आज मिति २०७७ जेष्ठ १४ गते बुधवार तदनुसार २७ मई २०२०

430

ॐ वाणी

आज मिति २०७७ जेष्ठ १४ गते बुधवार तदनुसार २७ मई २०२० प्रमादीनाम संवत्सर रवि उत्तरायण, गृष्मऋतु , जेष्ठशुक्लपक्ष, तिथिः– पञ्चमी ४३ घडी १९ पला, रात्री १० वजेर ३१ मिनेटसम्म , नक्षत्र पुनर्वसु २ घडी ४१ पला विहान ६ वजेर १६ मिनेट सम्म , योग – वृद्धि, करण – बव आनन्दादीयोग – गद , चन्द्रमा – कर्कट, सूर्य– बृषराशिमा , बृहस्पति – मकर राशिमा, सूर्य उदय विहान ५ वजेर १२ मिनेटमा, सूर्यास्त – सायं ६ वजेर ५१ मिनेटमा ।
चन्द्रमा – उत्तर दिशामा ।
योगिनी – दक्षिण दिशा ।
कालराहु – नैरित्य दिशामा ।
दिशाशूल– उत्तरमा ।
राहुकाल – मध्य १२ वजेर १ मिनेट देखि १ वजेर ४४ मिनेट सम्म । अशुभ
यमघण्टा – विहानको ६ वजेर ५३ मिनेट देखि ८ वजेर ३६ मिनेट सम्म । अशुभ
गुलीककाल– विहान १० वजेर १८ मिनेट देखि मध्य १२ वजेर १ मिनेट सम्म । सौम्य
अभिजितमुहूर्त – विहान ११ वजेर ३४ मिनेट देखि १२ वजेर २८ मिनेट सम्म । अशुभ

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
व्यर्थमा समय खेर जाला, सही समय नभएका कारण कुनै पनि नवीन योजना बनाउनु आवश्यक छैन । आर्थिक समस्याले सताउने छ , खर्चमा नियन्त्रण गर्न नसकिएला । रोकीएका काम वनाउनको लागी निकै दौड धुप गर्नु पर्ला, सवारी साधन चलाउँदा निकै चनाखो हुनुपर्ने हुन्छ । खानपिनमा ध्यान दिनु पर्ने हुन्छ, पेट सम्बन्धी समस्या आउन सक्छ विद्यार्थीले मेहनत गर्नु पर्ने हुन्छ । घरयासी सामान भने जोडिने छ ।

वृष – (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)
अध्यान अध्यापनमा सफलता मिल्लनेछ, अतिथिको आगमनले मन प्रसन्न होला । तपाँईले गरेको राम्रोकामको सवैले तारिफ गर्ने छन् । व्यवसायमा लगानि वढाउने दिन रहेकोछ । स्वास्थ्यमा सुधारहुनेछ । व्यावसायिक यात्रा गर्ने सोंच मनमा पैदा होला । वौद्धिक क्षेत्रमा लम्कने दिन रहेको छ । प्रेममा मिलनको सभावना देखिन्छ, एकाउन्ट तथा गणित अध्यताको लागि राम्रो दिन रहेकोछ दूर दृष्टि प्राप्त होला । आफूभन्दा ठूला दाजुहरुको सहयोग तथा सद्भाव प्राप्त होला ।

मिथुन – (का,की,कू,घ,ङ,छ,के,को,हा)
सरकारी कार्यवाट अभिष्टकार्य सिद्धि, वैचारीक मार्गहरू सफल हुनेछन् । तपाइले गरेको कामले सबैलाई प्रसन्नगर्न सक्नुहुनेछ । पैतृक सम्पत्ति वाट लाभ प्राप्तहुनेछ । व्यापारले पर्याप्त लाभ दिलाउने, रोकिएका काम सजिलैपुराहोला । मित्रवाट सहयोग प्राप्ती हुने, सामाजिक कार्यमा मन जानेछ । आतिथ्यताको अवसर प्राप्त होला । भाइको सहयोग भरपूर रूपमा पाईनेछ । पुरानो फसेको धनको चर्चा चल्नेछ । साना कालासका विद्यार्थीको लागि राम्रो दिन देखिन्छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
महिला साथीको सहयोगले नवीनकार्य गर्ने अवसर मिल्न सक्नेछ, आर्थिक लाभको कुनै माध्यम प्राप्तहोला । जीवन साथीको मुहारमा प्रशन्नता देख्न सकिनेछ । आज स्वास्थ्यले साथ दिनेछ । पुराना रोगहरू शान्त हुने छन् । टेक्निकल विद्यार्थीको लागि राम्रो दिन रहनेछ । व्यवसायको लागि कुनै नयाँ कार्याेजनाको साथ अघि बढीनेछ । पारिवारिक व्यवसायले समृद्धि दिनेछ । माता पिताको सहयोग तथा आशिर्वाद मिल्नेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
खर्चमा वढोत्तरी हुन सक्ला, मान मर्यादामा ठेस पुग्न सक्नेछ । विश्वास गरेकाले साथ नदेलान्, व्यवशायमा सोचेको प्रगति हात नलाग्ला । अरुको भर पर्नाले महत्व पूर्णकार्य रोकिन सक्छ । आर्थिक कमजोरीले गर्दा व्यवसायमा लगानि गर्ने असर गुम्नेछ , यात्रा गर्ने सोंचमा हुनुहुन्छ भने यात्रा टालेको राम्रो । आँखा पोल्ने टाउको भारीहुने समस्या देखा पर्न सक्छ । अध्ययन अध्यापनका मार्ग खासै राम्रो रहेको छैन ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)
दाम्पत्य सुखहोला, प्रियजन सँगभेट होला । तपाँईको कार्य शैलीको सवैले तरिफ गर्लान् । सानातिना अल्झनहरु आफै सुल्झने छन् । सवैको मन जित्न सकिनेछ, आतिथ्य ग्रहणको अवसर मिल्नेछ । परिवारमा खुशीको माहोल वन्नेछ, ज्ञान आर्जनगर्ने मौका प्राप्तहोला । ठुला व्यक्ति सग सम्पर्क बढ्नेछ बस्त्रादि लाभ, धन धर्मको प्राप्ती, स्वास्थ्थमा सुधार, फूर्ति बढ्नेछ । विरोधी हरु परास्त हुनेछन्

