आजकोपात्रो
आज मिति २०७७ श्रावण २० गते मंगलवार तदनुसार 04 August 2020 प्रमादीनाम संवत्सर रविः दक्षिणायण, वर्षर्तुः , भाद्रकृष्णपक्ष, तिथिः– प्रतिपदा ३८ घडी २३ पला, साँझ ०८ बजेर ५० मिनेटसम्म पश्चात् द्वितीया , नक्षत्र– श्रवण ०७ घडी ०६ पला, बिहान ०८ बजेर २० मिनेटसम्म , योग – आयुष्मान, करण – बालव, आनन्दादियोग – लुम्ब, चन्द्रमा– मकर राशिमा साँझ ८ बजेर ५१ सम्म, सूर्य– कर्कट राशिमा, बृहस्पति– धनु राशिमा, सूर्य उदय बिहान ५ बजेर २९ मिनेटमा, सूर्यास्त – सायं ६ बजेर ४९ मिनेटमा ।
आज – गाईजात्रा ,
दिनमान– ३३ घडी १९ पला ।
चन्द्रमा – दक्षिण दिशामा साँझ ८ बजेर ५१ सम्म।
योगिनी – पूर्व दिशामा ।
कालराहु – पश्चिम दिशामा ।
दिशाशूल– उत्तर दिशामा ।
राहुकाल – दिनकाे ०३ बजेर ३० मिनेटदेखि सायं ०५ बजेर १० मिनेट सम्म ।। अशुभ ।।
यमघण्टा – बिहान ०८ बजेर ५० मिनेटदेखि १० वजेर ३० मिनेट सम्म ।। अशुभ ।।
गुलीककाल– दिनको १२ बजेर १० मिनेटदेखि ०१ बजेर ५० मिनेट सम्म ।। सौम्य ।।
अभिजितमुहूर्त – बिहान ११ बजेर ४३ मिनेट देखि १२ बजेर ३६ मिनेट सम्म ।। शुभ ।।
मेष–(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
पितृ सुख मिल्नेछ, पारिवारिक समस्या समाधान हुनेछ । मान सम्मान वढेर जाला । हाकिमहरु आफ्नो अनकुल रहनेछन् व्यापारिक प्रयोजनले यात्रा हुन सक्नेछ । परिवरमा खुशीको माहोल वन्नेछ । न्यायमार्ग सफल रहला, रोकिएको धन माल हातलाग्ने छ । व्यवसायबाट अनकुल सुख मिल्नेछ ।
वृष– (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)
व्यवसायिक उपलब्धी सहज हात लाग्ला, नवीन कार्योजना फलिभूत हनेछन् । अध्यन अध्यापनका मार्ग सफल होला, आज तँपाईलाइ भाग्यले साथ दिनेछ । पढाइमा उन्नति होला । गुप्त योजना वन्नेछन् । वैदेशिक तथा लामो यात्राको अवसर आउन सक्छ ।
मिथुन–(का,की,कू,घ,ङ,छ,के,को,हा)
स्त्री सुखमाकमी आउला, शरीरमा आलश्य पन बढ्नेछ, मन दोधार होला । व्यवसायमा बाधा व्यवधान आउने हुन्छ , स्वजनमा बिवाद बढ्न सक्ने । प्रेममा असफलता हात लाग्न सक्छ । योजनाहरू गुप्त राख्नु पर्ने हुन्छ । विद्यामा सहज तरिकाले प्रगति हासिल हुनेछैन ।
कर्कट–(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
प्रेमीको सहयोग साथ मिल्ला, आत्मबिश्वासले गर्दा ठुला योजना हरु पूरा गर्न सकिनेछ । ठुला व्यक्ति सगँ सम्पर्क बढ्नेछ । स्वास्थ्यमा सुधार, फूर्ति बढ्नेछ । रोकिएको धन हात लाग्नेछ । विरोधीहरु आफ्ना वन्नेछन् । वाहन सुख मिल्नेछ ।
सिंह – (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
