०७७ भदौ ०१ गते सोमवार तदनुसार 17 August 2020 प्रमादीनाम संवत्सर रवि दक्षिणायन, वर्षार्तुः, भाद्रकृष्णपक्ष, तिथिः– त्रयोदशी १२ घडी २८ पला, बिहान १० बजेर ३१ मिनेटसम्म पश्चात् चतुर्दशी, नक्षत्र– पुनर्वशु ०० घडी १३ पला, बिहान ०५ बजेर ४१ मिनेट सम्म पश्चात् तिष्य , योग – सिद्धि , करण – भद्रा आनन्दादियोग – धुम्र, चन्द्रमा– कर्कट राशिमा, सूर्य– कर्कटबाट ११ बजेर ३१ मिनेटमा सिंहमा राशिमा प्रवेश, बृहस्पति– धनु राशिमा, सूर्य उदय बिहान ५ बजेर ३६ मिनेटमा, सूर्यास्त – सायं ६ बजेर ३८ मिनेटमा ।
दिनमान ३२ घडी ३६ पला ।
आज– भाद्रसंक्रति ।।
चन्द्रमा – उत्तर दिशामा ।
योगिनी – दक्षिण दिशामा ।
कालराहु – वायव्य दिशामा ।
दिशाशूल– पूर्व दिशामा ।
राहुकाल – बिहान ०७ बजेर १४ मिनेटदेखि ०८ बजेर ५२ मिनेट सम्म । अशुभ
यमघण्टा – बिहानको १० वजेर ३० मिनेटदेखि मध्य १२ बजेर ०७ मिनेट सम्म । अशुभ
गुलीककाल– दिनको ०१ वजेर ४५ मिनेटदेखि ३ बजेर २३ मिनेट सम्म । सौम्य
अभिजितमुहूर्त – विहान ११ वजेर ४१ मिनेटदेखि १२ बजेर ३४ मिनेट सम्म । शुभ

मेष–(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
बौद्धिक कार्यमा मनलाग्ने छैन , वादविवादमा पर्न सकिन्छ, वोलीलाई नियन्त्रण गर्नु राम्रो, साथीहरू सगँ मतभेद पैदा होला । शिक्षामा मन जाने छैन । विश्वास गरेकाले साथ नदेलान्, व्यवशायमा सोचेको प्रगति हात नलाग्ला । अरूको भर पर्नाले महत्व पूर्णकार्य रोकिन सक्छ । आर्थिक कमजोरीले गर्दा व्यवसायमा लगानि गर्ने असर गुम्नेछ ,अध्ययन अध्यापनका मार्ग खासै राम्रो रहेको छैन ।

वृष–(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)
आफन्तको सहयोग मिल्नेछ , नवीन कार्ययोजना को थालनी हुने योग रहेको छ । व्यवसायवाट लाभ मिल्ला, पढाईमा मन जानेछ , मन प्रसन्न रहला । शत्रु पराजित हुनेछन । आकस्मिक धनलाभ हुने योग छ । प्रेममा सफल हुने योग छ । उपहार प्राप्त हुनेछ ।  विद्यार्थी भाइबहिनीहरूका लागि आजको दिन राम्रो रहेको छ । व्यवसायबाट फाईदा हुनेछ ।

मिथुन– (का,की,कू,घ,ङ,छ,के,को,हा)
पेटमा समस्या पैदा होला, खानपिनमा ख्याल गर्नु पर्ने हुन्छ । व्यवसायमा मन्दी आउला, सोचेको काम वनाउन कसी पर्ला । साझेदारीका काममा राम्रो हुदैन । स्वास्थ्यमा नमी आउनेछ , प्रेममा असफता हात लाग्ला । शारीरिक समस्याले मनमा चिन्ता उत्पन्न हुनेछ । आफन्तहरूबाट असहयोग प्राप्त होला । धनक्षय हुनेछ, काममा सफलता मिल्ने छैन ।

कर्कट– (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
दाजुभाई को सहयोग मिल्नेछ, रोकिएको धनमाल हात लाग्नेछ । गरेको कामले प्रसन्नता देला, ठूला व्यक्तिको सहयोगले रोकिएको काम वन्ने छ । मनले चिताएको काममा सफलता मिल्ने योग छ । मनमा बनेका योजनाहरूले स्थान पाउँन सक्नेछन् । रोकिएका कामहरू सुचारू हुने छन् । कार्यमा तिव्रता दिनु राम्रो होला ।आजको दिन सुखद् तथा प्रेमीहरू सगँ व्यतित हुनेछ ।

