आजकाे राशिफल ।Aajako Rashifal ।मिति २०७७ आषाढ २९ गते सोमवार तदनुसार 13 july 2020

470

ओमवाणी असार २९

आज मिति २०७७ आषाढ २९ गते सोमवार तदनुसार 13 july 2020 प्रमादीनाम संवत्सर रवि उत्तरायण, ग्रीष्मऋर्तु , श्रावणकृष्णपक्ष, तिथिः– अष्टमी २८ घडी ५५ पला, अपराह्न्न ४ बजेर ५२ मिनेटसम्म, नक्षत्र– रेवती १४ घडी २० पला, बिहान ११ बजेर ०२ मिनेटसम्म , योग – सुकर्म, करण – तैतिल आनन्दादियोग – मातङ्ग, चन्द्रमा– मीन राशिमा बिहान ११ बजेर ०२ मिनेट सम्म पश्चात् मेष राशिमा, सूर्य– मिथुन राशिमा, बृहस्पति– मकर राशिमा, सूर्य उदय बिहान ५ बजेर १८ मिनेटमा, सूर्यास्त – सायं ७ बजेर ०० मिनेटमा ।
चन्द्रमा – उत्तर दिशामा बिहान ११ बजेर ०२ मिनेट सम्म पश्चात् पूर्वमा । 
योगिनी – ईशान्य दिशा ।
कालराहु – वायव्य दिशामा ।
दिशाशूल– पूर्व दिशामा ।
राहुकाल – बिहान ७ बजेर ०१ मिनेटदेखि ८ बजेर ४४ मिनेट सम्म ।। अशुभ ।।
यमघण्टा – बिहान १० बजेर २७ मिनेटदेखि १२ वजेर ०९ मिनेट सम्म ।। अशुभ ।।
गुलीककाल– दिनको १ बजेर ५२ मिनेटदेखि ३ बजेर ३५ मिनेट सम्म ।। सौम्य ।।
अभिजितमुहूर्त – बिहान ११ बजेर ४२ मिनेट देखि १२ बजेर ३७ मिनेट सम्म ।। शुभ ।।

मेष–(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
कार्यमा सही दिशा समत्न नसकिएला । कामको लोडले थकानको महसुस होला । पाप कर्म तिर मन लाग्ला, यात्रामा सावधान हुनु पर्ने छ । दिउँसो तिरबाट भने आफन्तको सहयोग पाईनेछ , कार्यमा गति लिन सकिएला । समय अनुकूल रहनेछ ।

वृष–(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)
गरेको मेहनतको प्रतिफल आफ्नो अनुकूल हुनेछ, वस्त्र तथा उपाहार मिल्ने सम्भावना रहेकोछ । हिम्मत र जागरले सफलता तिर लम्कन सकिनेछ । सहयोग सबैको पाईएला, सामाजिक प्रतिष्ठा बढेर जाला । दिउँसो तिर भने अनुकूल फल मिल्ने छैन साबधान हुनु पर्छ , अरुको भरमा पर्नु हुदैन ।

मिथुन– (का,की,कू,घ,ङ,छ,के,को,हा)
आजको दिन तपाईंको आफ्नो अनकूलको रहनेछ , अतिथिको आगमनले मनमा प्रसन्न हुनेछ, अध्यान अध्यापनमा सफलता मिल्लनेछ । सरकारी काम कार्य सहजै पूराहोला , यात्रमामा आनन्दको अनुभूति होला । परिवारमा खुशीको माहोल वन्नेछ, ज्ञान आर्जनगर्ने मौका प्राप्तहोला ।

कर्कट– (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
विबाद परेता पनि जित आफ्नै हुनेछ , सामाजिक जिम्मेबारी लाईलाग्ला , दिउँसोको समयमा भने पुरान रोकिएका कार्यहरू तिब्ररूपले अगाडि बढ्ने छन्, सबैको सहयोगले गर्द मन प्रफुल्ल हुनेछ नयाँ कार्ययोजनाहरू निर्माण हुनेछ । सहयोगीहरूको तदारुकताले गर्दा बिरोधी पछि पर्ने छन् ।