सरकारी कार्यवाट लाभ होला, वोली वाणीले सबैको मन आफूतिर आकर्षित गरिनेछ । तँपाईले गरेको कामले सबैलाई प्रसन्नगर्न सक्नु हुनेछ , अभिष्टकार्य सिद्धि होला, वैचारीक मार्ग सफल । सहकार्यकर्ता हरुको सलाहमा कार्य प्रगतिमा लम्कनेछ ।
कन्या– (टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)
मान सम्मान प्राप्तिहोल, रोकिएको धन हात पर्न सक्छ । दृढ आत्मविश्वसले गर्दा हरकाम पुरागर्न सकिनेछ पुत्रको सहयोग साथ पाईएला, । सानातिना अल्झनहरु आफै सुल्झने छन् तपाँईको कामको सवैले प्रशंसा गर्लान् । खेलाडी हरुले आफ्नो प्रतिभा देखाउने अवसर मिल्नेछ ।
तुला –(रा,री,रु,रे,रो,ता,ती,तू,त)
मन भ्रमित रहला , पेटमा विकार पैदा हुनसक्छ । कामको लोडले गर्दा परिवरमा समय दिन सकिने छैन, धरै टाढाको यात्रा गर्नको लागि राम्रो समय छैन । प्रेममा धोका हुन सक्छ, काममा अनेकौ झंझट खेप्नु पर्ला, आफन्तसगँ मनमुटाव होला, कमवोल्नु हितकर हुनेछ । विद्यामा समय नदिनाले अध्यन पछि पर्ला ।
वृश्चिक– (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
आजको दिन नयाँ योजनाहरु सुरु गर्नको लागी राम्रो होला, धार्मिककार्यमा सरिक भईएला, आफन्तको सहयोग मिल्नेछ । मानसिक सन्तोष होला , जीवन साथीको सहयोग भरपूर मिल्नेछ । मिष्ठान्न भोजनको अवसर मिल्न सक्नेछ । प्रतिस्पर्धिलाई पछि पारिनेछ, काम तथा व्यवसायमा अनुदानको सम्भावना देखिन्छ ।
धनु–(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
धनलाभ होला, भाइ बन्धुको सहयोग पाइनेछ छ, शारीरिक तथा मानसिक तन्दुरुस्तीको अनुभव हुनेछ । नजीकको यात्रा लाभदायी रहनेछ । वाणिज्य तथा व्यावसायमा लाभ होला । वनाएका योजना पूरा होलान् । नकारात्मक बिचारलाई परास्त गरी सद्बिचारको उदय होला ।
मकर – (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
हिम्मत तथा जाँगरको बृद्धि होला , कार्यक्रम एवं समारोहमा सम्मानित हुने अवसर मिलनेछ । कार्यकौशलतामा तेजी आउनेछ । तार्किक क्षमतामा वृद्धि हुनेछ, यश, कीर्तिको गुणानुवाद होला । अध्यन अध्यापनको कार्य सफल होला ।
कुम्भ – (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
मनमा नकारात्मक विचार हरु उद्गम हुनसक्छ, यात्रा कष्टकर होला , नसोचेको काममा खर्च हुनसक्छ । आफन्तनै विरोधी वन्ने छन्, आँखामा समस्या आउन सक्नेछ विद्यामा रुचि जाने छैन । नकारात्मक विचारबाट बच्नु होला । न्यायको क्षेत्र अधुरो रहन सक्छ ।
मीन –(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
ठूला व्यक्ति सग सम्पर्क बढ्नेछ, व्यवसायमा मिल्ने सफलताले मन प्रशन्न होला । धन धर्मको प्राप्ति हुनेछ, शरीरिक फूर्ति बढेर जाला । प्रेममा सफलता मिल्ला, घर परिवार बाट सहयोग मिल्लनेछ । साथीहरु सगँ नवीन योजनाका साथ अघि बढिनेछ ।
#आजकाेराशिफल #Aajako Rashifal #omvaani