सिंह– (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
नेत्रमा समस्या आउन सक्नेछ, आफ्ना भनेकाले खासै सहयोग गर्ने छैनन् । खुट्टातान्ने प्रसस्त भेटिनेछन् चनाखो भएर रहनुपर्नेछ । काममा रुचि जाने छैन, बिद्यामा आलस्य जाग्ला । सरकारी काममा झमेला हुनेछ । सन्तानसंग मतभेद होला । यात्राको अवसर देखिएता पनि यात्रा हुनुभने कठीन देखिन्छ । रोजगारी तथा व्यवसायबाट फाइदा हुनेछैन ।

कन्या–(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)
जोश जाँगरमा वृद्धिहोला, गरेको कामले खुसी वनाउला, उपाहार तथा सम्मान प्राप्त होला । वोलीको प्रभाव वढेर जानेछ, मिष्ठान्न भोजन प्राप्त होला । वित्तीय कारोवारीहरुको लागि राम्रो दिन हुन सक्छ । रोग, शोकबाट छुट्कारा मिल्ने छ, मान सम्मान प्राप्त हुने छ । मिष्ठान्न भोजन प्राप्त हुने छ । दीर्ध लाभका कार्योजनाहरूका बिषयमा कुरा चल्नेछन् ।

तुला– (रा,री,रु,रे,रो,ता,ती,तू,त)
आय आर्जनका मार्गहरू फेला पर्नेछन् , मांगलिक कार्यमा सहभागी भईएला, अतिथिको आगमनले मन प्रसन्न होला । वौद्धिक क्षमतामा अभिवृद्धि हुनेछ, मान तथा शानमा वृद्धि होला । । व्यापर व्यवसाय कसरी चलाउने भन्ने कुराको विकास होला, यान तथा बाहनबाट सुख मिल्ने छ । आर्थिक उन्नति तथा प्रगतिको योग रहेको छ । मान प्रतिष्ठा बढ्ने योग छ ।

वृश्चिक–(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
चोटपटको सम्भावना रहेकोले सवारीसाधन देखि सावधान रहनु पर्ला, यात्रामा सामन हराउन सक्ने भएका कारण चनाखो हुनुपर्ला । प्रेममा धोका हुनसक्छ , पठन पाठनमा मन नजाला । । आफन्त तथा भाइवन्धुहरू संग मन मुटाव हुनसक्छ, व्यवहार गर्दा सजगता राम्रो होला । गर्नलागेको काममा भाग्यले साथ नदेला । स्वास्थ्य सम्बन्धी समस्या देखिन सक्नेछ ।

धनु– (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
अनेकौ झन्झटले पछ्याउने छ । सोचेको काम असफल हुनाले मन खिन्न वन्ला, यात्रामा असजिलो परिस्थिति आउन सक्छ । मन चञ्चल होला, वनेका योजना अधुरा रहलान् । विद्यामा रुचि जानेछैन । घरयासी झै–झमेला आउन सकछ,मेहनतका साथ गरेको काम सफल हुनेछैन । यात्रा अर्थपूर्ण नहोला । मन अशान्त रहनेछ ।

मकर– (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
सचेकोकाममा प्रगति गर्न सकिनेछ । वनाएका योजनाहरू सहजै पूरा होलान् । पिताको सहयोग तथा पैतृक सम्पत्ति फलदायी रहनेछ । वौद्धिक क्षेत्रमा लम्कने दिन रहेको छ । प्रेममा मिलनको सभावना देखिन्छ, एकाउन्ट तथा गणित अध्यताको लागि राम्रो दिन रहेकोछ दूर दृष्टि प्राप्त होला । आफूभन्दा ठूला दाजुहरूको सहयोग तथा सद्भाव प्राप्त होला ।

कुम्भ– (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
नयाँ कार्याेजना वन्नेछन् , सहयोगिले भरपूर साथ देलान् । स्त्रीको सहयोग मिल्नेछ, नजिकी यात्रा लाभ दायी रहन्छ । प्रेममा सफलता मिल्नेछ, पठनपठनमा मन जानेछ । घर परिवारमा रमाईलो वातावरण वन्नेछ , नयाँ परिकारको स्वाद लिन सकिनेछ । आकस्मिक धनप्राप्तिको योग छ । यश प्राप्तहुनेछ । शत्रु परास्त हुनेछन् । स्वास्थ्य राम्रो रहने छ ।

मीन–(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
स्वास्थमा समस्या आउन सक्नेछ । मानिसक उद्वेग वढ्नेछ, विरोधी सक्रिय वन्नेछन् । विद्यामा रुचि जाने छैन । प्रेममा असफला हात लाग्ला । आफन्त तथा भाइवन्धुहरू संग मन मुटाव हुनसक्छ, व्यवहार गर्दा सजगता राम्रो होला । गर्नलागेको काममा भाग्यले साथ नदेला । स्वास्थ्य सम्बन्धी समस्या देखिन सक्नेछ । आज नयाँकामको थालनि नगरेको राम्रो हुन्छ ।

#आजकाेराशिफल  #Aajako Rashifal