आज मिति २०७७ ज्येष्ठ २१ गते बुधवार तदनुसार ३ जून २०२०काे राशिफल ।

424

ॐवाणी जेठ २१

आज मिति २०७७ ज्येष्ठ २२ गते बुधवार तदनुसार ३ जून २०२० प्रमादीनाम संवत्सर रवि उत्तरायण, ग्रीष्मऋर्तु , जेष्ठशुक्लपक्ष, तिथिः– द्वादशी ५ घडी ४९ पला, विहान ७ वजेर ३० मिनेटसम्म , नक्षत्र स्वाती ३६ घडी ५९ पला, बेलुकाः ७ वजेर ५८ मिनेट सम्म, योग –वरियान, करण – बालव, आनन्दादीयोग – धूम्र, चन्द्रमा – तुला राशिमा, सूर्य– बृष , बृहस्पति – मकर राशिमा, सूर्य उदय विहान ५ वजेर १० मिनेटमा, सूर्यास्त – सायं ६ वजेर ५५ मिनेटमा ।
आज – प्रदोषव्रत ।
चन्द्रमा – पश्चिम दिशामा ।
योगिनी – नैरित्य दिशामा ।
कालराहु – नैरित्य दिशामा ।
दिशाशूल– उत्तर दिशामा ।
राहुकाल – दिनको १२ वजेर २ मिनेट देखि १ वजेर ४५ मिनेट सम्म ।। अशुभ ।।
यमघण्टा – विहान ६ वजेर ५२ मिनेट देखि ८ वजेर ३६ मिनेट सम्म ।। अशुभ ।।
गुलीककाल– विहान १० वजेर १९ मिनेट देखि मध्य १२ वजेर २ मिनेट सम्म ।। सौम्य ।।
अभिजितमुहूर्त – विहान ११ वजेर ३५ मिनेट देखि १२ वजेर ३० मिनेट सम्म ।। अशुभ ।।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
गरेको श्रमको उचित मुल्याङ्कन मिल्नाले मन हर्षित होला, अरुको कुरा सुनेर निर्णय आफ्नो लिन सक्नुहुनेछ । व्यावसायमा मन्दी आएता पनि यसको असरले हजुरलाई नछोला । जीवन साथीको सहयोग भरपूर रूपमा पाईनेछ, शरीरमा फूर्ति बढ्नेछ । वाहानादिबाट राम्रो हुनेछ, पूर्व दिनमा खराव भएको स्वास्थ्यमा सुधार आउनेछ ।

बृष – (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)
लेन देनमा सावधानी अपनाउनाले आर्थिक समस्या हल होला , काममा जाँगर नलागे पनि कार्य भने संचालन हुनेछ । कुराकाट्नेहरू पछि नै रहनेछन् हजुर अगाडि बढ्नु हुनेछ । आज चनाखो हुनु आवश्यक छ । खानपिनको बिषेश ख्याल राख्नु राम्रो होला । स्वास्थमा हल्का नमी आयपनि मनका द्विविधा हट्नेछ । साझेदारी काममा लगानिको लागि ध्यान दिनु होला ।