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,त)
प्रेममा सफलता मिल्ला, दाजुभाई बाट सहयोग मिल्लनेछ । धन धर्मको प्राप्ती हुनेछ, शरीरिक फूर्ति बढ्नेछ । ठुला व्यक्ति सग सम्पर्क बढ्नेछ । मानसिक सन्तोष होला, विद्या तथा परिक्षामा सफलता मिल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । धर्म तथा धनको बृद्धि होला । पारिवारिक जमघट होला । गरेको व्यवसाय बाट प्रसन्नता बढ्नेछ । मिष्ठान्न भोजन तथा पेय पदार्थको आनन्द लिन पाईनेछ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
शरीरमा आलश्य पन बढ्नेछ, मन दोधार होला । स्वजनमा बिवाद बढ्न सक्ने । प्रेममा असफलता हात लाग्न सक्छ । स्त्री सुखमाकमी आउला । निणर्य क्षमतामा कमि आउला, सावधानीले कार्य गर्नुपर्ला । पेट तथा पाचन क्रियामा कमजोरी आउला, वहानवाट प्रगति हुने छैन । धन हानिहुन सक्नेछ, चोटपटकको संभावना रहेकोले साबधानी हुनु उत्तमहोला । कार्यमा बिलम्बता आउनेछ,शरीरमा आलश्य छाउने ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
मानसिक सन्तोष होला , जीवन साथीको सहयोग भरपूर मिल्नेछ । धन धर्मको आर्जन गरिएला, आफन्तको सहयोग मिल्नेछ । सह भोजको अवसर पनि मिल्न सक्नेछ । सन्तानले मन प्रसन्न बनाई देलान् , लगानीका अवसर हरु आउने छन् । आफ्नो कार्यकौशलताले सवैको मन मोहीत गरिनेछ । घरमा खुःसीको माहोल बन्नेछ, धन धान्यको प्राप्ती, मन प्रफुल्ल हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
नवीन कार्योजना वन्न सक्नेछ । वस्त्र तथा उपाहार मिल्ने ससम्भावना रहेकोछ । मिष्ठान्न एवं स्वादिष्ट भोजन प्राप्तीहोला,हिम्मत र जोस बढ्नेछ । सामाजिक प्रतिष्ठा बढेर जाला । आफन्तको सहयोगले रोकिएको काम सुचारु होला । उपहार आदि मिल्नेछ, मिष्ठान्न भोजन प्राप्ती, रोगबाट मुक्तिप्राप्त होला, आनन्दको अनुभूति हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
जोस, जाँगर बढेर जानेछ, कुनै पनि काम तथा व्यवसायको लागि गरिएको यात्रा सफल हुनेछ । व्यापारले पर्याप्त लाभदेला, धार्मिक तथा सामाजिक कार्यमा मन जानेछ । नयाँ क्षेत्रमा लगानी गर्ने अवसर प्राप्त हुनेछ । भेट धाट एवं सामाजिक कार्यमा समय बित्नेछ । स्वास्थ्थमा सुधार, फूर्ति बढ्नेछ । प्रेममा सफलता, बिद्यामा रुचि, दाजुभाईबाट सहयोग मिल्लनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
प्राविधिक ज्ञान हासिल गर्न सक्ने दिन रहेकाे छ, सामाजिक परिर्वतनको लागि समय खर्च गर्ने दिन रहेकोछ । सहभोजको अवसर मिल्नेछ , गरेको कामले सफलता देला । मिष्ठान्न भोजनको आनन्द लिन पाईनेछ । शरीरिक पीडा समाप्त होला । मनमा उत्पन्न सकारात्मक विचारले उच्च पद दिलाउला । शारीरिक तथा मानसिक तन्दुरुस्तीको अनुभव हुनेछ । नजीकको यात्रा लाभदायी रहनेछ ।