आज मिति २०७७ आषाढ ४ गते बिहीवार तदनुसार १८ जून २०२० प्रमादीनाम संवत्सर रवि उत्तरायण, ग्रीष्मऋर्तु , आषाढकृष्णपक्ष, तिथिः–द्वादशी १० घडी १५ पला, विहान ९ वजेर १६ मिनेटसम्म, नक्षत्र– भरुणी ८ घडी ५९ पला, विहान ८ वजेर ४६ मिनेट सम्म, योग – सुकर्म, करण – तैतिल, आनन्दादियोग – पद्म, चन्द्रमा – मेष राशिमा ३ बजेर १८ मिनेट सम्म पश्चात् वृष राशिमा, सूर्य– मिथुन , बृहस्पति – मकर राशिमा, सूर्य उदय विहान ५ वजेर १० मिनेटमा, सूर्यास्त – सायं ७ वजेर ०० मिनेटमा ।
चन्द्रमा – पूर्व दिशामा दिनको ३ वजेर १८ मिनेट सम्म पश्चात् दक्षिण दिशामा ।
योगिनी –नैरित्य दिशा ।
कालराहु – दक्षिण दिशामा ।
दिशाशूल– दक्षिण दिशामा ।
आज–प्रदोषव्रत
राहुकाल – दिनको १ वजेर ४९ मिनेट देखि ३ वजेर ३३ मिनेट सम्म ।। अशुभ ।।
यमघण्टा – विहान ५ वजेर ९ मिनेट देखि ६ वजेर ५३ मिनेट सम्म ।। अशुभ ।।
गुलीककाल– विहान ८ वजेर ३७ मिनेट देखि १० वजेर २१ मिनेट सम्म ।। सौम्य ।।
अभिजितमुहूर्त – विहान ११ वजेर ३७ मिनेट देखि १२ वजेर ३३ मिनेट सम्म ।। शुभ ।।
मेष–(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
साना–तिना अल्झनहरू आफै सुल्झने छन्, आज दिनको ३ वजे सम्म गोचर लग्नमा बसेको चन्द्रमाको प्रभावले हजुरले गरेको कामको सवैले प्रशंसा गर्लान् । मान सम्मान प्राप्ति होला, रोकिएको धन हात पर्न सक्छ । पुत्र तथा पारिवारको सहयोग पाईएला । पढाई लेखाईमा मन जानेछ, मित्र हरूले साथ दिने छन्, व्यापारमा उन्नति होला ।३ वजे पछि विपरीत फल मिल्नेछ ।
वृष–(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)
दिनको ३ वजे सम्म शरीरमा आलश्यपन बढ्नेछ, मन दोधार होला । नेत्रमा समस्या देखा पर्नसक्छ, धनमान पद प्रतिष्ठामा आँच आउने काम नगर्नु वेश । शैक्षिकमार्ग असफल हुनसक्छ । यात्रा निर्थक रहला , विभिन्न अवसरले पछ्याए पनि समयमा निर्णय लिन नसक्नाले काममा पछि परिएला । वहान चलाउदा सावधानीले चलाउनु पर्नेछ । ३ वजे पछि राम्रो हुनेछ ।
मिथुन– (का,की,कू,घ,ङ,छ,के,को,हा)
आज दिनको ३ वजे सम्म आयस्थानमा गोचर गरेको चन्द्रमाले आय आर्जनमा वृद्धि गर्नेछ, रोकिएका जमीन सम्बन्धी कार्य अगाडि बढ्नेछ । नयाँ काम थालनीको अवसर खोजीहोला, घरमा खुशीको माहोल बन्नेछ । आफूभन्दा ठूला दाजुहरूको सहयोग पाउन सकिन्छ । विद्यामा सफला मिलेर जाला, प्रेममा खुशी मिल्नेछ । ३ वजे पछि भने केहि समस्या आदि आउन सक्नेछन् ।
कर्कट– (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
३ वजे सम्म कर्मस्थानमा गोचर गरेको चन्द्रमाले कर्ममा दृढताकासाथ लाग्ने प्रेणा प्रदान गर्दछ । नोकरी गर्नेहरूका लागि सुनौलो दिन रहेकोछ । राज्य तथा मुद्दा मामिलामा विजय मिल्नेछ , पैतृक सम्पत्तिको उपभोग गर्न पाईनेछ । हर्ष उल्लासमा वृद्धि होला, मान सम्मानमा वृद्धि होला । शिक्षामा मन जानेछ, ठूला सँग सहज सम्पर्क बढ्नेछ । ३ वजे पछि आयस्थान चन्द्रमा गोचर गर्ने र राम्रो फल दिने छन् ।
सिंह– (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
दिनको ३ वजे सम्म कामको लोडले थकानको महसुश होला, रोकिएका काम बनाउँनको लागि निकै दौड धुप गर्नु पर्ने हुन्छ । समाजमा गरेको सेवाको पनि गलत अर्थलगाउनेहरू भेटिएलान् । आफ्ना आफन्तहरू पनि परहुने छन्, आडम्बर देखाउने सँग बच्नुपर्छ । शैक्षिक कार्यमा अवरोध आउनेछ, प्रेममा खट–पट आउने सम्भावना छ । चन्द्रमाले घर परिर्वतन गर्नासाथ राम्रो फल आउनेछ दिनको ३ वजे पछि
