आजकाे राशिफल, मिति २०७७ श्रावण ६ गते मंगलवार Aajako Rashifal 21 july 2020

512

आजको पात्रो
आज मिति २०७७ श्रावण ६ गते मंगलवार तदनुसार 21 july 2020प्रमादीनाम संवत्सर रवि दक्षिणायन, वर्षार्तुः, श्रावणशुक्लपक्ष, तिथिः– प्रतिपदा ४० घडी ५३ पला, साँझः ९ बजेर ४३ मिनेटसम्म, नक्षत्र– तिष्य ४० घडी ४३ पला, साँझ ९ बजेर २९ मिनेट सम्म , योग – वज्र , करण – किंस्तुघ्न आनन्दादियोग – प्रवद्र्धन, चन्द्रमा– कर्कट राशिमा, सूर्य– कर्कट राशिमा, बृहस्पति– धनु राशिमा, सूर्य उदय बिहान ५ बजेर २२ मिनेटमा, सूर्यास्त – सायं ६ बजेर ५७ मिनेटमा ।
दिनमान ३३ घडी ५८ पला ।
चन्द्रमा – उत्तर दिशामा ।
योगिनी – पूर्व दिशा ।
कालराहु – पश्चिम दिशामा ।
दिशाशूल– उत्तर दिशामा ।
राहुकाल – दिनको ३ बजेर ३४ मिनेटदेखि सायं ५ बजेर १६ मिनेट सम्म ।। अशुभ ।।
यमघण्टा – बिहान ८ बजेर ४६ मिनेटदेखि १० वजेर २८ मिनेट सम्म ।। अशुभ ।।
गुलीककाल– दिनको १२ बजेर १० मिनेटदेखि १ बजेर ५२ मिनेट सम्म ।। सौम्य ।।
अभिजितमुहूर्त – बिहान ११ बजेर ४३ मिनेट देखि १२ बजेर ३७ मिनेट सम्म ।। शुभ ।।

मेष–(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
प्रेमकोबाटो बन्दहुने सम्भावना छ , अनेकौ झंझट खेप्नु पर्ला, मन दोधार होला , पेटमा विकार पैदा हुनसक्छ । बुद्धिले काम लिनु राम्रो हुनेछ । आवेशमा आएर गरेको निर्णयले समस्या निम्त्याउन सक्छ ।

वृष–(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)
सरकारीकाम अविलम्ब पुराहोला, कार्यमा प्रगति हुनेछ, सामाजिक कार्यमा मन जानेछ । भाग्यले साथ दिनेछ , बिरोधीहरू पछि पर्ने छन् । स्त्रीको सहयोग तथा सुख मिल्ने छ भने स्त्री हरुका लागि पुरुषको सहयोग प्राप्ति होला ।

मिथुन– (का,की,कू,घ,ङ,छ,के,को,हा)
चुनौति पूर्णकाममा हातनहालेको राम्रो, अध्यान अध्यापनको मार्ग असफल होला । मानसिक असन्तोष तथा कुटुम्बिहरू विरोधि होलान् । आँखामा समस्या आउन सक्ला, खानपिनमा ख्याल गर्नु पर्नेछ ।

कर्कट– (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
न्यायिक क्षेत्रमा सफलता हात लाग्ने छ । नोकरी तथा जागीर फदायी हुनेछ । उपाहार प्रप्ति होला, अभिष्टकार्य सहजै पुरागर्न सकिने छ । बैचारिक मार्ग सफल तथा लेखनको मार्ग राम्रो होला ।

सिंह– (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
प्रेममा असफलता हात लाग्न सक्छ । शैक्षिकमार्ग असफल हुनसक्छ । शरीरमा आलश्यपन बढ्नेछ, मन दोधार होला । नेत्रमा समस्या देखा पर्नसक्छ, धन,मान, पद– प्रतिष्ठामा आँचआउने काम नगर्नु वेश । आफ्नासँग बिवाद बढ्न सक्ने ।

कन्या–(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)
मित्रहरूले साथ दिने छन्, व्यापारमा उन्नति होला । अध्यन अध्यापनका मार्ग सफल होला, व्यावसायको दिशामा गरिएको प्रयास सफल होला । आनन्दको अनुभूति होला, दिन राम्रो व्यतित होला ।

तुला– (रा,री,रु,रे,रो,ता,ती,तू,त)
सानातिना अल्झनहरू आफै सुल्झने छन्, तपाईंको कामको सवैले प्रशंसा गर्लान् । मान सम्मान प्राप्तिहोला, रोकिएको धन हात पर्न सक्छ । पुत्रको सहयोग साथ पाईएला, ।

वृश्चिक–(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
शरीरमा आलश्य पन बढ्नेछ, मन दोधार होला । आकस्मिक समस्याले शरीरमा कमजोरी आउन सक्छ । सरकारी काममा विलम्बता आउला, वाद विवादमा पर्न सकिने छ ।

धनु– (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
मान्य जनको मन जित्ने प्रयास गर्नु पर्ने हुन्छ । वाद–विवादमा पर्न सकिन्छ कमबोल्दा राम्रो, अचानक खर्च हुनसक्छ । परिस्थिति अनुसार चल्न नसक्दा समस्या बेहोर्नु पर्ला । खान पिनमा ख्याल गर्नु पर्नेछ, श्वास–प्रश्वास तथा छात्ती सम्वन्धी समस्या पैदाहुन सक्छ ।

मकर– (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
नजीकको यात्रा लाभदायी रहनेछ । भोज, तथा माङ्गलिक कार्यमा सरिक भईएला । पशुचौपाया तथा कृषिगर्नेहरूको राम्रो दिन रहेको छ । धनको दिशामा गरिएको प्रयास सफल होला , वाणिज्य तथा व्यावसायमा लाग्नेहरूका लागि लाभ होला ।

कुम्भ– (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
विरोधीहरुको मनजित्न सकिएला । घरयासी समस्याहरू सुल्झेर जानेछन् । खर्चमा भने नियन्त्रण गर्नु पर्ने हुन्छ । कार्यमा जोस जाँगर बढेर जाला । आउनुपर्ने धन हातमा आउने सभावना छ ।

मीन–(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
मनमा अशान्तिले वास गर्ला, वहान चलाउँदा साबधानीले चलाउनु वेश हुनेछ, विद्यामा रुचि नजाला । यात्रा निर्थक रहला , विभिन्न अवसरले पछ्याए पनि समयमा निर्णय लिन नसक्नाले काममा पछि परिएला ।

#आजकाे राशिफल