सिंह– (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
घरेलु खर्चमा बृद्धि होला, पारिवारिक झमेलाले गर्दा काममा असजीलो महशुस होला । धन आगमनको मार्ग अवरुद्ध होला, बिरोधीहरू सल्वलाउनेछन् । दिउँसो तिर भने आफ्नो कार्य शैलीले गर्दा सबैको मन आकर्षित गर्न सकिनेछ, आय आर्जनका मार्गहरू फेला पर्नेछन् ।

कन्या–(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)
पुराना प्रेमी मित्रहरू भेटिनेछन् , सामाजिक कार्यमा माजानेछ । पुरानो तथा पैतृक सम्पत्ति वाट लाभ प्राप्तहुनेछ , व्यापारले पर्याप्त लाभ देला, छोटों दूरीको यात्राले राम्रो फल दिनेछ । दिनको समयमा भने गरेका कामले विपरीत फल दिनेछन्, खान पनमा ख्याल राख्नुहोला अन्यथा स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्छ ।

तुला– (रा,री,रु,रे,रो,ता,ती,तू,त)
उद्यमले गर्दा सफलता पाउँन सहज होला, पुराना रोकिएका कामहरू अघि बढ्नेछन् । ,स्वास्थ्थमा सुधार तथा फूर्ति बढ्नेछ । बिरोधीहरू परास्त हुनेछन् , प्रेममा सफलता, विद्यामा रुचि, जमीनको कारोवार तथा भूमिबाट लाभ मिल्लनेछ । साथी सँगको सामिप्ता अझै वढेर जाने छ ।

वृश्चिक–(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
तपाईंले गरेको श्रमको फाईदा अरूले लिन सक्नेछन् आफ्नो बुद्धिले जोगीबन्नु वेश तर अरूको वुद्धिमालाग्नाले महत्वपूण कार्य एकातिर हुनसक्छ । दिउँसो पछि भने व्यावसायले राम्रो गति लिन सक्ला, गरेकोकामले शिखरमा पुग्न सहउोग गर्ने छ । शरीरमा आलश्य हटेर जाला । पठन पाठनमा रुचि जाग्नेछ ।

धनु– (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
साझेदारी काममा लगानिको लागि खासै राम्रो छैन । लेन– देनमा सावधान हुनुपर्नेछ, काममा जाँगर लाग्ने छैन । विरोधीको जाल साँचिमा पर्न सकिएला,बोलीमा नियन्त्रण राख्नुनै वेशहुनेछ । भोज भतेरमा जाँदा खानपिनको विशेष ख्याल राख्नुपर्ने छ । स्वास्थमा नमी आउन सक्छ ।

मकर– (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
अनेकौ राम्रा अवसरहरूले पच्छाउने छन् , जागीरबाट राम्रो हुनेछ, कामले सबैको मन मोहित गर्न सक्नुहुनेछ । व्यावसाय सन्तोष जनक होला, घरमा नवीन सदस्यको आगमनले खुशी छाउला । दिउँसो पछि भने घरयासी माल सामान खर्च बढ्नेछ ।अरुको बाटो हेर्दा हेर्दा हेर्दै काम रोकिन्छ ।

कुम्भ– (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
संकलन गरेको सम्पत्तिखर्च होला,गरेको कामले सन्तुष्टि नहोला, काममा अचानक कुनै झन्झट आइपर्ला , प्रवासमा खासै सुख मिल्ने छैन । स्वास्थ्य कमजोर हुनसक्छ । मध्य दिन पछि भने अचानक कामहरू सफल हुनेछन् राम्रो समय आउनेछ । पढाई लेखाईमा मन जाने छ ।

मीन–(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
धेरै हतार नर्गनुनै राम्रो हुन्छ । फाईदा लिन धेरै हतार नर्गनुहोला । आज हजुरका ईष्र्या गर्ने हरूबढ्नेछन् मेरो काम अरुले गरिदिन्छ भनेर मुख ताक्नु हँुदैन । सामाजिककाममा समय लगाउँनाले सबैको मन जित्न सकिन्छ । काममा मन लगाउनु पर्ने छ ।