आजकाे राशि । Aajako Rashifal । मिति २०७७ आषाढ २२ गते सोमवार तदनुसार 6 july 2020

663

ओमवाणी

आज मिति २०७७ आषाढ २२ गते सोमवार तदनुसार 6 july 2020 प्रमादीनाम संवत्सर रवि उत्तरायण, ग्रीष्मऋर्तु , श्रावणकृष्णपक्ष, तिथिः– प्रतिपदा १० घडी १० पला, बिहान ९ बजेर १९ मिनेटसम्म, नक्षत्र– उत्तरषाढा ४६ घडी ४९ पला, रात्रिः ११ बजेर ५९ मिनेट सम्म , योग – वैधृति, करण – तैतिल आनन्दादियोग – मृत्यु, चन्द्रमा– धनु राशिमा बिहान ५ बजेर ४२ मिनेट सम्म पश्चात् मकरमा, सूर्य– मिथुन राशिमा, बृहस्पति – मकर राशिमा, सूर्य उदय बिहान ५ बजेर १५ मिनेटमा, सूर्यास्त – सायं ७ बजेर ०१ मिनेटमा ।
चन्द्रमा – पूर्वमा बिहान ५ बजेर ४२ मिनेट सम्म पश्चात् दक्षिण दिशामा । 
योगिनी – पूर्व दिशा ।
कालराहु – वायव्य दिशामा ।
दिशाशूल– पूर्वमा दिशामा ।
राहुकाल – बिहान ६ बजेर ५८ मिनेटदेखि ८ बजेर ४२ मिनेट सम्म ।। अशुभ ।।
यमघण्टा – बिहान १० बजेर २५ मिनेटदेखि ३ वजेर ३५ मिनेट सम्म ।। अशुभ ।।
गुलीककाल– दिनको १ बजेर ५२ मिनेटदेखि ३ बजेर ३५ मिनेट सम्म ।। सौम्य ।।
अभिजितमुहूर्त – बिहान ११ बजेर ४० मिनेट देखि १२ बजेर ३६ मिनेट सम्म ।। शुभ ।।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आजको दिन चनाखो हुनुहोला, कार्यमा सोंचेको सफलता हासिल गर्न मेहनत गर्नु पर्ने देखिन्छ पेटको समस्याले सताउन सक्ने भएका कारण खान पिनमा ख्याल गर्नु पर्ने हुन्छ । खुट्टा तान्ने सँग साबधान हुनुपर्नेछ, विद्या तथा परिक्षामा सफलता मिल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ ।

वृष – (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)
आजको दिन हजुरको लागि मिश्रत रहनेछ, गर्मिले गर्दा शक्तिमा ह्रास भएको अनुभूत हुन सक्छ ख्याल गर्नुहोला । प्रेममा भने हल्का नोक झोक भएपनि अन्त्यमा खुशी मिल्नेछ । वौद्धिकतामा वृद्धि होला, विद्यामा रुचि जागे पनि अवसर भने मिल्ने छैन । घरका नजिकीकार्य गर्न सकिनेछ । आज परिवर सँग दिन विताउनु राम्रो ।

मिथुन – (का,की,कू,घ,ङ,छ,के,को,हा)
आज को दिन हजुरको लागि अलि संघर्ष पूर्ण देखिन्छ, आफ्ना नजिकीहरू सँग मत भेद पैदा हुनसक्छ । बोलीमा नियन्त्रण राख्नु होला, यात्राको लागि खासै राम्रो दिन रहेको छैन । अध्ययन अध्यापनमा खासै मन जाने छैन, स्वास्थ्य अनुकूल नरहला, लेन देनमा सावधानी अपनाउनु राम्रो हुन्छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

