आज मिति २०७७ ज्येष्ठ २९ गते बिहीवार तदनुसार ११ जून २०२० को राशिफल ।

588

आज मिति २०७७ ज्येष्ठ २९ गते बिहीवार तदनुसार ११ जून २०२० प्रमादीनाम संवत्सर रवि उत्तरायण, ग्रीष्मऋर्तु , आषाढकृष्णपक्ष, तिथिः– षष्ठी ४४ घडी २ पला, साँझ १० वजेर ४६ मिनेटसम्म, नक्षत्र– धनिष्ठा ३३ घडी ४२ पला, बेलुका ६ वजेर ३८ मिनेट सम्म, योग – वैधृति, करण – गर, आनन्दादियोग – श्रीवत्स, चन्द्रमा – कुम्भ राशिमा, सूर्य– वृष , बृहस्पति – मकर राशिमा, सूर्य उदय विहान ५ वजेर ९ मिनेटमा, सूर्यास्त – सायं ६ वजेर ५८ मिनेटमा ।
चन्द्रमा – पश्चिम दिशामा ।
योगिनी – पश्चिम दिशा ।
कालराहु – दक्षिण दिशामा ।
दिशाशूल– दक्षिण दिशामा ।
राहुकाल – दिनको १ वजेर ४७ मिनेट देखि १५ वजेर १३ मिनेट सम्म ।। अशुभ ।।
यमघण्टा – विहान ५ वजेर ९ मिनेट देखि ६ वजेर ५२ मिनेट सम्म ।। अशुभ ।।
गुलीककाल– विहान ८ वजेर ३६ मिनेट देखि १० वजेर २० मिनेट सम्म ।। सौम्य ।।
अभिजितमुहूर्त – विहान ११ वजेर ३६ मिनेट देखि १२ वजेर ३१ मिनेट सम्म ।। शुभ ।।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आज आयस्थानमा गोचर गरेको चन्द्रमाले आय आर्जनमा वृद्धि गर्नेछ, रोकिएका जमीन सम्बन्धी कार्य अगाडि बढ्नेछ । नयाँ काम थालनीको अवसर खोजीहोला, घरमा खुशीको माहोल बन्नेछ । आफूभन्दा ठूला दाजुहरूको सहयोग पाउन सकिन्छ । विद्यामा सफला मिलेर जाला, प्रेममा खुशी मिल्नेछ ।
वृष – (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)
कर्मस्थानमा गोचर गरेको चन्द्रमाले कर्ममा दृढताकासाथ लाग्ने प्रेणा प्रदान गर्दछ । नोकरी गर्नेहरूका लागि सुनौलो दिन रहेकोछ । राज्य तथा मुद्दा मामिलामा विजय मिल्नेछ , पैतृक सम्पत्तिको उपभोग गर्न पाईनेछ । हर्ष उल्लासमा वृद्धि होला, मान सम्मानमा वृद्धि होला । शिक्षामा मन जानेछ, ठूला सँग सहज सम्पर्क बढ्नेछ ।
मिथुन – (का,की,कू,घ,ङ,छ,के,को,हा)
कामको लोडले थकानको महसुश होला, रोकिएका काम बनाउँनको लागि निकै दौड धुप गर्नु पर्ने हुन्छ । समाजमा गरेको सेवाको पनि गलत अर्थलगाउनेहरू भेटिएलान् । आफ्ना आफन्तहरू पनि परहुने छन्, आडम्बर देखाउने सँग बच्नुपर्छ । शैक्षिक कार्यमा अवरोध आउनेछ, प्रेममा खट–पट आउने सम्भावना छ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
आठौ भावमा गोचर गरेको चन्द्रमाले स्वास्थ्यमा केही समस्या पैदा हुनसक्छ । कार्य सफलताको लागि निकै संघर्ष पश्चात् केही सकारात्मका परिणाम आउला । मनमा भय तथा डर पैदा होला, खर्चमा निकै लगाम कस्नु पर्ला । यात्राको लागि सही समय छैन, आजको दिन नयाँ कामको थालनी नगर्नु होला । विद्या तथा प्रेममा असफलता हात आउनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
आज सातौ स्थानमा गोचर गरेको चन्द्रमाले सुख दिनेछ, आफन्तको सहयोग सद्भाव मिल्नेछ । जीवन साथीको प्रेमले गर्दा मन आनन्दको अनुभूति होला, छोंटो यात्रा गर्ने योग छ । चौपाया तथा वहानबाट लाभहुने दिन रहेकोछ । व्यावसायले राम्रो फल दिनेछ । समाजमा यश, कृति फैलिनेछ, पढाईमा मन लागेर जाने छ ।
कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)
विरोधीहरू परास्त होलान्, स्वास्थ्य स्व अुनूकुल रहनेछ । यशोआराममा वृद्धि होला , स्वास्थ्यमा सुधारहोला, फूर्ति बढ्नेछ । प्रेमीको सहयोग साथ मिल्ला, ठुला व्यक्ति सँग सम्पर्क बढ्नेछ । रोकिएको धन हात लाग्नेछ । विरोधीहरू आफ्ना बन्ने छन् । व्यापार वाट पर्याप्त लाभ होला कार्यमा प्रगति हुनेछ, सामाजिक कार्यमा मन जानेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,त)
शरीरमा आलश्यपन बढ्नेछ, मन दोधार होला । स्वजनमा विवाद बढ्न सक्ने । प्रेममा असफलता हात लाग्न सक्छ । धन तथा मान क्षय हुनसक्ने भएका कारण विचार पु¥याउनु होला । सहयोगीले साथ दिने छैनन् , नवीन कार्ययोजना धरासायी बन्नेछ । मन भ्रमित रहला , पेटमा विकार पैदा हुनसक्छ । प्रेममा धोका हुन सक्छ ।
वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
वुद्धिले काम लिनु राम्रो हुनेछ । आवेशमा आएर गरेको निर्णयले समस्या निम्त्याउन सक्छ । अनेकौ झंझट खेप्नु पर्ला, मन दोधार होला , पेटमा विकार पैदा हुनसक्छ । खान पिनमा ख्याल गर्नु पर्नेछ, श्वास प्रश्वास तथा छात्ती सम्बन्धी समस्या पैदाहुन सक्छ । परिस्थिति अनुसार चल्न नसक्दा समस्या वेहोर्नु पर्ला ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
वैचारिक मार्ग सफल, लेखनको मार्ग राम्रो होला, उपाहार प्रप्ति होला, अभिष्टकार्य सहजै पुरागर्न सकिने छ । न्यायिक क्षेत्रमा सफलता हात लाग्ने छ । नोकरी तथा जागीर फदायी हुनेछ । भाइको सहयोले कार्यमा प्रगति होला, शहासिक कार्यमा हात हालिने छ । प्रेममा मिलनको सुख आउला, पठन–पाठन सुचारु नै रहला ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
चुनौति पूर्णकाममा हात नहालेको राम्रो, अध्यान अध्यापनको मार्ग सन्तोष जनक नहोला । मानसिक असन्तोष तथा कुटुम्बिहरू विरोधि होलान् । आँखामा समस्या आउन सक्ला, खान–पिनमा ख्याल गर्नु पर्नेछ । कारोवारमा धोका हुन सक्ने भएका कारण चनाखो हुनुपर्नेछ । पढन आलस्य आउने छ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
साना–तिना अल्झनहरू आफै सुल्झने छन्, आज गोचमा लग्नमा बसेको चन्द्रमाको प्रभावले हजुरले गरेको कामको सवैले प्रशंसा गर्लान् । मान सम्मान प्राप्ति होला, रोकिएको धन हात पर्न सक्छ । पुत्र तथा पारिवारको सहयोग पाईएला । पढाई लेखाईमा मन जानेछ, मित्र हरूले साथ दिने छन्, व्यापारमा उन्नति होला ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
शरीरमा आलश्यपन बढ्नेछ, मन दोधार होला । नेत्रमा समस्या देखा पर्नसक्छ, धनमान पद प्रतिष्ठामा आँच आउने काम नगर्नु वेश । शैक्षिकमार्ग असफल हुनसक्छ । यात्रा निर्थक रहला , विभिन्न अवसरले पछ्याए पनि समयमा निर्णय लिन नसक्नाले काममा पछि परिएला । वहान चलाउदा सावधानीले चलाउनु पर्नेछ ।