आज मिति २०७७ ज्येष्ठ २० गते मंगलवार तदनुसार २ जून २०२० प्रमादीनाम संवत्सर रवि उत्तरायण, ग्रीष्मऋर्तु , जेष्ठशुक्लपक्ष, तिथिः– एकादशी ११ घडी १४ पला, विहान ९ वजेर ५६ मिनेटसम्म , नक्षत्र चित्र ४० घडी ५६ पला, रात्रिः ९ वजेर ३३ मिनेट सम्म, योग – व्यतिपात, करण – विष्टि, आनन्दादीयोग – ध्वांक्ष, चन्द्रमा – कन्या राशिमा १०ः२२ सम्म पश्चात् तुलामा, सूर्य– बृष , बृहस्पति – मकर राशिमा, सूर्य उदय विहान ५ वजेर १० मिनेटमा, सूर्यास्त – सायं ६ वजेर ५४ मिनेटमा ।
आज निर्जला एकादशीव्रत तुलसीदल खाने दिन।
चन्द्रमा – दक्षिणमा १०ः२२ सम्म पश्चात् पश्चिममा ।
योगिनी – आग्नेय दिशा ।
कालराहु – पश्चिम दिशामा ।
दिशाशूल– उत्तर दिशामा ।
राहुकाल – दिनको ३ वजेर २८ मिनेट देखि ५ वजेर ११ मिनेट सम्म । अशुभ
यमघण्टा – विहान ८ वजेर ३६ मिनेट मध्य देखि १० वजेर १९ मिनेट सम्म । अशुभ
गुलीककाल– दिनको १२ वजेर २ मिनेट देखि १ वजेर ४५ मिनेट सम्म । सौम्य
अभिजितमुहूर्त – विहान ११ वजेर ३४ मिनेट देखि १२ वजेर २९ मिनेट सम्म । शुभ
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
जीवन साथीको सहयोग भरपूर रूपमा पाईनेछ, शरीरमा फूर्ति बढ्नेछ । वाहानादिबाट राम्रो हुनेछ, पूर्व दिनमा खराव भएको स्वास्थ्यमा सुधार आउनेछ । गरेको श्रमको उचित मुल्याङ्कन मिल्नाले मन हर्षित होला,अरुको कुरा सुनेर निर्णय आफ्नो लिन सक्नुहुनेछ व्यावसायमा मन्दी आएता पनि यसको असरले हजुरलाई नछोला ।
बृष – (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)
आजको दिन हजुरलाई काम वनाउन सकिन्छ तर चनाखो हुनु आवश्यक छ । खानपिनको बिषेश ख्याल राख्नु राम्रो होला । स्वास्थमा हल्का नमी आयपनि मनका द्विधा हट्नेछ । साझेदारी काममा लगानिको लागि ध्यान दिनु होला । लेन देनमा सावधानी अपनाउनाले आर्थिक समस्या हल होला , काममा जाँगर नलागे पनि कार्य भने संचालन हुनेछ । कुराकाट्नेहरू पछिनै रहनेछन् हजुर अगाडी बढ्नु हुनेछ ।
मिथुन – (का,की,कू,घ,ङ,छ,के,को,हा)
प्रेमको बाटो सफल, घरयासी माल सामान जोडीनेछ । घरमा नवीन सदस्यको आगमनले खुशी छाउला , प्रसन्नताले दिन व्यतित हुनेछ । अनेकौ राम्रा अवसरहरु ले पछ्याउनेछन् , जागीरबाट राम्रो हुनेछ, कामले सबैको तारिफ पाउन सकिनेछ । व्यवसाय सन्तोष जनकहोला, ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
प्रातकाल को समय राम्रो व्यतित भए पनि दिनमा भने पाप कर्म तिर मन लाग्ला, यात्रामा सावधान हुनु पर्ने छ । प्रेम सम्बन्ध चिसिँदै जाला , बिद्यामा रुचि खासै जाने छैन । कुनै पनि कार्योजना गोप्य राख्नु लाभ होला । रोग व्याधीको डरले सताउला, नसोंचेको ठाउँमा रकम खर्च हुनसक्छ । कार्यमा सही दिशा समत्न नसकिएला । कामको लोडले थकानको महसुश होला ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
विहानको समयमा केही अफ्ठेरो वातावरण भए पनि, आजको दिन सामाजिक प्रतिष्ठा बढेर जाला । पे्रमी प्रेमिको सम्बन्धमा मधुरता आउने छ । सरल व्यावहारले गर्दा धेरैको मन जित्न सकिनेछ, आतिथ्य ग्रहणको अवसर मिल्नेछ । वित्तीय क्षेत्रको लगानीले राम्रो फल दिनेछ । वस्त्र तथा उपाहार मिल्ने सम्भावना रहेकोछ । मिष्ठान्न एवं स्वादिष्ट भोजन प्राप्तहोला हिम्मत र जागर बढ्नेछ । सहयोग सबैको पाईएला ।
कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)
वाद विवादमा विजय हासिल होला , सरकारी काम कार्य सहजै पूराहोला , यात्रमा मा आनन्दको अनुभूति होला । परिवारमा खुशीको माहोल वन्नेछ, ज्ञान आर्जनगर्ने मौका प्राप्तहोला । अध्ययन अध्यापनमा सफलता मिल्लनेछ, अतिथिको आगमनले मन प्रशन्न हुनेछ । स्वास्थ्यमा सुधारहुनेछ । व्यावसायिक यात्रा योजना सम्भव छ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,त)
विहान १० वजे सम्म केहि असहज परिस्थिति सँग सामना गर्नुपरे पनि त्यस पछि भने मान सम्मान पाईएला, प्रेममा सफलता हात लाग्ला । जीवन साथीको भरपूर सहयोग प्राप्त होला, काममा मन लाग्नेछ । मान सम्मान वढ्नेछ , सामाजिक काममा समय लगाउँनाले सवैको मन जित्न सकिन्छ । कुटुम्बको आगमनले मन प्रशन्न रहला ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
विहानको समयमा राम्रो खवर आए पनि दिनमा भने पढाई लेखाईमा मन जाने छैन, नेत्र पीडाको अनुभूति हुनसक्ने सम्भावना छ । यात्रामा व्यवधान आउन सक्ने भएका कारण साबधानी अपनाउनु राम्रो हुन्छ । गरिरहेको काममा बाधा अड्चन आउन सक्ने छ प्रवासमा खासै सुख मिल्ने छैन । स्वास्थ्य कमजोर हुनसक्छ, बिलासीताको सामानमा खर्च बढ्ने छ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
आय आर्जका मार्गहरूको खोजी होला, नवीन कार्ययोजनाले मूर्तरूप लिनेछ । वित्त, पुत्र, पौत्र सुखमा वृद्धि होला आफूभन्दा ठूलाहरूको सहयोगले कार्यमा दिशा समातिने छ । पुरानो आर्थिक समस्याको हल भएर जाने छ । व्यावसायमा पनि सानातिना झमेला आएता पनि सहज अघिबढ्न सकिनेछ, शैक्षिक क्षेत्रमा मन जागेर आउला ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
मातृ पितृ सहयोगले कार्यमा गति लिने छ ,विरोधीहरू परास्त हुनेछन् । प्रेममा सफलता हात लाग्ला , बिद्यामा रुचि जाग्नेछ, व्यावसायिक कार्यको बिषयमा चर्चा चल्ने छ । साथीभाइ सँगको सामिप्ता अझै बढेर जाने छ । पुराना रोकिएका कामहरू सम्पादन होलान्, ,स्वास्थ्थमा सुधार सुधारले शारीरिक फूर्ति बढ्ने छ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
विहनको समयमा आलस्यताले घेरे पनि दिनमा, रोकिएका काम सजिलै पुराहोला , मित्रवाट सहयोग प्राप्ती हुने, सामाजिक कार्यमा मन जानेछ । भाग्यले राम्रो साथ दिनेछ । पुरानो तथा पैतृक सम्पत्तिबाट लाभ लिन सकिनेछ । व्यापारले पर्याप्त लाभ देला, छोटों दूरीको यात्राले राम्रै फल दिनेछ । शिक्षको क्षेत्र राम्रो होला, धार्मिक कार्यमा मनजानेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
विहानको समय राम्रो भएता पनि, पारिवारिक खिँचातानले गर्दा काममा असहज महसुश होला । हल्का चोट पटकको भए रहेको हुनाले साबधानी आवश्यक छ । यात्राको सोँचलाई कार्यमा परिणत नगरेको राम्रो होला । किमती समान सुरक्षित राख्नु होला । धन आगमनको मार्गमा केही कमी आउन सक्छ । बिरोधीहरू सल्वलाउनेछन् । वैदेशिक मानसिकता पलाउला, घरेलु खर्चमा वृद्धि होला ।