आजकोपात्रो
आज मिति २०७७ श्रावण ११ गते आइतवार तदनुसार 26 july 2020 प्रमादीनाम संवत्सर रविः दक्षिणायण, वर्षर्तुः , श्रावणशुक्लपक्ष, तिथिः– षष्ठी १५ घडी ५१ पला, बिहान ११ बजेर ४५ मिनेटसम्म, नक्षत्र– हस्ता २५ घडी २२ पला, दिनको ३ बजेर ३३ मिनेटसम्म , योग – शिव, करण – गर आनन्दादियोग – मानस, चन्द्रमा– कन्या राशिमा, सूर्य– कर्कट राशिमा, बृहस्पति– धनु राशिमा, सूर्य उदय बिहान ५ बजेर २४ मिनेटमा, सूर्यास्त – सायं ६ बजेर ५५ मिनेटमा ।
दिनमान– ३३ घडी ४५ पला ।
चन्द्रमा – दक्षिण दिशामा ।
योगिनी – पश्चिम दिशा ।
कालराहु – उत्तर दिशामा ।
दिशाशूल– पश्चिम दिशामा ।
राहुकाल – सायं ०५ बजेर १४ मिनेटदेखि ०६ बजेर ५५ मिनेट सम्म ।। अशुभ ।।
यमघण्टा – दिनको १२ बजेर १० मिनेटदेखि दिनको ०१ वजेर ५५ मिनेट सम्म ।। अशुभ ।।
गुलीककाल– दिनको ०३ बजेर ३३ मिनेटदेखि ०५ बजेर १४ मिनेट सम्म ।। सौम्य ।।
अभिजितमुहूर्त – बिहान ११ बजेर ४३ मिनेट देखि १२ बजेर ३७ मिनेट सम्म ।। शुभ ।।
राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
मिष्ठान भोजन प्राप्ति होला यात्राले लाभ देला, पठनपाठनमा रुचि जाला । मानसिक शान्ति मिल्नेछ, कुटुम्बको सहयोग होला ।
वृष – (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)
बन्धु बान्धवको सहयोग मिल्नेछ , प्रेममा सफलता हात लाग्नेछ । धन आगमनका श्रोत फेला पर्ने छन् , स्वास्थ्यमा लाभ होला ।
मिथुन – (का,की,कू,घ,ङ,छ,के,को,हा)
मन चञ्चल होला, स्त्री सुखमा कमी आउला पठनपाठन मार्ग अधुरा । स्वजनको विवाद चुलिन सक्छ , वोलीको गलत अर्थलाग्ने छ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
घरपरिवारमा खुसीको महोल वन्नेछ , रोगवाट मुक्ति मिल्नेछ । हिम्मत तथा जोश जाँगर बढेर जाला, उपाहर मिल्नेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
व्यापरमा वृद्धि हुनेछ , प्रेम तथा विद्याको मार्ग सफल होला । अभिष्टकार्य सिद्धि होला , वनाएका योजनाहरू कार्यनयन होला ।
कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)
साथीभाइ सँग हास्य परिहास्यमा हुनेछ । तरल पदार्थले लाभ मिल्नेछ । आय आर्जनमा वृद्धि हुनेछ, व्यापारवाट भरपूर लाभ लिन सकिने छ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,त)
यात्रा वाट लाभलिन सकिने छैन, मानसिक चिन्ताले सताउनेछ । विद्यामा अरुचि । शारीरिक पीडाले सताउला , कमाई भन्दा खर्च अधिक होला ।
वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
विरोधी पछि पर्ने छन्, पुत्र–पौत्र सन्ततिबाट सन्तोष मिल्नेछ । वाद विवदमा विजय मिल्ला , सरकारी काम कार्य सहजै पूरा होलन् ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
बौद्धिक क्षमतामा वृद्धि होला , घरयासी कार्यमा खर्चको भने वृद्धि हुनेछ । वित्तीय समस्याको हल हुनेछ, रोगनाश होला, समाजिक काममा मन जानेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
साथीभाइ संग रमाईलो यात्रा हुनसक्नेछ , सवारीसाधन तथा पशुचौपाय वाट लाभ हुनेछ । धनलाभको मार्ग फेला पर्नेछ, छोटोदूरीको यात्राले सुख देला ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
आपसी विवादले सताउला, विद्यामा रुचि जानेछैन । पाचन प्रकृया कमजोर वन्नेछ, खान पिनमा ख्याल गर्नुपर्ने हुन्छ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
धार्मिक कार्यमा मन जानेछ , गौरव तथा प्रतापको वृद्धि हुनेछ , विद्यामा मन जानेछ ।स्वास्थ्यमा सुधार होला, सन्तानले सुख देलान् ।