आज मिति २०७७ आषाढ ८ गते सोमवार तदनुसार 22 june 2020 प्रमादीनाम संवत्सर रवि उत्तरायण, ग्रीष्मऋर्तु , आषाढशुक्लपक्ष, तिथिः–प्रतिपदा १६ घडी ४० पला, बिहान ११ वजेर ५१ मिनेटसम्म, नक्षत्र– आद्र्रा २२ घडी ०३ पला, दिनको २ वजेर ०० मिनेट सम्म, योग – वृद्धि, करण – बव, आनन्दादियोग – काल, चन्द्रमा – मिथुन राशिमा, सूर्य– मिथुन , बृहस्पति – मकर राशिमा, सूर्य उदय विहान ५ वजेर १० मिनेटमा, सूर्यास्त – सायं ७ वजेर ०१ मिनेटमा ।
चन्द्रमा – पश्चिम दिशामा ।
योगिनी – पूर्व दिशा ।
कालराहु – वायव्य दिशामा ।
दिशाशूल– पूर्व दिशामा ।
राहुकाल – बिहान ६ वजेर ५४ मिनेट देखि ८ वजेर २८ मिनेट सम्म ।। अशुभ ।।
यमघण्टा – बिहान १० वजेर २२ मिनेट देखि १२ वजेर ०६ मिनेट सम्म ।। अशुभ ।।
गुलीककाल– दिनको १ वजेर ५० मिनेट देखि ३ वजेर ३४ मिनेट सम्म ।। सौम्य ।।
अभिजितमुहूर्त – बिहान ११ वजेर ३८ मिनेट देखि १२ वजेर ३४ मिनेट सम्म ।। शुभ ।।
मेष –चु,चे,चाे,ला,ली,लु,ले,लो,अ
व्यावसायले मन प्रसन्न बनाउनेछ, अचानक धनलाभ हुने योग छ । आजको दिन सुखद् तथा प्रेमिलरूपमा व्यतित गरिनेछ । विद्यार्थीहरूका लागि आजको दिन राम्रो रहेको छ । साथीभाइ सँगको मेल जोलले प्रशन्नतामा बृद्धि होला । धनको दिशामा गरिएको प्रयास सफल होला । आजको दिन हजुरको बिचार खेति गर्ने दिन रहेको छ, सार्वजनिक कार्यले समाजमा प्रतिष्ठित हुने अवसर जुट्ला । शाहासले गर्दा चुनौती पूर्ण पनि सहजै पुरागर्न सक्नुहुने छ ।
वृष ई,उ,ए,ओ,वा,वी,वु,वे,वो
अनावश्यकरूपमा खर्च हुनेछ । आजको दिन कसैलाई पनि कटुवचनको प्रयोग नगर्नु होला । आँखाको समस्याले सताउने छ । खानपानमा ख्याल गर्नुहोला । मानसिक कमजोरी अनुभव हुनेछ, स्त्रीहरू सगँ वाद विवाद हुने सम्भावना रहेकाले कमा वोल्नु राम्रो होला । पढाई लेखाइमा मन जाने छैन । व्यावसायमा मन्दी आउनेछ । साना कुरामा मनमुटाव हुनाले मनमा असन्तोष बढने छ । स्वास्थ्य सम्बन्धि केही अफ्ठेरो पर्न सक्ने देखिनेछ ।
मिथुन –का,की,कु,घ,ङ,छ,के,को,हा
मान सम्मान प्राप्ति हुने छ, पारिवारिक मेलजोलको सम्भावना छ । मिष्ठान्न भोजन प्राप्त हुने छ । अन्नलाभ हुनेछ । मनमा उठ्ने नकारात्मक विचारहरु समाप्त भएर जाने छन्, ठुला व्यक्ति सँग सम्पर्क बढेर जाला । शारीरिक तथा मानसिक रूपले तन्दुरुस्त अनुभव गरीएला । पद प्रतिष्ठामा बृद्धिले मन प्रशन्न होला, मित्र तथा पारिवरिक सदस्यहरू सँग आनन्दको समय व्यतित हुनेछ । काम गर्ने मन जागेर आउला, स्वास्थ्य राम्रो रहनेछ ।
कर्कट ही,हु,हे,हो,डा,डी,डु,डे,डो
आफन्त तथा प्रेमी संग बिछोड होला, शारीरिक समस्याले मनमा चिन्ता, आफन्तहरूबाट असहयोग प्राप्त हुने छ । अध्ययनमा मन जानेछैन । व्यावसायमा खासै प्रगति हुने छैन । खर्च नियन्त्रण गर्न सकिने छैन, अफवाह देखि टाढै रहन सके मानसिक शान्ति मिल्नेछ । यात्रा खर्चिलो हुनसक्छ सावधान हुनुपर्नेछ । आज तपाँईको मनमा डर त्रासले वासगर्ने सम्भावना छ, मान हानी हुनसक्छ अतः साबधान रहनुपर्ने हुन्छ ।
सिंह– मा,मी,मु,मे,मो,टा,टी,टु,टे
प्रतिस्पर्धा बढेपनि नयाँ कामको सुरुवाद गरिनेछ, बौद्धिक अथवा तार्किक चर्चामा भाग लिन सकिनेछ । पराक्रम बढनेछ । कामहरु बन्दै जानेछन् । मित्रहरु संग मिलनको योग छ । मीठो भोजन तथा धन प्राप्त हुनेछ । व्यवसायबाट फाइदा हुने दिनछ । धनलाभका मार्ग फेला पर्लान्, व्यवसायमा प्रगति होला, मनमा उत्साह, उमङ्ग बढ्नेछ, साहित्य तथा लेखन बिधामा लागेका हरूको लागि अतिनै राम्रो दिन रहन्छ ।
कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
रोकिएका कामहरू पुराहुनेछन् । तिव्रतापूर्वक काम गर्दा वेश हुनेछ । कर्मको फल प्राप्त हुनेछ । विद्यार्थी तथा व्यापारीहरूका लागि आजको दिन विशेष फलदायी रहनेछ । व्यावसायले सन्तोष दिनेछ , अरूको मन सहजै जित्न सकिने छ । उपाहर तथा सम्मान मिल्नेछ, शरीर फूर्तिलो होला, नवीन व्यवसाय सुरूगर्ने योजना वन्न सक्नेछ । भगवान प्रति भक्ति बढनेछ । मनले चिताएको काममा सफलता मिल्ने योग छ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
रोजगारी तथा व्यवसायबाट फाइदा हुनेछैन । पेटमा वायुविकार जन्य समस्या आउनेछ । खानपानमा विशेष सतर्कता अपनाउनु होला । मानसिक असन्तोष वढ्नेछ , कुटुम्बी हरु सगँ मत भेद पैदा होला , आँखा पोल्ने पीरो हुने समस्या आउने सम्भावना छ । खानपानमा विशेष ख्याल गनुपर्ने हुन्छ, पढ्न मनलाग्ने छैन । रोजगारी तथा व्यवसायमा घाटाहुन सक्नेछ । सरकारी काममा झमेला हुनेछ । सन्तानसंग मतभेद हुनेछ । यात्राको अवसर प्राप्त हुनेछ ।
वृश्चिक तो,ना,नी,नू,ने,नो,या,यी,यू
मन प्रसन्न रहने छैन । पेटजन्य रोगका कारण स्वास्थ्य खराव हुन सक्ने छ । मनमा चिन्ता बढने छ । आज नयाँ कामको थालनि नगरेकै राम्रो हुनेछ । आफ्ना आफन्त सँग सानो कुरामा मत भेद पैदा हुनसक्छ । वोलीको खासै प्रभाव नहुने भएका कारण कम वोलेको वेश, प्रेमीका सगँ मनमुटाव होला, विद्या तथा काममा मन नजाला ।
धनु ये,यो,भा,भी,भू,धा,फा,ढा,भे
साथी भाइसँग रमणीय स्थलको यात्रा गर्न सकिनेछ, बिद्यामा रुचि, दाजुभाईबाट सहयोग मिल्लनेछ । आर्थिक उन्नति तथा प्रगतिको योग रहेको छ । मान प्रतिष्ठा बढ्ने योग छ । व्यवसायबाट प्रसस्त आमदानी हुने दिन रहेको छ । पढाईमा सफलता मिल्ने दिन रहेको छ । पति पत्नीको बीचको सम्बन्धमा मधुरता आउनेछ, धन– धर्म कमाउने मौका आउनेछ, आजको दिन तँपाईले गरेका सामजिक योगदानको चर्चा चल्नेछ ।
मकर भो,जा,जी,खी,खु,खे,खो,गा,गी
पद तथा प्रतिष्ठामा बृद्धि सम्भव छ । आकस्मिक धनप्राप्तिको योग छ । यश प्राप्तहुनेछ । श्रीमती तथा प्रेमीकाबाट राम्रो सहयोग प्राप्त हुनेछ । स्वास्थ्य राम्रो रहने छ । मनले चिताएको काम पुरा हुनेछ । अध्ययन तथा व्यवसायिक क्षेत्र फलदायी रहेकाछन् । सानो प्रयासले पनि सहजै ठुलो कार्य पूराहोला , राज्य तथा राजकीय काममा सफलता मिल्नेछ । वाद बिवादमा सहजै विजय हासिल होला, धन र मानमा बृद्धि होला ।
कुम्भ गू,गे,गो,सा,सी,सु,से,सो,दा
मेहनतसाथ गरेको काम सफल हुनेछैन । यात्रा अर्थपूर्ण नहोला । मन अशान्त रहनेछ । धन तथा सामान हराउन सक्नेछ सजगता अपनाउनु होला । व्यापार व्यवसायबाट त्यति आम्दानीहुने छैन । सरकारी काम काजमा बिलम्बता आउने छ । आर्थिक कमजोरी आउला, पुत्र तथा आफन्तमा बिवाद होला । पढाई लेखाइमा मन जने छैन, उदरमा कुनै समस्या देखिन सक्छ ।
मीन –दी,दू,थ,झ,ञ,दे,दो,चा,ची
आज नयाँकामको थालनि नगरेको राम्रो होला । मन अस्थिर रहनेछ । काममा सफलता मिल्ने छैन । अध्ययन तथा वैतनिक क्षेत्र अशुभ रहने छ । आजको दिन ठुलो लगानि वाट वच्नु पर्ने हुन्छ । कार्यमा बिलम्बता आउनेछ, शरीरमा आलश्य बढ्नेछ । स्वास्थ्यमा बिषेश ध्यान दिनुपर्ने हुन्छ, क्रोधले गर्दा वनेको काममा अवरोध हुन सक्छ । कुनै पनि अनैतिक कामबाट परै रहनुपर्नेछ ।