आज मिति २०७७ ज्येष्ठ २२ गते बिहीवार तदनुसार ४ जून २०२० प्रमादीनाम संवत्सर रवि उत्तरायण, ग्रीष्मऋर्तु , जेष्ठशुक्लपक्ष, तिथिः– त्रयोदशी ० घडी १ पला, विहान ५ वजेर १० मिनेटसम्म पश्चात् पूर्णिमा , नक्षत्र विशाखा ३३ घडी २६ पला, बेलुकाः ६ वजेर ३२ मिनेट सम्म, योग –शिव, करण – गर, आनन्दादीयोग – प्रवद्र्धन, चन्द्रमा – तुला राशिमा १२ वजेर ५३ मिनेट सम्म पश्चात् वृश्चिकमा, सूर्य– वृष , बृहस्पति – मकर राशिमा, सूर्य उदय विहान ५ वजेर १० मिनेटमा, सूर्यास्त – सायं ६ वजेर ५५ मिनेटमा ।
चन्द्रमा – पश्चिममा १२ः५३ सम्म पश्चात् उत्तरमा ।
योगिनी – दक्षिण दिशा ।
कालराहु – दक्षिण दिशामा ।
दिशाशूल– दक्षिण दिशामा ।
राहुकाल – दिनको १ वजेर ३६ मिनेट देखि ३ वजेर २९ मिनेट सम्म ।। अशुभ ।।
यमघण्टा – विहान ५ वजेर ९ मिनेट देखि ६ वजेर ५२ मिनेट सम्म ।। अशुभ ।।
गुलीककाल– विहान ८ वजेर ३६ मिनेट देखि १० वजेर १९ मिनेट सम्म ।। सौम्य ।।
अभिजितमुहूर्त – विहान ११ वजेर ३५ मिनेट देखि १२ वजेर ३० मिनेट सम्म ।। शुभ ।।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
१ वजे सम्म गरेको श्रमको उचित मुल्याङ्कन मिल्नाले मन हर्षित होला,अरुको कुरा सुनेर निर्णय आफ्नो लिन सक्नुहुनेछ । व्यावसायमा मन्दी आएता पनि यसको असरले हजुरलाई नछोला । जीवन साथीको सहयोग भरपूर रूपमा पाईनेछ, शरीरमा फूर्ति बढ्नेछ । वाहानादिबाट राम्रो हुनेछ, पूर्व दिनमा खराव भएको स्वास्थ्यमा सुधार आउनेछ । मध्य दिनपछि केही विपरीत हुनसक्छ ।
बृष – (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)
१ वने पछि पूर्ण सुखको अनुभूत होला । १२ वजे सम्म लेन देनमा सावधानी अपनाउनाले आर्थिक समस्या हल होला , काममा जाँगर नलागे पनि कार्य भने संचालन हुनेछ । कुराकाट्नेहरू पछिनै रहनेछन् हजुर अगाडी बढ्नु हुनेछ । आज चनाखो हुनु आवश्यक छ । खानपिनको बिषेश ख्याल राख्नु राम्रो होला । स्वास्थमा हल्का नमी आयपनि मनका द्विविधा हट्नेछ । साझेदारी काममा लगानिको लागि ध्यान दिनु होला ।
मिथुन – (का,की,कू,घ,ङ,छ,के,को,हा)
मध्य दिन पछि भने विपरीत फलआउनेछ । चन्द्रमा तुलामा रहँदा सम्म अनेकौ राम्रा अवसरहरू ले पछ्याउनेछन् , जागीरबाट राम्रो हुनेछ । कामले सबैको तारिफ पाउन सकिनेछ, व्यवसाय सन्तोष जनकहोला । कला कौशलताका धनीहरूका लागि सुनौलो अवसर आउन सक्छ, अध्ययनको मार्ग सफल होला । प्रेमको बाटो सफल, घरयासी माल सामान जोडीनेछ । घरमा नवीन सदस्यको आगमनले खुशी छाउला , प्रसन्नताले दिन व्यतित हुनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
१२ः५३ सम्म रोग व्याधीको डरले सताउला, नसोंचेको ठाउँमा रकम खर्च हुनसक्छ । कार्यमा सही दिशा समत्न नसकिएला । कामको लोडले थकानको महसुश होला । पाप कर्म तिर मन लाग्ला, यात्रामा सावधान हुनु पर्ने छ । प्रेम सम्बन्ध चिसिँदै जाला , बिद्यामा रुचि खासै जाने छैन । कुनै पनि कार्योजना गोप्य राख्नु लाभ होला । चन्द्रमाले वृश्चिक राशिमा गोचर गरे पछि मध्य दिनबाट राम्रो फलआउला ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
मध्य दिन पछि केही परिर्वतन भए पनि सकारत्मक फल आउनेछ । वस्त्र तथा उपाहार मिल्ने सम्भावना रहेकोछ । मिष्ठान्न एवं स्वादिष्ट भोजन प्राप्तहोला हिम्मत र जागर बढ्नेछ । सहयोग सबैको पाईएला । आजको दिन सामाजिक प्रतिष्ठा बढेर जाला । पे्रमी प्रेमिको सम्बन्धमा मधुरता आउने छ । सरल व्यावहारले गर्दा धेरैको मन जित्न सकिनेछ, आतिथ्य ग्रहणको अवसर मिल्नेछ । वित्तिय क्षेत्रको लगानीले राम्रो फल दिनेछ ।
कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)
१२ वजेर ५३ मिनेट पश्चात् फलमा केही अन्तर आउनेछ । अध्ययन अध्यापनमा सफलता मिल्लनेछ, अतिथिको आगमनले मन प्रशन्न हुनेछ । स्वास्थ्यमा सुधारहुनेछ । व्यावसायिक यात्रा योजना सम्भव छ । वाद विवादमा विजय हासिल होला , सरकारी काम कार्य सहजै पूराहोला , यात्रमा मा आनन्दको अनुभूति होला । परिवारमा खुशीको माहोल वन्नेछ, ज्ञान आर्जनगर्ने मौका प्राप्तहोला । धन आर्जनको श्रोत फेलापर्ला ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,त)
मान सम्मान पाईएला, प्रेममा सफलता हात लाग्ला । जीवन साथीको भरपूर सहयोग प्राप्त होला, काममा मन लाग्नेछ । आफन्तको सहयोग भरपूर रूपमा पाईनेछ । सामाजिक काममा समय लगाउँनाले सवैको मन जित्न सकिन्छ । कुटुम्बको आगमनले मन प्रशन्न रहला । विगतका झमेलाहरू शान्त भएर जाने छन् । चन्द्रमाको गोचर सगैं मध्य दिन पछि केही हल्का फुल्का अन्तर देखिनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
आज १ वजे सम्म मात्र नकारात्मका फल देखिन सक्छ गरिरहेको काममा बाधा अड्चन आउन सक्ने छ प्रवासमा खासै सुख मिल्ने छैन । स्वास्थ्य कमजोर हुनसक्छ, बिलासीताको सामानमा खर्च बढ्ने छ । पढाई लेखाईमा मन जाने छैन, नेत्र पीडाको अनुभूति हुनसक्ने सम्भावना छ । यात्रामा व्यवधान आउन सक्ने भएका कारण साबधानी अपनाउनु राम्रो हुन्छ । १ वजे पछि सन्तोष जनक फल आउला ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
मध्याह्न सम्म पुरानो आर्थिक समस्याको हल भएर जाने छ । व्यावसायमा पनि सानातिना झमेला आएता पनि सहज अघिबढ्न सकिनेछ, शैक्षिक क्षेत्रमा मन जागेर आउला । आय आर्जका मार्गहरूको खोजी होला, नवीन कार्ययोजनाले मूर्तरूप लिनेछ । वित्त, पुत्र, पौत्र सुखमा वृद्धि होला, आफूभन्दा ठूलाहरूको सहयोगले कार्यमा दिशा समातिने छ । १ वजे पछि खासै राम्रो समय देखिदैन ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
मध्य दिन पश्चात् हल्का फलमा फरका आए पनि हजुरको दिन भने राम्रै हुनेछ । साथीभाइ सँगको सामिप्ता अझै बढेर जाने छ । पुराना रोकिएका कामहरू सम्पादन होलान्, ,स्वास्थ्थमा सुधार सुधारले शारीरिक फूर्ति बढ्ने छ । मातृ पितृ सहयोगले कार्यमा गति लिने छ ,विरोधीहरू परास्त हुनेछन् । प्रेममा सफलता हात लाग्ला , बिद्यामा रुचि जाग्नेछ, व्यावसायिक कार्यको बिषयमा चर्चा चल्ने छ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
१ वजे पछि केही फमा अन्तर आउन सक्छ भाग्यले राम्रो साथ दिनेछ । पुरानो तथा पैतृक सम्पत्तिबाट लाभ लिन सकिनेछ । व्यापारले पर्याप्त लाभ देला, छोटों दूरीको यात्राले राम्रै फल दिनेछ । शिक्षको क्षेत्र राम्रो होला, धार्मिक कार्यमा मनजानेछ । रोकिएका काम सजिलै पुराहोला , मित्रवाट सहयोग प्राप्ती हुने, सामाजिक कार्यमा मन जानेछ । आज सकारत्मक दिन नै व्यतित होला ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
१ वजे सम्म मात्र धन आगमनको मार्गमा केही कमी आउन सक्छ । बिरोधीहरू सल्वलाउनेछन् । वैदेशिक मानसिकता पलाउला, घरेलु खर्चमा बृद्धि होला । पारिवारिक खिँचातानले गर्दा काममा असहज महसुश होला । हल्का चोट पटकको भए रहेको हुनाले साबधानी आवश्यक छ । यात्राको सोँचलाई कार्यमा परिणत नगरेको राम्रो होला । किमती समान सुरक्षित राख्नु होला । १ वछे पछि दैनिकीमा परिर्वतन पक्कै आउने छ कामहरू बन्नेछन् ।