आजकाे राशिफल मिति २०७७ भदौ ०४ गते बिहीवार #AajakoRashifal 20 August 2020

561

आजको पात्रो
आज मिति २०७७ भदौ ०४ गते बिहीवार तदनुसार 20 August 2020 प्रमादीनाम संवत्सर रवि दक्षिणायन, वर्षार्तुः, भाद्रशुक्लपक्ष, तिथिः– प्रतिपदा ०१ घडी ५९ पला, बिहान ०६ बजेर २५ मिनेटसम्म पश्चात् द्वितीया, नक्षत्र– पूर्वफाल्गुनी ५२ घडी ५५ पला, रात्रिः ०२ बजेर ४७ मिनेट सम्म पश्चात् उत्तरफाल्गुनी , योग – शिव , करण – बालव आनन्दादियोग – गद, चन्द्रमा– सिंहराशिमा सूर्य– सिंहमा राशिमा , बृहस्पति– धनु राशिमा, सूर्य उदय बिहान ५ बजेर ३७ मिनेटमा, सूर्यास्त – सायं ६ बजेर ३५ मिनेटमा ।
दिनमान ३२ घडी २५ पला ।
आज– तीजको दरखाने दिन ।।
चन्द्रमा – पूर्वमा दिशामा ।
योगिनी – पूर्व दिशामा ।
कालराहु – दक्षिण दिशामा ।
दिशाशूल– दक्षिण दिशामा ।
राहुकाल – दिनको १ बजेर ४४ मिनेटदेखि ३ बजेर २१ मिनेट सम्म ।। अशुभ ।।
यमघण्टा – बिहान ५ बजेर ३८ मिनेटदेखि ६ वजेर १५ मिनेट सम्म ।। अशुभ ।।
गुलीककाल– बिहान ८ बजेर ५२ मिनेटदेखि १० बजेर ३० मिनेट सम्म ।। सौम्य ।।
अभिजित– बिहान ११ बजेर ४१ मिनेटदेखि मध्य १२ बजेर ३३ मिनेट सम्म ।। शुभ ।।

मेष–(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आजको दिन मेषराशि हुने हरुका लागि पञ्चमभावमा गोचर गरेको चन्द्रमाले गर्दा काम बनाउनको लागि निकै मेहनत गर्नुपर्ला, पारिवाकि मतभेद तथा खिंचातनको परिस्थिति पैदा होला । प्रेमीको सहयोग पाईने छैन, खिंचातानि मध्यमा पनि केही व्यावसायिक आसाको किरण जाग्नेछ । विद्याका रुचि जाने छैन ।

वृष–(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)
आज गोचरमा चतुर्थ स्थानमा आएको चन्द्रमाले गर्दा पुरानाकामहरू विना टुंगो रोकिन सक्छ, घरमा अचानक केही सानो कुरामा अनवन हुनसक्छ । माताको स्वास्थ्यमा केही कमजोरी देखिन सक्छ , खापनिनमा ख्याल गर्नुपर्ला अन्यथा पेटमा समस्या आउला । पढाईमा खासै मन जानसक्ने छैन ।

मिथुन– (का,की,कू,घ,ङ,छ,के,को,हा)
आजको दिन आय आर्जनका मार्गहरू फेला पर्नेछन् , मांगलिक कार्यमा सहभागी भईएला, दाजुभाइ बीचमा मधुरता आउनेछ । पराक्रममा बृद्धिहोला, नवीनकार्यको सुरुवाद गर्ने चोंच बन्नेछ । अरुको हातमा गएको काम पनि आफ्नो कला कौशलता आफूतिर खिंच्न सकिनेछ । आर्थिक उन्नति तथा प्रगतिको योग रहेको छ । मान प्रतिष्ठा बढ्ने योग छ ।

कर्कट– (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
आजको दिन आमदानी भन्दा खर्च बढ्नेछ, यात्रामा सामन हराउन सक्ने भएका कारण चनाखो हुनुपर्ला । प्रेममा धोका हुनसक्छ , पठन पाठनमा मन नजाला । । आफन्त तथा भाइवन्धुहरू संग मन मुटाव हुनसक्छ । गर्नलागेको काममा भाग्यले खासै साथ नदेला । स्वास्थ्य सम्बन्धी समस्या देखिन सक्नेछ । आज नयाँकामको थालनि नगरेको राम्रो हुन्छ ।

