आजकाे राशिफल मिति २०७७ ज्येष्ठ २४ गते शनिवार तदनुसार ६ जून २०२०

451

आज मिति २०७७ ज्येष्ठ २४ गते शनिवार तदनुसार ६ जून २०२० प्रमादीनाम संवत्सर रवि उत्तरायण, ग्रीष्मऋर्तु , आषाढकृष्णपक्ष, तिथिः– प्रतिपदा ४६ घडी १३ पला, रात्रिः ११ वजेर ३९ मिनेटसम्म, नक्षत्र– ज्येष्ठा २८ घडी १८ पला, सायं ४ वजेर २९ मिनेट सम्म, योग – साध्य, करण – बालव, आनन्दादियोग – मुशल, चन्द्रमा – वृश्चिक राशिमा सायं ४ वजेर २९ मिनेट सम्म पश्चात् धनुराशिमा, सूर्य– वृष , बृहस्पति – मकर राशिमा, सूर्य उदय विहान ५ वजेर १० मिनेटमा, सूर्यास्त – सायं ६ वजेर ५६ मिनेटमा ।
चन्द्रमा – उत्तर दिशामा ४ः२९ मिनेट सम्म पश्चात् धनु ।
योगिनी – पूर्व दिशा ।
कालराहु – पूर्व दिशामा ।
दिशाशूल– पूर्व दिशामा ।
राहुकाल – विहान ८ वजेर ३६ मिनेट देखि १० वजेर १९ मिनेट सम्म ।। अशुभ ।।
यमघण्टा – दिनको १ वजेर ४६ मिनेट देखि ३ वजेर २९ मिनेट सम्म ।। अशुभ ।।
गुलीककाल– विहान ५ वजेर ९ मिनेट देखि ६ वजेर ५२ मिनेट सम्म ।। सौम्य ।।
अभिजितमुहूर्त – विहान ११ वजेर ३५ मिनेट देखि १२ वजेर ३० मिनेट सम्म ।। शुभ ।।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आजको दिन ठूलो लगानीबाट बच्नु पर्ने हुन्छ । कार्यमा विलम्बता आउनेछ, शरीरमा आलश्य बढ्नेछ । प्रेममा सफलता मिल्ने छैन सावधान हुनु होला, वाटो–घाटो काट्दा ख्याल गर्नुहोला । स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने हुन्छ, क्रोधले गर्दा वनेको काममा अवरोध हुन सक्छ । कफ, वातका रोगीहरूलाई राम्रो दिन छैन, कुनै पनि अनैतिक कार्यबाट परै रहनु पर्नेछ ।
वृष – (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)
धनको दिशामा गरिएको प्रयास सफल होला, आफन्तको सहयोग मिल्नेछ । आजको दिन सहज र आनन्दका व्यतित होला । आजको दिन हजुरको विचार स्थिर रहनेछ , गरेको सार्वजनिक कार्यले समाजमा प्रतिष्ठा दिलाउने छ । शाहासले गर्दा चुनौती पूर्ण काम पनि सहजै पुरागर्न सक्नुहुने छ । साथीभाइ सँगको मेल जोलले प्रसन्नतामा बृद्धिहोला ।

