आजको पात्रो
आज मिति २०७७ श्रावण १५ गते बिहीवार तदनुसार 30 july 2020 प्रमादीनाम संवत्सर रवि दक्षिणायन, वर्षार्तुः, श्रावणशुक्लपक्ष, तिथिः– एकादशी ४७ घडी २३ पला, रात्रिःः १२ बजेर २४ मिनेटसम्म पश्चात् द्वादशी, नक्षत्र– अनुराधा ०९ घडी ५९ पला, बिहान ०९ बजेर २६ मिनेट सम्म , योग – ब्रह्म , करण – वणिज आनन्दादियोग – आनन्द, चन्द्रमा– वृश्चिक राशिमा, सूर्य– कर्कट राशिमा, बृहस्पति– धनु राशिमा, सूर्य उदय बिहान ५ बजेर २७ मिनेटमा, सूर्यास्त – सायं ६ बजेर ५२ मिनेटमा ।
दिनमान ३३ घडी ३४ पला ।
आज एकादशीव्रत ।
चन्द्रमा – उत्तर दिशामा ।
योगिनी – आग्नेय दिशा ।
कालराहु – दक्षिण दिशामा ।
दिशाशूल– दक्षिण दिशामा ।
राहुकाल – दिनको ०१ बजेर ५१ मिनेटदेखि ०३ बजेर ३१ मिनेट सम्म ।। अशुभ ।।
यमघण्टा – बिहान ०५ बजेर २७ मिनेटदेखि ०७ वजेर ०८ मिनेट सम्म ।। अशुभ ।।
गुलीककाल– बिहान ०८ बजेर ४९ मिनेटदेखि १० बजेर २९ मिनेट सम्म ।। सौम्य ।।
अभिजितमुहूर्त – बिहान ११ बजेर ४३ मिनेट देखि १२ बजेर ३७ मिनेट सम्म ।। शुभ ।।
राशिफल
मेष – (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आजको दिन ठूलो लगानीबाट बच्नु पर्ने हुन्छ । कार्यमा बिलम्बता आउनेछ, शरीरमा आलश्य बढ्नेछ । स्वास्थ्यमा विषेश ध्यान दिनुपर्ने हुन्छ, क्रोधले गर्दा वनेको काममा अवरोध हुन सक्छ । कफ, वातका रोगीहरूलाई राम्रो दिन छैन, कुनै पनि अनैतिक कामबाट परै रहनुपर्नेछ ।
वृष – (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)
साथीभाइ सँगको मेल जोलले प्रशन्नतामा बृद्धिहोला । धनको दिशामा गरिएको प्रयास सफल होला । आजको दिन हजुरको बिचार खेति गर्ने दिन रहेको छ , सार्वजनिक कार्यले समाजमा प्रतिष्ठित हुने अवसर जुट्ला । शाहासले गर्दा चुनौती पूर्ण पनि सहजै पुरागर्न सक्नुहुने छ ।
मिथुन – (का,की,कू,घ,ङ,छ,के,को,हा)
बोलीको प्रभाव बढेर जाला । बिद्यामा रुचि बढेर जाला, आर्थिक कमजोरी दूरहोला । आज पारिवारिक मेल जोल तथा आनन्दमा समय व्यतित गरिनेछ , व्यपारको लागि अतिनै उत्तम दिन रहनेछ । स्वजनको सहयोगले गर्दा महत्व पूर्ण सफलता हात लाग्ला ।
कर्कट – (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
शैक्षिक योग्यतामा निखार आउनेछ, कागजीकाम गर्ने हरूको लागि राम्रो दिन रहेको छ । प्रेममा देखावटी गर्ने हरु सँग साबधान रहनु राम्रो हुन्छ । धार्मिक तथा मांगलिक कार्यमा सरिक भइएला । पुत्र पौत्रको सहयोग तथा सुख मिल्नेछ , साथीभाइ सँग रामाईलो गरिनेछ , मिष्ठान भोजनको अवसर जुट्नसक्छ ।
सिंह – (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
मानसिक कमजोरी अनुभव हुनेछ, स्त्रीहरूसँँग वाद विवाद हुने सम्भावना रहेकाले कमा वोल्नु राम्रो होला । पढाई लेखाईमा मन जने छैन । व्यावसायमा मन्दी आउनेछ । आज फूर्ति तथा तेजको कमी महशुस होला, आमाको स्वास्थ्यमा प्रतिकूल असर आउन सक्छ ।
कन्या – (टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)
धनलाभका मार्ग फेला पर्लान्, व्यवसायमा प्रगति होला, मनमा उत्साह, उमङ्ग बढ्नेछ, साहित्य तथा लेखन बिधामा लागेका हरूको लागि अतिनै राम्रो दिन रहन्छ । प्रतिस्पर्धा बढेपनि नयाँ कामको सुरुवाद गरिनेछ, बौद्धिक अथवा तार्किक चर्चामा भाग लिन सकिनेछ ।
तुला – (रा,री,रु,रे,रो,ता,ती,तू,त)
जागीरमा भने प्रमोसन तथा यश प्राप्त हुनेछ । मन प्रशन्न रहनेछ । कला तथा गला धनीहरुका लागि सुनौलो अवसर आउनेछ । आजकोदिन हजुरले स्थिर भएर काम गर्नु पर्ने छ, यात्राको आयोजन गर्दै हुनुहुन्छ भने सावधान हुनुहोला ।
वृश्चिक – (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
मनमा उठ्ने नकारात्मक विचारहरु समाप्त भएर जाने छन् , ठूला व्यक्ति सँग सम्पर्क बढेर जाला ।शारीरिक तथा मानसिक रूपले तन्दुरुस्त अनुभव गरीएला । पद प्रतिष्ठामा बृद्धिले मन प्रशन्न होला, मित्र तथा पारिवरिक सदस्यहरु सँग आनन्दको समय व्यतित हुनेछ ।
धनु – (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
खर्च नियन्त्रण गर्न सकिने छैन, अफवाह देखि टाढै रहन सके मानसिक शान्ति मिल्नेछ । यात्रा खर्चिलो हुनसक्छ सावधान हुनुपर्नेछ । आज तपाईंको मनमा डर त्रासले बासगर्ने सम्भावना छ, मान हानी हुनसक्छ अतः साबधान रहनुपर्ने हुन्छ ।
मकर – (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
पति पत्नीको बीचको सम्बन्धमा मधुरता आउनेछ, धन– धर्म कमाउने मौका आउनेछ , आजको दिन तपाईंले गरेका सामाजिक योगदानकोे चर्चा चल्नेछ । साथी भाइसँग रमणीय स्थलको यात्रा गर्न सकिनेछ, विद्यामा रुचि, दाजुभाइबाट सहयोग मिल्लनेछ ।
कुम्भ – (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
पिता तथा पैतृक सम्पत्तिबाट लाभ लिन सकिन्छ, परिवारमा खुशीको माहालोल वन्नेछ । सामाजिक कार्यमा मन जानेछ । व्यापारी तथा जागिर गर्नेहरूका लागि आजको दिनले सफलता दिनेछ, पूर्व सञ्चित योजनाहरू कार्यन्वयन हुनेछन् ।
मीन – (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
धार्मिक यात्रा गर्ने मानसिकता पैदा होला विद्या तथा प्रेममार्ग सफल । आजको दिन तपाईंले नयाँकामको थालनी गर्ने दिन रहेकोछ, सहकर्मीहरूको सहयोग भरपूररूपमा पाइनेछ । शुभ समाचार आउनेछ, गरेको व्यवसायले प्रशन्नता बढउनेछ ।
#आजकाेराशिफल