मिथुन – (का,की,कू,घ,ङ,छ,के,को,हा)
अनेकौ राम्रा अवसरहरू ले पछ्याउने छन् , जागीरबाट राम्रो हुनेछ । गरेको कामले सबैको तारिफ पाउन सकिनेछ, व्यवसाय सन्तोष जनकहोला । कला कौशलताका धनीहरूका लागि सुनौलो अवसर आउन सक्छ, अध्ययनको मार्ग सफल होला । प्रेमको बाटो सफल, घरयासी माल सामान जोडीनेछ । घरमा नवीन सदस्यको आगमनले खुशी छाउला , प्रसन्नताले दिन व्यतित हुनेछ । विद्यामा सफलता मिल्नेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
रोग व्याधीको डरले सताउला, नसोंचेको ठाउँमा रकम खर्च हुनसक्छ । कार्यमा सही दिशा समात्न नसकिएला । कामको लोडले थकानको महसुश होला । पाप कर्म तिर मन लाग्ला, यात्रामा सावधान हुनुपर्ने छ । प्रेम सम्बन्ध चिसिँदै जाला , बिद्यामा रुचि खासै जाने छैन । कुनै पनि कार्योजना गोप्य राख्नु लाभ होला । खान पिनमा ख्याल गर्नु होला ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
वस्त्र तथा उपाहार मिल्ने सम्भावना रहेकोछ । मिष्ठान्न एवं स्वादिष्ट भोजन प्राप्तहोला हिम्मत र जागर बढ्नेछ । सहयोग सबैको पाईएला । आजको दिन सामाजिक प्रतिष्ठा बढेर जाला । पे्रमी प्रेमिको सम्बन्धमा मधुरता आउने छ । सरल व्यावहारले गर्दा धेरैको मन जित्न सकिनेछ, आतिथ्य ग्रहणको अवसर मिल्नेछ । वित्तीय क्षेत्रको लगानीले राम्रो फल दिनेछ ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)
अध्ययन अध्यापनमा सफलता मिल्लनेछ, अतिथिको आगमनले मन प्रशन्न हुनेछ । स्वास्थ्यमा सुधारहुने छ । व्यावसायिक यात्रा योजना सम्भव छ । वाद विवादमा विजय हासिल होला , सरकारी काम कार्य सहजै पूराहोला , यात्रमा मा आनन्दको अनुभूति होला । परिवारमा खुशीको माहोल वन्नेछ, ज्ञान आर्जनगर्ने मौका प्राप्तहोला । धन आर्जनको श्रोत फेला पर्ला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,त)
मान सम्मान पाईएला, प्रेममा सफलता हात लाग्ला । जीवन साथीको भरपूर सहयोग प्राप्त होला, काममा मन लाग्नेछ । आफन्तको सहयोग भरपूर रूपमा पाईनेछ । सामाजिक काममा समय लगाउँनाले सवैको मन जित्न सकिन्छ । कुटुम्बको आगमनले मन प्रसन्न रहला । विगतका झमेलाहरू शान्त भएर जाने छन् ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
गरिरहेको काममा बाधा अड्चन आउन सक्ने छ, प्रवासमा खासै सुख मिल्ने छैन । स्वास्थ्य कमजोर हुनसक्छ, भोग, विलासको सामानमा खर्च बढ्ने छ । पढाई लेखाईमा मन जाने छैन, नेत्र पीडाको अनुभूति हुनसक्ने सम्भावना छ । यात्रामा व्यवधान आउन सक्ने भएका कारण सावधानी अपनाउनु राम्रो हुन्छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
पुरानो आर्थिक समस्याको हल भएर जाने छ । व्यावसायमा पनि सानातिना झमेला आएता पनि सहज अघिबढ्न सकिनेछ, शैक्षिक क्षेत्रमा मन जागेर आउला । आय आर्जका मार्गहरूको खोजी होला, नवीन कार्ययोजनाले मूर्तरूप लिनेछ । वित्त, पुत्र, पौत्र सुखमा वृद्धि होला, आफूभन्दा ठूलाहरूको सहयोगले कार्यमा दिशा समातिने छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
साथीभाइ सँगको सामिप्ता अझै बढेर जाने छ । पुराना रोकिएका कामहरू सम्पादन होलान्, ,स्वास्थ्यमा सुधारले शारीरिक फूर्ति बढ्ने छ । मातृ पितृ सहयोगले कार्यमा गति लिने छ ,विरोधीहरू परास्त हुनेछन् । प्रेममा सफलता हात लाग्ला , विद्यामा रुचि जाग्नेछ, व्यावसायिक कार्यको बिषयमा चर्चा चल्ने छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
भाग्यले राम्रो साथ दिनेछ, पुरानो तथा पैतृक सम्पत्तिबाट लाभ लिन सकिनेछ । व्यापारले पर्याप्त लाभ देला, छोटों दूरीको यात्राले राम्रै फल दिनेछ । शिक्षाको क्षेत्र राम्रो होला, धार्मिक कार्यमा मनजानेछ । रोकिएका काम सजिलै पुराहोला , मित्रवाट सहयोग प्राप्ती हुने, सामाजिक कार्यमा मन जानेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
धन आगमनको मार्गमा केही कमी आउन सक्छ । बिरोधीहरू सल्वलाउनेछन् । वैदेशिक मानसिकता पलाउला, घरेलु खर्चमा बृद्धि होला । पारिवारिक खिँचातानले गर्दा काममा असहज महसुश होला । हल्का चोट पटकको भए रहेको हुनाले सावधानी आवश्यक छ । यात्राको सोँचलाई कार्यमा परिणत नगरेको राम्रो होला । किमती समान सुरक्षित राख्नु होला ।