ओमवाणी २८ असार
आज मिति २०७७ आषाढ २८ गते आइतवार तदनुसार 12 july 2020 प्रमादीनाम संवत्सर रवि उत्तरायण, ग्रीष्मऋर्तु , श्रावणकृष्णपक्ष, तिथिः– सप्तमी २३ घडी ५५ पला, दिनको २ बजेर ५२ मिनेटसम्म, नक्षत्र– उत्तरभाद्रपदा ७ घडी ५० पला, बिहान ८ बजेर २६ मिनेटसम्म , योग – अतिगण्ड, करण – बालव आनन्दादियोग – स्थिर, चन्द्रमा– मीन राशिमा, सूर्य– मिथुन राशिमा, बृहस्पति– मकर राशिमा, सूर्य उदय बिहान ५ बजेर १७ मिनेटमा, सूर्यास्त – सायं ७ बजेर ०० मिनेटमा ।
चन्द्रमा – उत्तर दिशामा ।
योगिनी – वायव्य दिशा ।
कालराहु – उत्तर दिशामा ।
दिशाशूल– पश्चिम दिशामा ।
राहुकाल – सायंकाल ५ बजेर १८ मिनेटदेखि बेलुकी ७ बजेर १ मिनेट सम्म ।। अशुभ ।।
यमघण्टा – दिनको १२ बजेर ९ मिनेटदेखि १ वजेर ५२ मिनेट सम्म ।। अशुभ ।।
गुलीककाल– दिनको ३ बजेर ३५ मिनेटदेखि सायं ५ बजेर १८ मिनेट सम्म ।। सौम्य ।।
अभिजितमुहूर्त – बिहान ११ बजेर ४२ मिनेट देखि १२ बजेर ३७ मिनेट सम्म ।। शुभ ।।
मेष–(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
पाप कर्म तिर मन लाग्ला, यात्रामा सावधान हुनु पर्ने छ । प्रेम सम्बन्ध चिसो होला , विद्यामा रुचि जाने छैन । रोग व्याधीले सताउला नसोंचेको रकम खर्च हुनसक्छ । कार्यमा सही दिशा समत्न नसकिएला । कामको लोडले थकानको महसुस होला ।
वृष–(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)
सहयोग सबैको पाईएला, सामाजिक प्रतिष्ठा बढेर जाला । प्रेमी प्रेमिकाको सम्बन्धमा मधुरता आउने छ । धेरैको मन जित्न सकिनेछ, आतिथ्य ग्रहणको अवसर मिल्नेछ । वित्तीय क्षेत्रको लगानीले राम्रो फल दिनेछ । वस्त्र तथा उपाहार मिल्ने सम्भावना रहेकोछ । मिष्ठान्न एवं स्वादिष्ट भोजन प्राप्तहोला हिम्मत र जागर बढ्नेछ ।
मिथुन– (का,की,कू,घ,ङ,छ,के,को,हा)
वाद विवादमा विजय हासिल होला , शरकारी काम कार्य सहजै पूराहोला , यात्रमामा आनन्दको अनुभूति होला । परिवारमा खुशीको माहोल वन्नेछ, ज्ञान आर्जनगर्ने मौका प्राप्तहोला । अध्यान अध्यापनमा सफलता मिल्लनेछ, अतिथिको आगमनले मनमा प्रसन्न हुनेछ । स्वास्थ्यमा सुधारहुनेछ । व्यावसायिक यात्रा सफल होला ।
कर्कट– (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
पुत्र पौत्र सुखमा कमि आउनेछ , छिमेकी सगँ सानो कुरामा मनमुटव हुनसक्छ वोल्दा ख्याल गरेर वोल्नु वेश हुन्छ ।सहयोगी भन्दा बिरोधीनै सवल हुनेछन् । आर्थिक कमजोरी आउनसक्नेछ, व्यावसायमा पनि सानातिना झमेला नआउला भन्नसकिन्न साबधानी अपनाउनु राम्रो ।
सिंह– (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
