आज मिति २०७७ ज्येष्ठ २५ गते आईतवार तदनुसार ७ जून २०२० प्रमादीनाम संवत्सर रवि उत्तरायण, ग्रीष्मऋर्तु , आषाढकृष्णपक्ष, तिथिः– द्वितीया ४३ घडी २३ पला, रात्रिः १० वजेर ३१ मिनेटसम्म, नक्षत्र– मूल २७ घडी ३ पला, दिनको ३ वजेर ५९ मिनेट सम्म, योग – शुभ, करण – तैतिल, आनन्दादियोग – सिद्धि, चन्द्रमा – धनु राशिमा, सूर्य– वृष , बृहस्पति – मकर राशिमा, सूर्य उदय विहान ५ वजेर १० मिनेटमा, सूर्यास्त – सायं ६ वजेर ५७ मिनेटमा ।
चन्द्रमा – पूर्व दिशामा ।
योगिनी – उत्तर दिशा ।
कालराहु – उत्तर दिशामा ।
दिशाशूल– पश्चिम दिशामा ।
राहुकाल – सायं ५ वजेर १३ मिनेट देखि ६ वजेर ५७ मिनेट सम्म ।। अशुभ ।।
यमघण्टा – दिनको १२ वजेर ३ मिनेट देखि १ वजेर ४६ मिनेट सम्म ।। अशुभ ।।
गुलीककाल– दिनको ३ वजेर ३० मिनेट देखि सायं ५ वजेर १३ मिनेट सम्म ।। सौम्य ।।
अभिजितमुहूर्त – विहान ११ वजेर ३५ मिनेट देखि १२ वजेर ३० मिनेट सम्म ।। शुभ ।।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
अध्यन अध्यापनका मार्ग सफल होला, व्यावसायको दिशामा गरिएको प्रयास सफल होला । वैदेशिक तथा लामो यात्राको मानसिकता बन्न सक्छ । प्रेममा रमाउने दिन रहेको छ , मान सम्मानमा वृद्धि होला । खाना पिनामा खर्च गरिनेछ, धनको दिशामा गरिएको प्रयास सफल होला ।
वृष – (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)
स्वजनमा विवाद बढ्न सक्ने । प्रेममा असफलता हात लाग्न सक्छ । स्त्री सुखमाकमी आउला, शरीरमा आलश्य पन बढ्नेछ, मन दोधार होला । मन चञ्चल होला, कार्यमा अनेकौ अवरोधहरू पैदा हुनसक्छ । छातीमा विकार पैदा हुनसक्ने हुन्छ, स्वास्थ्यमा सावधानी अपनाउनु पर्ला ।
मिथुन – (का,की,कू,घ,ङ,छ,के,को,हा)
वाणिज्य तथा व्यावसायमा लाभ आर्जन गर्न सकिने दिन रहेको छ । धनलाभ होला, नजीकको यात्रा लाभदायी रहनेछ । वनाएका योजना पूरा होलान् । शुभ समाचार सुन्न पाईनेछ, मानसिक शान्तिको अनुभूत होला । महिला साथीबाट सहयोग मिल्नेछ, बन्धुहरू नजिकीने छन् ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
स्त्री सहयोग तथा सुख मिल्नेछ, पारिवारिक समस्या समाधान हुनेछ । न्यायमार्ग सफल रहला, रोकिएको धन माल हातलाग्ने छ । धार्मिक कार्यहरू सम्पादन गर्ने योग छ । आफ्ना आफन्तले भरपूर सहयोग गर्नेछन्, शारीरिक समश्याहरू हल भएर जाने छन् ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
स्वास्थ्यमा सुधार, फूर्ति बढ्नेछ , रोकिएको धन हात लाग्नेछ । प्रेमीको सहयोग साथ मिल्ला, ठूला व्यक्तिसगँ सम्पर्क बढ्नेछ । व्यावसायले पूर्ण सन्तुष्टि देला । सरकारी काम कारोवार सफलहोला, बोलीको प्रभाव बढेर जानेछ ।
कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)
शरीरमा आलश्य पन बढ्नेछ, मन दोधार होला । स्वजनमा विवाद बढ्न सक्ने । प्रेममा असफलता हात लाग्न सक्छ । धन तथा मान क्षय हुनसक्ने छ ।काममा अनेकौ झंझट खेप्नु पर्ला , मन भ्रमित रहला , पेटमा विकार पैदा हुनसक्छ । प्रेममा धोका हुन सक्छ, ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,त)
अभिष्टकार्य सिद्धि होला, वैचारीक मार्ग सफलसरकारी कार्यवाट लाभ होला । तपाईले गरेको कामले सबैलाई प्रसन्नगर्न सक्नुहुनेछ । स्वास्थ्यमा सुधारहोला, फूर्ति बढ्नेछ । प्रेमीको सहयोग साथ मिल्ला, ठुला व्यक्ति सगँ सम्पर्क बढ्नेछ । रोकिएको धन हात लाग्नेछ । विरोधीहरु आफ्ना वन्नेछन् ।
वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
मानसिक सन्तोष होला , जीवन साथीको सहयोग भरपूर मिल्नेछ । धार्मिककार्यमा सरिक भईएला, आफन्तको सहयोग मिल्नेछ । परिवारिक झमेला अन्त्यहुने छन्, ज्ञान आर्जनगर्ने मौका प्राप्तहोला, व्यवसायबाट राम्रोलाभ हुनेछ, विरोधीको पनि मन जित्न सकिनेछ, आतिथ्य ग्रहणको अवसर मिल्नेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
कार्यमा प्रगति हुनेछ, सामाजिक कार्यमा मन जानेछ । जोश, जाँगर बढेर जानेछ , रमाइलो यात्रामा जाने अवसर प्राप्तहुनसक्नेछ । व्यापारले पर्याप्त लाभ दिलाउने,रोकिएका काम सजिलै पुराहोला । मित्रवाट सहयोग भरपूर होला, सामाजिक कार्यमा मन जानेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
अनावश्यक भ्रमण खर्च हुन सक्छ, आखाँमा पीडा आउन सक्ला, आलश्य बढ्नेछ । विरोधीहरूको जालमा पर्न सकिएला प्रेममा असफलता, विद्यामा अरुचि बढ्नेछ । वाहन चलाउदा सावधानी उपनाउनु राम्रो । कार्यमा विलम्बता आउनेछ, यात्रा फलदायी नहुनसक्छ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
धनलाभ होला, आत्म विश्वास बढ्नेछ, मेहनतले गरेको कामले फाईदा दिलाउला । विशिष्ठ व्यक्तिसँग सम्पर्क बढ्ला, पारिवारिक आनन्दले मन प्रफुल्ल हुनेछ । सानातिना अल्झनहरू आफै सुल्झने छन् तपाईको कामको सवैले प्रशंसा गर्लान् । मित्रजन सँग भेट होला, श्रीमतीको सहयोग तथा साथ पाईएला ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
प्रेममा सफलता मिल्ला, घर परिवारबाट सहयोग मिल्लनेछ । ठूला व्यक्ति सग सम्पर्क बढ्नेछ, धन धर्मको प्राप्ति हुनेछ, शरीरिक फूर्ति बढेर जाला । सुखद समाचार प्राप्तहोला, धन तथा मानमा वृद्धि हुनेछ, प्रतिष्ठित कार्य सम्पादनको योग रहेकोछ, आफन्त सँगको भेटले मन प्रसन्न होला ।
#आजकाे राशिफल