आजको पात्रो
आज मिति २०७७ भदौ ११ गते बिहीवार तदनुसार 27August 2020 प्रमादीनाम संवत्सर रवि दक्षिणायन, वर्षार्तुः, भाद्रशुक्लपक्ष, तिथिः– नवमी १६ घडी ५५ पला, दिनको १२ बजेर २७ मिनेटसम्म पश्चात् दशमी नक्षत्र– जेष्ठा २६ घडी ५० पला, सायाह्न ०४ बजेर २४ मिनेट सम्म, पश्चात् मूल , योग – विषकुम्भ , करण – तैतिल आनन्दादियोग – काल, चन्द्रमा– वृश्चिक राशिमा, सायाह्न ०४ बजेर २४ मिनेट सम्म पश्चात् धनुराशिम, सूर्य– सिंहमा राशिमा , बृहस्पति– धनु राशिमा, सूर्य उदय बिहान ५ बजेर ४१ मिनेटमा, सूर्यास्त – सायं ६ बजेर २८ मिनेटमा ।
दिनमान ३१ घडी ५८ पला ।
आज– अदुःख नवमीव्रत ।।
चन्द्रमा –उत्तर दिशामा सायाह्न ०४ बजेर २४ मिनेट सम्म पश्चात् पूर्वमा ।
योगिनी – पूर्व दिशामा ।
कालराहु – दक्षिण दिशामा ।
दिशाशूल– दक्षिण दिशामा ।
राहुकाल – दिनको ं ०१ बजेर ४१ मिनेटदेखि ०३ बजेर १७ मिनेट सम्म ।। अशुभ ।।
यमघण्टा – बिहान ०५ बजेर ४१ मिनेटदेखि ०७ वजेर १७ मिनेट सम्म ।। अशुभ ।।
गुलीककाल– बिहान ०८ बजेर २९ मिनेटदेखि मध्य १२ बजेर ३० मिनेट सम्म ।। सौम्य ।।
अभिजितमुहूर्त – बिहान ११ बजेर ३९ मिनेट देखि १२ बजेर ३० मिनेट सम्म ।। शुभ ।।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
मानसिक कमजोरी अनुभव हुनेछ, स्त्रीहरु सगँ वाद विवाद हुने सम्भावना रहेकाले कमा वोल्नु राम्रो होला । पढाई लेखाइमा मन जने छैन । आज फूर्ति तथा तेजको कमी महशुस होला, आमाको स्वास्थ्यमा प्रतिकुल असर आउन सक्छ । मानसिक कमजोरी अनुभव हुनेछ, स्त्रीहरु सगँ वाद विवाद हुने सम्भावना रहेकाले कमा वोल्नु राम्रो होला । आज फूर्ति तथा तेजको कमी महशुस होला, आमाको स्वास्थ्यमा प्रतिकुल असर आउन सक्छ ।
वृष – (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)
मनमा उत्साह, उमङ्ग बढ्नेछ, साहित्य तथा लेखन बिधामा लागेका हरुको लागि अतिनै राम्रो दिन रहन्छ । स्त्री हरुले भने वाणीमा संयमता अपनाउनु पर्नेछ । प्रतिस्पर्धा बढेपनि नयाँ कामको अनुभव गरिनेछ, बौद्धिक अथवा तार्किक चर्चामा भाग लिन सकिनेछ । धनलाभका मार्ग फेला पर्लान्, व्यवसायमा प्रगति होला , शत्रु नाश हुनेछन् ।
मिथुन – (का,की,कू,घ,ङ,छ,के,को,हा)
कला कौशलताका धनीहरुका लागि सुनौलो अवसर आउनेछ, बन्धु बान्धव हरुले प्रेम तथा सहयोग गर्नेछन् । रोग शोक वाट छुट्कारा मिल्नेछ । आजको दिन हजुरले स्थिर भएर काम गर्नु पर्ने छ, यात्राको आयोजन गर्दै हुनुहुन्छ भने सावधान हुनुहोला , जागिरमा भने प्रमोसन तथा यश प्राप्त हुनेछ । मन प्रशन्न रहनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
मनमा उठ्ने नकारात्मक विचारहरु समाप्त भएर जाने छन् , ठुला व्यक्ति सँग सम्पर्क बढेर जाला । प्रेममा सफलता हात लाग्नेछ , बिरोधीहरुलाई पछि पार्न सकिएला । शारीरिक तथा मानसिक रुपले तन्दुरुस्त अनुभव गरीएला । पद प्रतिष्ठामा बृद्धिले मन प्रशन्न होला, मित्र तथा पारिवरिक सदस्यहरु सँग आनन्दको समय व्यतित हुनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
यात्रा खर्चिलो हुनसक्छ सावधान हुनुपर्नेछ । पढाइमा मनजाने छैन । पेटमा समस्या आउला, खानपानमा ख्यालगर्नु पर्ला । आज तपाँईको मनमा डर त्रासले वासगर्ने सम्भावना छ, मान हानी हुनसक्छ अतः साबधान रहनुपर्ने हुन्छ । खर्च नियन्त्रण गर्न सकिने छैन, अफवाह देखि टाढै रहन सके मानसिक शान्ति मिल्नेछ ।
कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)
आजको दिन हजुरले वैचारिक जित हासिल गर्न सक्नुहुने छ, धार्मिक तथा मांगलिक कार्यमा सरिक भइएला । पुत्र पौत्रको सहयोग तथा सुख मिल्नेछ , साथीभाइ सँग रामाईलो गरिनेछ , मिष्ठान भोजनको अवसर जुट्नसक्छ । शैक्षिक योग्यतामा निखार आउनेछ, कागजीकाम गर्ने हरुको लागि राम्रो दिन रहेको छ । प्रेममा देखावटी गर्ने हरु सगँ सावधान रहनु राम्रो हुन्छ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,त)
आजको दिन तँपाइले गरेका सामजिक योगदानकोे चर्चा चल्नेछ, प्रेमामा मधुरता आउला शिक्षामा मनजानेछ । साथी भाइसँग रमणीय स्थलको यात्रा गर्न सकिनेछ, बिद्यामा रुचि,दाजुभाई बाट सहयोग मिल्लनेछ । पति पत्नीको विचको सम्बन्धमा मधुरता आउनेछ, धन– धर्म कमाउने मौका आउनेछ , स्वास्थ्थमा सुधार, घरयासी नवीन सामन खरिद गर्ने योग रहेकोछ ।
वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
पिता तथा पैतृक सम्पत्तीबाट लाभ लिन सकिन्छ,परिवारमा खुशीको माहालोल वन्नेछ । सामाजिक कार्यमा मन जानेछ । हिम्मतमा बृद्धि , रमाइलो यात्रामा जाने अवसर प्राप्तहुन सक्नेछ । परिवारका लागी समय दिन सकिनेछ । व्यापारी तथा जागिर गर्ने हरुका लागी आजको दिनले सफलता दिनेछ, पूर्व सञ्चित योजनाहरु कार्यन्वयन हुनेछन् ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
कार्यमा बिलम्बता आउनेछ, शरीरमा आलश्य बढ्नेछ । प्रेममा धोका खान सकिन्छ सावधान हुनु होला, वाटो–घाटो काट्दा ख्याल गर्नुहोला । स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने हुन्छ, क्रोधले गर्दा वनेको काममा अवरोध हुन सक्छ । कफ, वातका रोगीहरुलाई राम्रो दिन छैन, कुनै पनि अनैतिक कामबाट परै रहनुपर्नेछ । आजको दिन ठुलो लगानि वाट वच्नु पर्ने हुन्छ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
मिष्ठान्न भोजनको आनन्द लिन पाईनेछ । शरीरको आलश्य दूरहोला, धार्मिक यात्रा गर्ने मानसिकता पैदा होला बिद्या तथा प्रेममार्ग सफल । आजको दिन तँपाइले नयाँकामको थालनी गर्ने दिन रहेकोछ, सहकर्मि हरुको सहयोग भरपूररुपमा पाइनेछ । शुभ समाचार आउनेछ, गरेको व्यवसायले प्रशन्नता बढउनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
धनको दिशामा गरिएको प्रयास सफल होला, विपरीत लिङ्गी सगँको आर्कषण वढेर जाला । सहज र आनन्दमा दिन व्यतित होला । आजको दिन हजुरको बिचार स्थिर रहनेछ , सार्वजनिक कार्यले समाजमा प्रतिष्ठित हुने अवसर जुट्ला । शाहासले गर्दा चुनौती पूर्ण पनि सहजै पुरागर्न सक्नुहुने छ । साथीभाइ सँगको मेल जोलले प्रशन्नताको बृद्धिहोला ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
बोलीको प्रभाव बढेर जाला, बिद्यामा रुचि बढेर जाला, आर्थिक कमजोरी दूरहोला , यश, कृति फैलिदै जानेछ । प्रेममा मिलन तथा मधुरता आउनेछ । आज पारिवारिक मेल जोल तथा आनन्दमा समय व्यतित गरिनेछ , व्यपारको लागी अतिनै उत्तम दिन रहनेछ । स्वजनको सहयोगले गर्दा महत्व पूर्ण सफलता हात लाग्ला ।