कन्या–(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)
आठाैं भावमा गोचर गरेको चन्द्रमाले स्वास्थ्यमा केही समस्या पैदा हुनसक्छ । कार्य सफलताको लागि निकै संघर्ष पश्चात् केही सकारात्मका परिणाम आउला । मनमा भय तथा डर पैदा होला, खर्चमा निकै लगाम कस्नु पर्ला । यात्राको लागि सही समय छैन, आजको दिन नयाँ कामको थालनी नगर्नु होला । विद्या तथा प्रेममा असफलता हात आउनेछ ।दिनको ३ वजे पछि भने केहि राम्रा कार्यहरू होलान् ।
तुला– (रा,री,रु,रे,रो,ता,ती,तू,त)
आज३ वजे सम्म सातौं स्थानमा गोचर गरेको चन्द्रमाले सुख दिनेछ, आफन्तको सहयोग सद्भाव मिल्नेछ । जीवन साथीको प्रेमले गर्दा मन आनन्दको अनुभूति होला, छोंटो यात्रा गर्ने योग छ । चौपाया तथा वहानबाट लाभहुने दिन रहेकोछ । व्यावसायले राम्रो फल दिनेछ । समाजमा यश, कृति फैलिनेछ, पढाईमा मन लागेर जाने छ । ३ वजे पछि फलमा परिर्वतन हुनेछ विपरीत फल आउने छ ।
वृश्चिक–(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
विरोधीहरू परास्त होलान्, स्वास्थ्य स्व अुनूकुल रहनेछ । यशोआराममा वृद्धि होला , स्वास्थ्यमा सुधारहोला, फूर्ति बढ्नेछ । प्रेमीको सहयोग साथ मिल्ला, ठुला व्यक्ति सँग सम्पर्क बढ्नेछ । रोकिएको धन हात लाग्नेछ । विरोधीहरू आफ्ना बन्ने छन् । व्यापार वाट पर्याप्त लाभ होला कार्यमा प्रगति हुनेछ, सामाजिक कार्यमा मन जानेछ ।
धनु– (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
दिनको ३ वजे सम्म शरीरमा आलश्यपन बढ्नेछ, मन दोधार होला । स्वजनमा विवाद बढ्न सक्ने । प्रेममा असफलता हात लाग्न सक्छ । धन तथा मान क्षय हुनसक्ने भएका कारण विचार पु¥याउनु होला । सहयोगीले साथ दिने छैनन् , नवीन कार्ययोजना धरासायी बन्नेछ । मन भ्रमित रहला , पेटमा विकार पैदा हुनसक्छ । प्रेममा धोका हुन सक्छ । ३ वजे पछि राम्रो होला ।
मकर– (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
आज ३ वजे सम्म वुद्धिले काम लिनु राम्रो हुनेछ । आवेशमा आएर गरेको निर्णयले समस्या निम्त्याउन सक्छ । अनेकौ झंझट खेप्नु पर्ला, मन दोधार होला , पेटमा विकार पैदा हुनसक्छ । खान पिनमा ख्याल गर्नु पर्नेछ, श्वास प्रश्वास तथा छात्ती सम्बन्धी समस्या पैदाहुन सक्छ । परिस्थिति अनुसार चल्न नसक्दा समस्या वेहोर्नु पर्ला । ३ वजे पछि केहि फलमा अन्तर आउने छ ।
कुम्भ– (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
वैचारिक मार्ग सफल, लेखनको मार्ग राम्रो होला, उपाहार प्रप्ति होला, अभिष्टकार्य सहजै पुरागर्न सकिने छ । न्यायिक क्षेत्रमा सफलता हात लाग्ने छ । नोकरी तथा जागीर फदायी हुनेछ । भाइको सहयोले कार्यमा प्रगति होला, शहासिक कार्यमा हात हालिने छ । प्रेममा मिलनको सुख आउला, पठन–पाठन सुचारु नै रहला । ३ वजे पछि होश ले काम गर्नु होला ।
मीन–(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आज ३ वजे पछि भने राम्रो हुनेछ तर ३ वजे सम्म चुनौति पूर्णकाममा हात नहालेको राम्रो, अध्यान अध्यापनको मार्ग सन्तोष जनक नहोला । मानसिक असन्तोष तथा कुटुम्बीहरूनै विरोधी होलान् । आँखामा समस्या आउन सक्ला, खान–पिनमा ख्याल गर्नु पर्नेछ । कारोवारमा धोका हुन सक्ने भएका कारण चनाखो हुनुपर्नेछ । पढ्न आलस्य आउने छ ।