हेर्नुहाेस् कस्ताेछ आजकाे राशिफल, मिति २०७७ मार्गशीर्ष २६ गते शुक्रवार तदनुसार 11 December 2020

1017

आजको पात्रो
आज मिति २०७७ मार्गशीर्ष २६ गते शुक्रवार तदनुसार 11 December 2020 प्रमादीनाम संवत्सर रवि उत्तरायण, हेमन्तर्तु , मार्गशीर्षकृष्णपक्ष, तिथिः– एकादशी ०१ घडी ०० पला, बिहान ०७ बजेर १० मिनेटसम्म, नक्षत्र– स्वाती ५५ घडी ४५ पला, बिहान ०५ बजेर ०४ मिनेटसम्म , योग – शोभन, करण – कौलव, आनन्दादियोग – गद, चन्द्रमा– तुला राशिमा, सूर्य– वृश्चिक राशिमा, बृहस्पति– मकर राशिमा, सूर्य उदय बिहान ०६ बजेर ४६ मिनेटमा, सूर्यास्त – सायं ०५ बजेर ०८ मिनेटमा ।
चन्द्रमा – पश्चिम दिशामा ।
योगिनी – आग्नेय दिशा ।
कालराहु – आग्नेय दिशामा ।
दिशाशूल– पश्चिम दिशामा ।
राहुकाल – बिहान १० बजेर ३९ मिनेटदेखि बिहान ११ बजेर ५७ मिनेट सम्म ।। अशुभ ।।
यमघण्टा – दिनको ०२ बजेर ३३ मिनेटदेखि ०३ वजेर ५७ मिनेट सम्म ।। अशुभ ।।
गुलीककाल– बिहान ०८ बजेर ०४ मिनेटदेखि ०९ बजेर २१ मिनेट सम्म ।। सौम्य ।।
अभिजितमुहूर्त – बिहान ११ बजेर ३६ मिनेट देखि १२ बजेर १८ मिनेट सम्म ।। शुभ ।।

आज उत्पत्तिका एकादशीव्रत

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
खुट्टा तान्ने सँग साबधान हुनुपर्नेछ, विद्या तथा परिक्षामा सफलता मिल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । वैदेशिक सोंच मनमा उदाउँनेछ, लामो यात्राको योग परेको छ ।

वृष – (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)
प्रेमीको सहयोग साथ मिल्ला, ठूला व्यक्ति सम्पर्क बढ्नेछ । रोकिएको धन हात लाग्नेछ । स्वास्थ्यमा सुधार, फूर्ति बढ्नेछ । बिरोधीहरूको मन जित्न सकिने छ ।

मिथुन – (का,की,कू,घ,ङ,छ,के,को,हा)
मान सम्मान प्राप्ति होला । न्यायमार्ग सफल रहला । रोकिएको धन माल हातलाग्ने छ, स्त्री सुख मिल्नेछ पारिवारिक समस्या समाधान हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
आफन्तमा विवाद बढ्न सक्ने भएका कारण कम बोल्दा राम्रो । प्रेममा सोंचेको सफलता हात लाग्ने छैन । स्त्री सुखमाकमी आउला, शरीरमा आलश्य पन बढ्नेछ, मन दोधार होला ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
उपहार आदि मिल्नेछ, रोगबाट मुक्तिप्राप्त होला, आनन्दको अनुभूति हुनेछ । सोचेको काम वन्नाले मन प्रसन्न होला, छोटो दूरीको यात्रा लाभदायक हुनेछ ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)
तपाईंले गरेको कामले सबैलाई प्रसन्न गर्न सक्नुहुनेछ । सरकारी कार्यबाट अभिष्टकार्य सिद्धि, वैचारिक मार्ग सफल । पुराना कार्यहरू सहजै पूरा होलान् ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,त)
रमाइलो यात्रामा जाने अवसर प्राप्तहुन सक्नेछ । सामाजिक कार्यमा मन जानेछ । व्यापारबाट पर्याप्त लाभ होला मित्रहरूले सहयोग गर्ने छन्, हिम्मतमा वृद्धि होला ।
वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
शरीरको आलश्यले कार्यमा खासै प्रगति गर्न नसकिएला , यात्रा लाभदायी नहुनसक्छ । कार्यमा विलम्बता आउनेछ, धनको अपव्य होला , यात्रा गर्दैहुनुहुन्छ भने साबधान भएर गर्नु होला ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
सह भोजको अवसर पनि मिल्न सक्नेछ । मानसिक सन्तोष होला , जीवन साथीको सहयोग भरपूर मिल्नेछ । धन धर्मको आर्जन गरिएला, आफन्तको सहयोग मिल्नेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
सानातीना अल्झनहरू आफै सुल्झने छन् । दाम्पत्य सुखहोला, प्रियजन सँगभेट होला । तपाईंको कार्य शैलीको सबैले तरिफ गर्लान् ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
ठूला व्यक्ति सँग सम्पर्क बढ्नेछ । प्रेममा सफलता मिल्ला, दाजुभाइबाट सहयोग मिल्लनेछ । धन धर्मको प्राप्ति हुनेछ, शरीरिक फूर्ति बढ्नेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
व्यावसायमा सोचेको प्रगति तुरुन्त हात नलाग्ला । खर्चमा वढोत्तरी हुन सक्ला, मान मर्यादामा ठेस पुग्न सक्नेछ । विश्वास गरेकाले साथ नदेलान् ।