मिथुन – (का,की,कू,घ,ङ,छ,के,को,हा)
विद्यामा रुचि बढेर जाला, आर्थिक कमजोरी दूरहोला , मान यश, कृति फैलिँदै जानेछ । प्रेममा मिलन तथा मधुरता आउनेछ । आज पारिवारिक मेल जोल तथा आनन्दमा समय व्यतित गरिनेछ , व्यापारको लागि ध्यान दिनु उत्तम रहनेछ । स्वजनको सहयोगले गर्दा महत्व पूर्ण सफलता हात लाग्ला । बोलीको प्रभाव बढेर जाला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
शैक्षिक योग्यतामा निखार आउनेछ, कागजीकाम गर्ने हरूको लागि राम्रो दिन रहेको छ । प्रेममा देखावटी गर्ने हरु सँग साबधान रहनु राम्रो हुन्छ । आजको दिन हजुरले बैचारिक जीत हासिल गर्न सक्नुहुने छ, धार्मिक तथा मांगलिक कार्यमा सरिक भइएला । पुत्र पौत्रको सहयोग तथा सुख मिल्नेछ , साथीभाइ सँग रामाईलो गरिनेछ , मिष्ठान भोजनको अवसर जुट्नसक्छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
पढाई लेखाइमा मन जाने छैन । व्यावसायमा मन्दी आउनेछ । आर्थिक कमजोरी आउला, आफन्तमा विवाद होला । मित्रहरू सँग वनाएका योजना अधुरै रहनेछन् । आज फूर्ति तथा तेजको कमी महशुस होला, आमाको स्वास्थ्यमा प्रतिकुल असर आउन सक्छ । मानसिक कमजोरी अनुभव हुनेछ, स्त्रीहरू सँग वाद विवाद हुने सम्भावना रहेकाले कम वोल्नु राम्रो होला ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)
मनमा उत्साह, उमङ्ग बढ्नेछ, साहित्य तथा लेखन विधामा लागेका हरूको लागि अति नै राम्रो दिन रहन्छ । स्त्री हरूले भने वाणीमा संयमता अपनाउनु पर्नेछ । प्रतिस्पर्धा बढेपनि नयाँ कामको अनुभव गरिनेछ, वौद्धिक अथवा तार्किक चर्चामा भाग लिन सकिनेछ । धनलाभका मार्ग फेला पर्लान्, व्यवसायमा प्रगति होला , शत्रु नाश हुनेछन् ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,त)
कला कौशलताका धनीहरूका लागि सुनौलो अवसर आउनेछ, बन्धु बान्धव हरूले प्रेम तथा सहयोग गर्नेछन् । रोग शोक वाट छुट्कारा मिल्नेछ । आजको दिन हजुरले स्थिर भएर काम गर्नु पर्ने छ, यात्राको आयोजन गर्दै हुनुहुन्छ भने सावधान हुनुहोला , जागीरमा भने प्रमोसन तथा यश प्राप्त हुनेछ । मन प्रसन्न रहनेछ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
मनमा उठ्ने नकारात्मक विचारहरू समाप्त भएर जाने छन् , ठुला व्यक्ति सँग सम्पर्क बढेर जाला । प्रेममा सफलता हात लाग्नेछ , बिरोधीहरू पछि पर्ने छन् । शारीरिक तथा मानसिक रूपले तन्दुरुस्त अनुभव गरिएला । पद प्रतिष्ठाको बृद्धिले मन प्रसन्न होला, मित्र तथा पारिवरिक सदस्यहरू सँग मेल–जोल समय व्यतित हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
यात्रा खर्चिलो हुनसक्छ सावधान हुनुपर्नेछ । पढाईमा मनजाने छैन । पेटमा समस्या आउला, खानपानमा ख्यालगर्नु पर्ला । आज तपाईको मनमा डर त्रासले वासगर्ने सम्भावना छ, मान हानी हुनसक्छ अतः सावधान रहनुपर्ने हुन्छ । खर्च नियन्त्रण गर्न सकिने छैन, अफवाह देखि टाढै रहन सके मानसिक शान्ति मिल्नेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
आजको दिन तपाईले गरेका सामजिक योगदानकोे चर्चा चल्नेछ, प्रेमामा मधुरता आउला, शिक्षामा मनजानेछ । साथी भाइसँग रमाईलो गरिनेछ, विद्यामा रुचि, दाजुभाइबाट सहयोग मिल्लनेछ । पति पत्नीको बीचको सम्बन्धमा मधुरता आउनेछ, धन– धर्म कमाउने मौका नगुमाउनु होला , स्वास्थ्थमा सुधार, घरयासी नवीन सामन खरिद गर्ने योग रहेकोछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
सामाजिक कार्यमा मन जानेछ । हिम्मतमा बृद्धिहोला , रमाइलो यात्रामा जाने अवसर प्राप्तहुन सक्नेछ । परिवारका लागि समय दिन सकिनेछ ।व्यापारी तथा जागीर गर्ने हरूका लागि आजको दिनले सफलता दिनेछ, पूर्व सञ्चित योजनाहरू कार्यन्वयन हुनेछन् । पिता तथा पैतृक सम्पत्तिबाट लाभ लिन सकिन्छ,परिवारमा खुशीको माहालोल वन्नेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
मिष्ठान्न भोजनको प्राप्त होला । शरीरको आलश्य दूरहोला , धार्मिक कार्य गर्ने मानसिकता पैदा होला विद्या तथा प्रेममार्ग सफल । आजको दिन तपाईले नयाँकामको थालनी गर्ने दिन रहेकोछ, सहकर्मी हरूको सहयोग भरपूररूपमा पाइनेछ । शुभ समाचार आउनेछ, गरेको व्यवसायले प्रसन्नता बढउनेछ ।