आजकाेराशिफल मिति २०७७ श्रावण २६ गते सोमवार #Aajako Rashifal  10 August 2020

535

आजकोपात्रो
आज मिति २०७७ श्रावण २६ गते सोमवार तदनुसार 10 August 2020 प्रमादीनाम संवत्सर रविः दक्षिणायण, वर्षर्तुः , श्रावणशुक्लपक्ष, तिथिः– सप्तमी ६० घडी ०० पला, अहोरात्र पश्चात् सप्तमी , नक्षत्र– अश्विनी ३८ घडी १३ पला, साँझ ०८ बजेर ५० मिनेटसम्म , योग – शूल, करण – भद्रा, आनन्दादियोग – रक्ष , चन्द्रमा– मेष राशिमा, सूर्य– कर्कट राशिमा, बृहस्पति– धनु राशिमा, सूर्य उदय बिहान ५ बजेर ३२ मिनेटमा, सूर्यास्त – सायं ६ बजेर ४४ मिनेटमा ।
दिनमान– ३३ घडी ०० पला ।
चन्द्रमा – पूर्व दिशामा ।
योगिनी – वायव्य दिशामा।
कालराहु – वायव्य दिशामा ।
दिशाशूल– पूर्व दिशामा ।
राहुकाल – बिहान ०७ बजेर १२ मिनेटदेखि ०८ बजेर ५१ मिनेट सम्म ।। अशुभ ।।
यमघण्टा – बिहान १० बजेर ३० मिनेटदेखि दिनको १२ वजेर ०९ मिनेट सम्म ।। अशुभ ।।
गुलीककाल– दिनको ०१ बजेर ४८ मिनेटदेखि ०३ बजेर २७ मिनेट सम्म ।। सौम्य ।।
अभिजितमुहूर्त – बिहान ११ बजेर ४३ मिनेट देखि १२ बजेर ३५ मिनेट सम्म ।। शुभ ।।

मेष  चु,चे,चो,ला,ली,लु,ले,लो,अ 
आज गोचरमा लग्नमा रहेको चन्द्रमाले वोलिको प्रभाव बढेर जानेछ, महिला साथीको भरपूर सहयोग मिल्ने छ । काममा जोश, जाँगर वढेर जाला , रोकिएको पुरानो व्यवसाय सञ्चालको लागि पहल गर्ने दिन रहेकोछ । अतिथिको रुपमा आतिथ्यता ग्रहणा गर्ने अवसर मिल्नेछ, लेखन तथा वाक्शैलीमा राम्रो प्रभाव जमाउने दिन रहेको छ ।

वृष  ई,उ,ए,ओ,चा,ची,बु,वे,वो 
आज भने गोचरको चन्दमा द्वादशभावमा रहेको हुनाले कममा सफलता हासिल गर्न निकै कसि पर्ला,
नवीन कार्य तथा व्यवसायमा लगानी गर्नु राम्रो हुदैन । साथीहरु विचमा मनमुटाव होला कमै वोलेको वेश, नसोचेको नचितएको काममा खर्च होला । स्वस्थ्यमा प्रतिकुल असरदेखिएला , विद्यार्थी हरुले पढाईमा मनलगाउनु पर्ला ।

मिथुन  का,कि,कू,घ,ङ,छ,के,को,हा
आजको ग्रहगोचरको प्रभावले बौद्धिक क्षमतामा अभिबृद्धि होला , शैक्षिक तथा अनुसन्धानात्मक कार्यमा उन्मुख हुनसकिनेछ । काममा जाँगर वढेर जाला, रोकिएका धनमाल हात पर्नेछ , व्यवसायले राम्रो प्रतिफल दिनेछ, आयमूलक स्थानहरुमा लगानि वढाउन सकिनेछ । दिदी वहिनीको साथ सहयोग मिल्नेछ ।

कर्कट ही,हू,हे,हो,डा,डी,डू,डे,डो
आज राजनैतिक गर्ने हरुले राम्रो प्रभाव जमाउन सकिनेछ , सामजिक सेवामा लगाएको समय तथा द्रव्यले समाज प्रतिष्ठा दिलाउनेछ । अताललती फैसला रहेको छ भने आफ्नो अनकुलमा आउनेछ, गोचरमा दशौं भावमा रहेको मंगलले गर्दा नोकरीमा पदोन्तीको योग पर्ने देखिन्छ । पैतृक जग्गा जममीनबाट सोचेको सफला लिन सकिनेछ, नवीन व्यवसाय तथा प्रतिष्ठान सुरु गर्ने दिन अवसर जुट्ने छ ।