जीवन साथीको पूर्ण सहयोग पाईएला, वहानको सोंच बन्नेछ । व्यवसायको कार्यमा मेहनतका साथ लागेमा लाभ लिन सकिनेछ । आजको दिन खानपान रमाईलो रसमा व्यतित होला, धनको दिशा तर्फ उन्मुख हुने कार्य होला । विद्या तथा प्रेममा सफलता मिल्नेछ, लामो यात्रा भने नगरेको वेश ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
रोग, शोक समाप्त भएर जानेछ, मानिक रूपमा स्वस्थ भएको महशुस होला । धार्मिक तथा सामाजिक कार्यमा मन लाग्नेछ, आफ्ना परिजनको सहयोग पाईनेछ । नयाँ कार्ययोजनाहरू अगाडि आउनेछन्, शिक्षा प्रति लगाव बढ्नेछ । महिला साथीको सहयोग पाइनेछ, विरोधी हराएर जानेछन्, धनलाभ होला ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)
काममा सफलता मिल्नेछ, आजको दिन वाद विवादमा विजय मिल्नेछ । नयाँ कामको सुरुवाद गर्ने सोंच बन्नेछ । प्रेमीकाको सहयोग तथा साथ पाईने सभवना छ, लेखन तथा वौद्धिक क्षेत्रमा विकास होला । यात्रा अर्थ पूर्ण रहनेछ शारीरिक फूर्ति बढेर जानेछ । शैक्षिक क्षेत्र सफल रहनेछ, व्यावसायमा उन्नति होला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,त)
मनले सोंचेका कार्यहरू पूर्ण गर्न निकै कसी पर्ला, कमाईले खर्च थेग्न नसक्ला । यात्रा वाट लाभ लिन सकिने छैन, मानसिक चिन्ताले सताउनेछ । विद्यामा अरुचि, चित्त चञ्चल होला । आज वोलीमा नियन्त्रण गर्नु होला अन्यथा वाद–विवाद हुनेछ । जमिनबाट पूर्णलाभ लिन सकिने छैन ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
वित्तीय समस्याको हल हुनेछ, रोगनाश होला, समाजिक काममा मन जानेछ । वौद्धिक क्षमतामा वृद्धि होला , घरयासी कार्यमा खर्चको भने वृद्धि हुनेछ । प्रेमीले साथ दिनेछन्, सुखद समाचार सुन्नमा आउला, दाजुभाइको सहयोग पाईनेछ । पठन पाठनमा मनलागेर जाला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
स्वास्थ्यमा सुधार होला, सन्तानले सुख देलान् । धार्मिक कार्यमा मन जानेछ , गौरव तथा प्रतापको वृद्धि हुनेछ , विद्यामा मन जानेछ । तपाइले गरेको कामले सबैलाई प्रसन्नगर्न सक्नुहुनेछ । सरकारी कार्यवाट लाभ अभिष्टकार्य सिद्धि, वैचारिक मार्ग सफल ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
उपहार आदि मिल्नेछ, रोगबाट मुक्तिप्राप्त होला, आनन्दको अनुभूति हुनेछ । सोचेको काम वन्नाले मन प्रसन्न होला, छोटो दूरीको यात्रा लाभदायक हुनेछ । सह भोजको अवसर पनि मिल्न सक्नेछ । मानसिक सन्तोष होला , जीवन साथीको सहयोग भरपूर मिल्नेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
शरीरमा आलश्य छाउने, यात्रा लाभदायी नहुनसक्छ । कार्यमा विलम्बता आउनेछ, धनको अपव्य होला , चोटपटकको संभावना रहेकोले सावधानी अपनाउनु उत्तमहोला । प्रेममा सोंचेको सफलता हात लाग्ने छैन । स्त्री सुखमाकमी आउला, शरीरमा आलश्य पन बढ्नेछ, मन दोधार होला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
रमाइलो यात्रामा जाने अवसर प्राप्तहुनसक्नेछ । सामाजिक कार्यमा मन जानेछ । व्यापारबाट पर्याप्त लाभ होला मित्रबाट सहयोग प्राप्ति हुनेछ, हिम्मतमा वृद्धि होला । सानातिना अल्झनहरू आफै सुल्झने छन् । दाम्पत्य सुखहोला, प्रियजन सँगभेट होला । तपाँईको कार्य शैलीको सबैले तरिफ गर्लान् ।