सिंह– (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
आजको दिन लग्नमा बसेको चन्द्र तथा सूर्यले गर्दा जोश, जाँगरमा वृद्धिहोला, गरेकोकामले समाजमा प्रतिष्ठा दिलाउँनेछ । सामाजिक कार्यमा हात हाल्ने योग छ । घर–परिवारमा सुख शान्तिको अनुभव होला । पुराना रोकीएका कामहरू सुचारुहुने छन् । विद्याको क्षेत्रमा प्रगति गर्न सकिने छ ।

कन्या–(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)
आजको दिन द्वादशभावमा गएको गोचरको चन्द्रमाले गर्दा मनमा अशान्तिले वास गर्ला, वहान चलाउँदा साबधानीले चलाउनु वेश हुनेछ, विद्यामा रुचि नजाला । यात्रा निर्थक रहला, विभिन्न अवसरले पछ्याए पनि समयमा निर्णय लिन नसक्नाले काममा पछि परिएला । विद्यामा मन जाने छैन ।

तुला– (रा,री,रु,रे,रो,ता,ती,तू,त)
सरकारी कार्यवाट लाभ होला । तपाईंले गरेको कामले सबैलाई प्रसन्नगर्न सक्नु हुनेछ ,अभिष्टकार्य सिद्धि होला, वैचारिक मार्ग सफल । मनका द्विधा हटेर जाला । पठन–पाठनको दिशामा सकारात्म सोंच वन्नेछ । स्वजन तथा मित्रहरूको साथमा भोज एवं हाँस ख्याल रमाइलो गरिनेछ , यशकीर्तिमा बृद्धि होला ।

वृश्चिक–(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
ठूला व्यक्ति सँग सम्पर्क बढ्नेछ, धन धर्मको प्राप्ति हुनेछ, शरीरिक फूर्ति बढेर जाला । प्रेममा सफलता मिल्ला, घर परिवारबाट सहयोग मिल्लनेछ । वोली व्यवाहारले सवैको मन आफूतिर आकर्षित गर्न सकिनेछ । आर्थिक आय– व्यय समानरहेता पनि मनमा प्रशन्नता भनेरही रहनेछ, परिवारमा समय दिन सकिनेछ ।

धनु– (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
शारीरिक तथा मानसिक चिन्ताले सताउँनेछ , झै–झगडा वाद बिवादमा महत्व पूर्ण समय गुम्न सक्छ ध्यान दिनुपर्ला । आँखामा विकार पैदा हुनसक्छ । कमाई भन्दा खर्च अधिक हुने संभावना छ । कार्यमा विलम्बता आउने छ । आफन्तसगँ भना–भन हुनसक्छ कमवोलेको वेश । मान हानी हुनसक्नेछ, सन्तानको सहयोग मिल्नेछैन ।

मकर– (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
मनामा क्रोधको भावना पैदा होला , निषेधात्मक तथा नकारात्मक विचार देखि सावधान हुनुपर्नेछ । मन भ्रमित रहला , पेटमा बिकार पैदा हुनसक्छ । प्रेममा धोका हुन सक्छ, काममा अनेकौ झंझट खेप्नु पर्ला, आफन्तसँग भना–भन हुनसक्छ कमवोलेको वेश । चोटपटकको सम्भावना तथा भय हुनेछ ।

कुम्भ– (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
पति पत्नीको बीचको सम्बन्धमा निकै मधुरता आउला छोटो यात्राले आफन्तसँग मेल गराउला । साना बाहानको व्यवसायीले राम्रो मुनफा कमाउन सकिनेछ । व्यावसायीक चर्चाले गर्दा मनामा हर्ष छाउने छ, घरयासीसामान खरिदमा खर्च होला, अतिथिको आगमन को खवर आउला । विद्यामा रुचि जाग्नेछ ।

मीन–(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आजको दिन पुराना रोकिएका कार्यहरू अघाडि बढ्नेछन्, परिश्रम अनुसारको फल मिल्नाने मन हर्षित होला । व्यावसायले गति सामत्नेछ, ठूलाको आशीर्वादले मानसिक ऊर्जा बढ्नेछ । वहानको व्यावसायीको लागि भनै निकै चुनौतिको सामना गर्नु पर्ने छ । प्रेम तथा विद्यामा सफलता हासिल होला ।

#आजकाेराशिफल  #Aajako Rashifal