सिंह मा,मी,मू,मे,मो,टा,टी,टू,टे
गोचर अनुसार आज विपरीत फलआउने दिन छ । पेटमा पीडाको अनुभूति होला , खानपनमा बिशेष ध्यान दिनुपर्ने हुन्छ । परिक्षार्थी हरुले परिक्षामा प्रस्तुत गर्ने बिषयमा दोधार नभएर आत्मबलका साथ प्रस्तुत हुनुपर्नेछ । धार्मिक गतिविधिमा खासै मनलाग्ने छैन , प्रेमी प्रेमिका बिच मनमुटाव आउने भयका कारण अनाहमा शंका प्रतिशंका गर्नु हुदैन । आफन्त बिच आपसि मतभेद पैदा हुनसक्छ ।

कन्या  टो,पा,पी,पू,ष,ण,ठ,पे,पो 
आजको दिन चन्द्रमा गोचरको अष्टमभावमा गोचर गरेका हुनले कर्कराशि हुने हरुका लागि कार्यमा अवरोध आउनेछ, आफन्तहरु टाढीने छन् । यात्रामा चोटपटकको भय रहनेछ , विरोधी हरु सल्वला उनेछन् । स्वास्थ्यमा अचानक समस्या आउनेछ , नाँयाकाममा हात हाल्नु राम्रो हुने छैन ।

तुला  रा,री,रु,रे,रो,ता,ती,तू,ते
जलीय तथा तरल व्यावसायबाट लाभ होला , नजिकी यात्राले सोचेंको सफलता दिलाउनेछ । वहान तथा चौपयाबाट सोचेंको सफलता हात लाग्ला । प्रेममा सफलता मिल्नेछ , व्वसायिक यात्रा गर्न सकिने छ । मन्यजनको आगमले मन प्रशन्न होला । व्यवसयमा प्रगति होला शिक्षामा सफलता मिल्नेछ ।

वृश्चिक  तो,ना,नी,नू,ने,नो,या,यी,यू 
आजको दिन हजुरको अनकुल रहनेछ , नजिकी जनले पूर्णरूपमा सहयोग गर्नेछन्, रोकिएको पुराना कामहरु सुचारु होलान् । आफुले गरेको व्यवसायले सन्तोष मिल्नेछ, आफन्तको शुभ तथा प्रगतिको समाचार सुन्न पाईनेछ । पढाई लेखाईमा ध्यान जानेछ , प्रेममा सुमधुर मिलनले मनमा हर्ष छाउनेछ ।

धनु  ये,यो,भा,भी,भू,धा,फा,ढा,भे
आजको दिन मानिस थकानको महसुुस होला, सधै जसो काममा जाँगर लागेर आउने छैन । उदरमा ग्यासको समस्या पीडाको महशुस होला, साथीभाई हरु बिच सानोकुरामा अन्वन हुनसक्छ । सानोकाम पूरागर्न पनि निकै मेहनत गर्नु पर्ने हुन्छ । पढाई तिर ध्यान दिन नसकिएला, प्रेममा बियोग सहनुपर्ला ।

मकर  भे,भो,जा,जी,खी,खू,खे,गा,गी
आज जग्गा जमीनको व्यवसायमा लागेका हरुको काममा अवरोध पैदा होला, सगोलमा गरेको कामले सोचेको सफलता दिनेछैन । बाहन तथा चौपायाबाट नोक्सान वेहोर्नु पर्न सक्छ , आफ्नतमा भयको सानो मनमुटावले ठुलो रुप लिन सक्छ , खानपिनमा ख्याल गर्नु राम्रोहोला ।

कुम्भ  गू,गे,गो,सा,सी,सू,से,सो,दा
आजको दिन मकरराशि हुने हरुका लागि मिश्रित फल मिल्नेछ , आय आर्जनका नयाँ श्रोतफेला पर्नेछन् , तर शारीरिक आरोग्यतामा कमजोरी आउन सक्नेछ, समाज सेवाको भाव मनमा जाग्रित होला, शनिको प्रभाले गर्दा निर्णय लिन सजिलो होला । आफूभन्दा ठुलो दाजूहरुको सहयोग मिल्नेछ ।

मीन  दी,दू,थ,झ,ञ,दे,दो,चा,ची
आजको दिन कामवनाउनको लागि निकै मेहनत गर्नु पर्ने हुन्छ, आँखामा समस्या आउन सक्ने भयका कारण धुलो तथा घामबाट वच्नु पर्ने हुन्छ । कमाइले खर्च थेग्न सक्ने छैन, अरुको भरपर्दा दुख पाउन सकिन्छ, गलत सल्लाहको सिकार हुन सकिने भएका कारण चनाखो बन्नु पर्ने हुन्छ । प्रममा अकेकौ झमेला आइपर्ला ।

#आजकाेराशिफल  #Aajako Rashifal