चोट पटकको भएले सताउने छ , लामो दूरीको यात्रा गर्ने हरूले माल समान हराउनसक्ने भएकाले चनाखो रहनु पर्ने छ ।धन आगमनको मार्ग अवरुद्ध होला, बिरोधीहरू सल्वलाउनेछन् । वैदेशिक मार्ग तथा घरेलु खर्चमा बृद्धि होला । पारिवारिक झमेलाले गर्दा काममा असजीलो महशुस होला ।
कन्या–(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)
रोकिएका काम सजिलै पुराहोला , मित्रवाट सहयोग प्राप्ति हुने, सामाजिक कार्यमा मन जानेछ । वाहान खरिदको लगि राम्रो दिन रहेको छ । पुरानो तथा पैतृक सम्पत्ति वाट लाभ प्राप्तहुनेछ , व्यापारले पर्याप्त लाभ देला, छोटों दूरीको यात्राले राम्रो फल दिनेछ ।
तुला– (रा,री,रु,रे,रो,ता,ती,तू,त)
प्रेममा सफलता, विद्यामा रुचि, जमीनको कारोवार तथा भूमिबाट लाभ मिल्लनेछ । साथी सँगको सामिप्ता अझै वढेर जाने छ । पुराना रोकिएका कामहरू सम्पादन होलान् ,स्वास्थ्थमा सुधार, फूर्ति बढ्नेछ । माताको सहयोग पाईनेछ,बिरोधीहरू परास्त हुनेछन् ।
वृश्चिक–(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
शरीरमा आलश्य बढ्नेछ । पठन पाठनमा रुचि जाने छैन, प्रेममा फाटो आउन सक्ने सम्भावना छ । गरेको श्रमको उचित मुल्याङ्कन नहोला,अरूको वुद्धिमालाग्नाले महत्वपूण कार्य एकातिर हुनसक्छ । व्यावसायले खासै राम्रो गति लिन नसक्ला, गरेको व्यवसाय बाट प्रसन्नता मिल्नेछैन ।
धनु– (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
भोज भतेरमा जाँदा खानपिनको विशेष ख्याल राख्नुपर्ने छ । स्वास्थमा नमी आउन सक्छ । साझेदारी काममा लगानिको लागि खासै राम्रो छैन । लेन– देनमा सावधान हुनुपर्नेछ, काममा जाँगर लाग्ने छैन । विरोधीको जाल साँचिमा पर्न सकिएला,बोलीमा नियन्त्रण राख्नुनै वेशहुनेछ ।
मकर– (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
घरयासी माल सामान जोडिनेछ । घरमा नवीन सदस्यको आगमनले खुशी छाउला , प्रसन्नताले दिन व्यतित हुनेछ ।अनेकौ राम्रा अवसरहरूले पच्छाउने छन् , जागीरबाट राम्रो हुनेछ, कामले सबैको मन मोहित गर्न सक्नुहुनेछ । व्यावसाय सन्तोष जनक होला, ।
कुम्भ– (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
पढाई लेखाईमा मन जाने छैन, नेत्र पीडाको अनुभूति हुनसक्ने । यात्रामा ब्यवधान आउन सक्नेछ । काममा अचानक कुनै झन्झट आइपर्ला , प्रवासमा खासै सुख मिल्ने छैन । स्वास्थ्य कमजोर हुनसक्छ, संकलन गरेको सम्पत्तिखर्च होला,गरेको कामले सन्तुष्टि नहोला ।
मीन–(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
मान सम्मान पाईएला, प्रेममा सफलता हात लाग्ला । जीवन साथीको भरपूर सहयोग प्राप्त होला, काममा मन लाग्नेछ ।मान सम्मान वढ्नेछ , सामाजिककाममा समय लगाउँनाले सबैको मन जित्न सकिन्छ । कुटुम्बको आगमनले मन प्रसन्न रहला ।