कस्ताे छ आजकाे राशिफल मिति २०७७ आषाढ १ गते सोमवार तदनुसार १५ जुन २०२०

687

आज मिति २०७७ आषाढ १ गते सोमवार तदनुसार १५ जुन २०२० प्रमादीनाम संवत्सर रवि उत्तरायण, ग्रीष्मर्तुः , आषाढकृष्णपक्ष, तिथिः– दशमी अहोरात्र , सम्पूर्ण २४ घण्टा सम्म , नक्षत्र – रेवती ५६ घडी ४४ पला रात्रिः ३ वजेर ५१ मिनेट सम्म , योग – सौभाग्य , करण – वणिज आनन्दादीयोग – मातङ्ग , चन्द्रमा – मीन राशिमा, सूर्य– आजबाट मिथुनमा जाने , बृहस्पति – मकर राशिमा, सूर्य उदय विहान ५ वजेर १० मिनेटमा, सूर्यास्त – सायं ६ वजेर ५९ मिनेटमा ।
आज मिथुन संक्रान्ति तथ विश्व अग्रज दुव्यवहार जागरुकता दिवस ।
चन्द्रमा – उत्तर दिशामा ।
योगिनी – उत्तर दिशा ।
कालराहु – वायव्य दिशामा ।
दिशाशूल– पूर्वमा ।
राहुकाल – विहान ६ वजेर ५३ मिनेट देखि ८ वजेर ३७ मिनेट सम्म । अशुभ
यमघण्टा – विहानको १० वजेर २१ मिनेट देखि मध्य १२ वजेर ४ मिनेट सम्म । अशुभ
गुलीककाल– दिनको १ वजेर ४८ मिनेट देखि ३ वजेर ३२ मिनेट सम्म । सौम्य
अभिजितमुहूर्त – विहान ११ वजेर ३७ मिनेट देखि १२ वजेर ३२ मिनेट सम्म । शुभ

आज अग्नी जुरेको छ ।

मेष–(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
कार्य सम्पादनको लागि निकै मेहनत गर्नुपर्ने हुन्छ , गोचरमा द्वादश स्थानमा बसेको चन्द्रमाले शारीरिक सुखलाई बन्चित गराउने छ । नचोंचेको कार्यमा खर्च गर्नु पर्ला, यात्रामा झन्झट खेप्नु पर्ने हुन्छ । काम भन्दा सोंचाई अधिक हुनेछ, कार्ययोजनाहरू गोप्य राख्नु हितकर हुन्छ । प्रेममा भिन्नता पैदा होला, विद्यामा अरुचि पैदा हुनेछ, आजको दिन साबधानीले कदम राखेको वेश ।

वृष–(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)
आय आर्जनमा वृद्धि होला, नवीन कार्योजना बन्ने छन् । व्यापारका अनेक टेक्निकहरू मनमा पैदाहोला, सन्तानले मनप्रफुल्ल बानाई दिनेछन् । मित्रहरू सगँ हास्य परिहास्य हुनेछ, स्त्री पक्षबाट लाभको संकेत देखा पर्ला । तरल पदार्थबाट पूर्ण लाभ लिन सकिनेछ, पढाईमा मन जाला , प्रेम सम्बन्ध कसिलो बनेर जाला ।

मिथुन– (का,की,कू,घ,ङ,छ,के,को,हा)
राजकीय काम कार्यबाट सफलता मिल्नेछ, मुद्दा मामिलामा विजय हासिल होला । चुनौती पूर्णकार्य पनि सहजै पूर्ण गर्न सकिनेछ, स्वास्थ्य सही रहनेछ । नोकरीबाट लाभ लिन सकिनेछ, आजको दिन घरका सदस्य बीच सुखदुख साटा साट गरिनेछ । विद्या तथा प्रेममा सफलता मिल्नेछ । पिताको पैतृक चिजले लाभ लिन सकिनेछ ।

कर्कट– (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
पुराना रोकीएका सरकारीकाम बनाउन अतिनै मेहनत गर्नु पर्ला, व्यवसायले गति लिन नसक्दा आर्थिक चुनौतिको सामना गर्नु पर्ने सभवना हुन्छ । घरमा सना तिनाकुराहरूमा मतभेद पैदा हुने भएका कारण कमै बोल्नु वेश, स्वास्थ्यमा खर्च हुने योग देखिन्छ । उदर पीडाको सम्भावना भएकाले खानामा ख्याल गर्नु पर्ला, विद्यामा अरुचि, प्रेममा मन मुटाव होला ।

