हेर्नुहाेस् कस्ताेछ आजकाे राशिफल, २०७७ भदौ २१ गते आइतवार तदनुसार 6 September 2020 #Aajako Rashifal

802

आजको पात्रो
आज मिति २०७७ भदौ २१ गते आइतवार तदनुसार 6 September 2020 प्रमादीनाम संवत्सर रवि दक्षिणायन, वर्षार्तुः, शुद्धआश्विनकृष्णपक्ष (पितृपक्ष) तिथिः– चौथी २६ घडी ४४ पला, दिनको ०४ बजेर ४७ मिनेटसम्म पश्चात् पञ्चमी, नक्षत्र– अश्विनी ५५ घडी ४० पला, बिहान ४ बजेर ०१ मिनेट सम्म, पश्चात् भरुणी, योग – वृद्धि , करण – कौलव, आनन्दादियोग – आनन्द, चन्द्रमा– मेष राशिमा, सूर्य– सिंहमा राशिमा , बृहस्पति– धनु राशिमा, सूर्योदय बिहान ५ बजेर ४५ मिनेटमा, सूर्यास्त – सायं ६ बजेर १७ मिनेटमा ।
दिनमान ३१ घडी १९ पला ।
चन्द्रमा – पूर्व दिशामा ।
योगिनी – नैरित्य दिशामा ।
कालराहु – उत्तर दिशामा ।
दिशाशूल–पश्चिम दिशामा ।
आज– चौथीश्राद्ध ।
राहुकाल – ०४ः४६ PM देखि ०६ः२० PM सम्म ।। अशुभ ।।
यमघण्टा – १२ः०३ PM देखि ०१ः३७ PM सम्म ।। अशुभ ।।
गुलीककाल– ०३ः१२ PM देखि ०४ः४६ PM सम्म ।। सौम्य ।।
अभिजितमुहूर्त – ११ः३८ AM देखि १२ः२८ PMमिनेट सम्म ।। शुभ ।।

मेष–(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
सह भोजको अवसर पनि मिल्न सक्नेछ । मानसिक सन्तोष होला , जीवन साथीको सहयोग भरपूर मिल्नेछ । उपहार आदि मिल्नेछ, रोगबाट मुक्तिप्राप्त होला, आनन्दको अनुभूति हुनेछ । सोचेको काम वन्नाले मन प्रसन्न होला, छोटो दूरीको यात्रा लाभदायक हुनेछ ।

वृष–(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)
प्रेममा सोंचेको सफलता हात लाग्ने छैन । स्त्री सुखमाकमी आउला, शरीरमा आलश्य पन बढ्नेछ, मन दोधार होला । शरीरमा आलश्य छाउने, यात्रा लाभदायी नहुनसक्छ । धनको अपव्य होला, चोटपटकको संभावना रहेकोले साबधानी अपनाउनु उत्तमहोला ।

मिथुन– (का,की,कू,घ,ङ,छ,के,को,हा)
सानातिना अल्झनहरू आफै सुल्झने छन् । दाम्पत्य सुखहोला, प्रियजन सँगभेट होला । तपाँईको कार्य शैलीको सबैले तरिफ गर्लान् । रमाइलो यात्रामा जाने अवसर प्राप्तहुनसक्नेछ । सामाजिक कार्यमा मन जानेछ । व्यापारबाट पर्याप्त लाभ होला ।

कर्कट– (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
खुट्टा तान्ने सँग साबधान हुनुपर्नेछ, विद्या तथा परिक्षामा सफलता मिल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । आजको दिन चनाखो हुनुहोला, कार्यमा सोंचेको सफलता हासिल गर्न मेहनत गर्नु पर्ने देखिन्छ पेटको समस्याले सताउन सक्ने भएका कारण खान पिनमा ख्याल गर्नु पर्ने हुन्छ ।

सिंह– (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
बौद्धिकतामा बृद्धि होला, विद्यामा रुचि जागे पनि अवसर भने मिल्ने छैन । घरका नजिकीकार्य गर्न सकिनेछ । आज परिवर सँग दिन विताउनु राम्रो । आजको दिन हजुरको लागि मिश्रत रहनेछ, गर्मिले गर्दा शक्तिमा ह्रास भएको अनुभूत हुन सक्छ ख्याल गर्नुहोला ।

कन्या–(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)
अध्ययन अध्यापनमा खासै मन जाने छैन, स्वास्थ्य अनुकूल नरहला, लेन देनमा सावधानी अपनाउनु राम्रो हुन्छ । आज को दिन हजुरको लागि अलि संघर्ष पूर्ण देखिन्छ, आफ्ना नजिकीहरू सँग मत भेद पैदा हुनसक्छ । यात्राको लागि खासै राम्रो दिन रहेको छैन ।

तुला– (रा,री,रु,रे,रो,ता,ती,तू,त)
आजको दिन खानपान रमाईलो रसमा व्यतित होला । विद्या तथा प्रेममा सफलता मिल्नेछ, लामो यात्रा भने नगरेको वेश । जीवन साथीको पूर्ण सहयोग पाईएला, वहानको सोंच बन्नेछ । व्यवसायको कार्यमा मेहनतका साथ लागेमा लाभ लिन सकिनेछ ।
वृश्चिक–(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
नयाँ कार्ययोजनाहरू अगाडि आउनेछन्, शिक्षा प्रति लगाव बढ्नेछ । महिला साथीको सहयोग पाइनेछ । रोग, शोक समाप्त भएर जानेछ, मानिक रूपमा स्वस्थ भएको महशुस होला । धार्मिक तथा सामाजिक कार्यमा मन लाग्नेछ, आफ्ना परिजनको सहयोग पाईनेछ ।

धनु– (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
लेखन तथा वौद्धिक क्षेत्रमा विकास होला । यात्रा अर्थ पूर्ण रहनेछ शारीरिक फूर्ति बढेर जानेछ । शैक्षिक क्षेत्र सफल रहनेछ, व्यावसायमा उन्नति होला । काममा सफलता मिल्नेछ, आजको दिन वाद विवादमा विजय मिल्नेछ । नयाँ कामको सुरुवाद गर्ने सोंच बन्नेछ ।

मकर– (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
आज वोलीमा नियन्त्रण गर्नु होला अन्यथा वाद–विवाद हुनेछ । मनले सोंचेका कार्यहरू पूर्ण गर्न निकै कसी पर्ला, कमाईले खर्च थेग्न नसक्ला । यात्रा वाट लाभ लिन सकिने छैन, मानसिक चिन्ताले सताउनेछ । विद्यामा अरुचि, चित्त चञ्चल होला ।

कुम्भ– (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
प्रेमीले साथ दिनेछन्, सुखद समाचार सुन्नमा आउला, दाजुभाइको सहयोग पाईनेछ । पठन पाठनमा मनलागेर जाला ।बित्तीय समस्याको हल हुनेछ, रोगनाश होला, समाजिक काममा मन जानेछ । वौद्धिक क्षमतामा बृद्धि होला , घरयासी कार्यमा खर्चको भने बृद्धि हुनेछ ।

मीन–(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
सरकारी कार्यवाट लाभ अभिष्टकार्य सिद्धि, वैचारिक मार्ग सफल । स्वास्थ्यमा सुधार होला, सन्तानले सुख देलान् । धार्मिक कार्यमा मन जानेछ , गौरव तथा प्रतापको बृद्धि हुनेछ , विद्यामा मन जानेछ । तपाइले गरेको कामले सबैलाई प्रसन्नगर्न सक्नुहुनेछ ।

       #आजकाेराशिफल  #Aajako Rashifal