सिंह– (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
आज अष्टम भावमा गोचरगरेको चन्द्रमाले गर्दा चुनौतिको सामना गर्नु पर्ने हुन्छ, कुनै पनि नवीन काममा हातहाल्नु राम्रो हुँदैन । यात्राको सोंच छ भने लामोयात्रा नगरेको वेश, स्वास्थ्यमा अचानक खरावी आउन सक्छ । आलस्यले गर्दा काम अधुरो हुन सक्छ । पढ्नको लागि मन लगाउनु पर्ला, धोक दिने मान्छे देखि साबधान हुनुपर्ने छ ।

कन्या–(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)
धनलाभ होला, पति पत्नी बीच अतिमधुर सम्बन्ध होला । मानसिक शारीरिक सुखको अनुभूति होला, वाणिज्य व्यवसायबाट लाभ लिन सकिनेछ । स्वास्थ्यको समस्या हलहोला, समाजमा नाम चल्नेछ । वहान तथा चौपायाबाट लाभ होला, शैक्षिक क्षेत्रबाट प्रतिफल राम्रो आउनेछ । मायलुको साथले मन प्रफुल्ल बन्नेछ ।

तुला– (रा,री,रु,रे,रो,ता,ती,तू,त)
महिला साथीको सहयोगले महत्व पूर्णकाम बन्नेछ, धनको दिशामा गरिएको प्रयास सफल बन्नेछ । पुराना रोगहरू पनि नाश भएर जालान्, सवैको मन जित्न सकिनेछ, आतिथ्य ग्रहणको अवसर मिल्नेछ । परिवारमा खुशिको माहोल वन्नेछ, ज्ञान आर्जनगर्ने मौका प्राप्तहोला । विद्या तथा प्रेममा सफलता मिल्ला ।

वृश्चिक–(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
आजको दिन कार्य सम्पादनको लागि निकै चनाखो हुनुपर्ने छ , आफ्नो लापरवाहीले गर्दा हातमा आएको काम फुस्कन सक्नेछ । माया गरेकाहरूले मायाको मोल बुझ्ने छैनन्, छर छिमेकमा बोल्दा होस गरेर वोल्नु पर्नेछ अन्यथा बोलीको गलत अर्थलाग्नेछ । पद प्रतिष्ठामा आँच आउन सक्ला, अध्ययन अध्यापनमा ध्यानदिनु पर्ला ।

धनु– (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
स्वजन सँग विवाद आउन सक्ने भएका कारण आज विवाद नगरेको वेश, मन चित्त चञ्चल होला । पेट तथा छातीमा केही असजिलो महशुस हुनसक्छ, आजको दिन खानपानमा बिशेष ख्याल गर्नु पर्ने हुन्छ । पानी तथा स्त्री साथीबाट धोका हुन सक्छ सावधान रहनु राम्रो ।

मकर– (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
व्यवसायबाट फाइदा लिन सकिनेछ । वौद्धिक तथा लेखन क्षेत्रमा प्रगति गर्नु सकिनेछ । आफन्तबाट प्रसस्तमात्रमा सहयोग प्राप्त हुनेछ । अध्ययनको क्षेत्र सफल रहनेछ । नयाँ कामको सुरुवात गर्न आजको दिन राम्रो रहेको छ । कामहरु बन्दै जानेछन । मित्रहरू संग मिलनको योग छ । मीठो भोजन स्वाद लिन पाईनेछ ।

कुम्भ– (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
दूर दराजबाट अशुभ समाचार पनि आउन सक्नेछ । अध्ययनमा मन जानेछैन । अनावश्यक यात्राहरू हुनेछन् । व्यवसायमा घाटा होला । सकारी कामकार्यहरू अधुरा हुनेछन्, स्वास्थ्यमा नमी आउनेछ , प्रेममा असफता हात लाग्ला । शारीरिक समस्याले मनमा चिन्ता उत्पन्न हुनेछ । आफन्तहरूबाट असहयोग प्राप्त होला । धनक्षय हुनेछ ।

मीन–(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
मनमा हर्ष उल्लासको वृद्धि होला, गरेको कामले सहजै सफलताको तर्फ लैजानेछ । विगतमा गरेका कमजोरीहरूलाई चिर्दै अघिबढिनेछ, शारीरिक तथा मानसिकरूपमा अब्बल बनिनेछ । गरेको सामाजिक कामले आज सम्मानित स्थान दिलाउनेछ, धनलाभका श्रोत फेला पर्लान् । स्त्रीहरूको सहयोग मिल्नेछ, विद्यामा रुचि पैदा होला ।