आजको पात्रो
आज मिति २०७७ श्रावण २८ गते बुधवार तदनुसार 12 August 2020प्रमादीनाम संवत्सर रवि दक्षिणायन, वर्षार्तुः, भाद्रकृष्णपक्ष, तिथिः– अष्टमी ०६ घडी १९ पला, बिहान ०८ बजेर ०५ मिनेटसम्म पश्चात् नवमी, नक्षत्र– कृतिका ४९ घडी ४६ पला, रात्रिः ०१ बजेर २५ मिनेट सम्म , योग – वृद्धि , करण – कौलव आनन्दादियोग – सिद्धि, चन्द्रमा– मेष राशिमा बिहान ०५ बजेर ५२ मिनेट सम्म पश्चात् वृषराशिमा, सूर्य– कर्कट राशिमा, बृहस्पति– धनु राशिमा, सूर्य उदय बिहान ५ बजेर ३३ मिनेटमा, सूर्यास्त – सायं ६ बजेर ४२ मिनेटमा ।
दिनमान ३२ घडी ५३ पला ।
चन्द्रमा – पूर्व दिशामा बिहान ०५ बजेर ५२ मिनेट सम्म पश्चात् दक्षिणमा ।
योगिनी – इशान्य दिशा ।
कालराहु – नैरित्य दिशामा ।
दिशाशूल– उत्तरमा दिशामा ।
राहुकाल – दिनको १२ बजेर ०८ मिनेटदेखि ०१ बजेर ४७ मिनेट सम्म ।। अशुभ ।।
यमघण्टा – बिहान ०७ बजेर १३ मिनेटदेखि ०८ वजेर ५१ मिनेट सम्म ।। अशुभ ।।
गुलीककाल– बिहान १० बजेर ३० मिनेटदेखि १२ बजेर ०८ मिनेट सम्म ।। सौम्य ।।
अभिजितमुहूर्त – बिहान ११ बजेर ४२ मिनेटदेखि १२ बजेर ३५ मिनेट सम्म ।।आज अशुभ ।।
मेष–(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
बुद्धिले काम लिनु राम्रो हुनेछ । आवेशमा आएर गरेको निर्णयले समस्या निम्त्याउन सक्छ । प्रेमकोबाटो बन्दहुने सम्भावना छ , अनेकौ झंझट खेप्नु पर्ला, मन दोधार होला , पेटमा विकार पैदा हुनसक्छ ।
वृष–(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)
भाग्यले साथ दिनेछ , बिरोधीहरू पछि पर्ने छन् । स्त्रीको सहयोग तथा सुख मिल्ने छ भने स्त्री हरुका लागि पुरुषको सहयोग प्राप्ति होला । सरकारीकाम अविलम्ब पुराहोला, कार्यमा प्रगति हुनेछ, सामाजिक कार्यमा मन जानेछ ।
मिथुन– (का,की,कू,घ,ङ,छ,के,को,हा)
मानसिक असन्तोष तथा कुटुम्बिहरू विरोधि होलान् । आँखामा समस्या आउन सक्ला, खानपिनमा ख्याल गर्नु पर्नेछ । चुनौति पूर्णकाममा हातनहालेको राम्रो, अध्यान अध्यापनको मार्ग असफल होला ।
कर्कट– (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
उपाहार प्रप्ति होला, अभिष्टकार्य सहजै पुरागर्न सकिने छ । बैचारिक मार्ग सफल तथा लेखनको मार्ग राम्रो होला । न्यायिक क्षेत्रमा सफलता हात लाग्ने छ । नोकरी तथा जागीर फदायी हुनेछ ।
सिंह– (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
शरीरमा आलश्यपन बढ्नेछ, मन दोधार होला । नेत्रमा समस्या देखा पर्नसक्छ, धन,मान, पद– प्रतिष्ठामा आँचआउने काम नगर्नु वेश । आफ्नासँग बिवाद बढ्न सक्ने । प्रेममा असफलता हात लाग्न सक्छ । शैक्षिकमार्ग असफल हुनसक्छ ।
कन्या–(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)
अध्यन अध्यापनका मार्ग सफल होला, व्यावसायको दिशामा गरिएको प्रयास सफल होला । मित्रहरूले साथ दिने छन्, व्यापारमा उन्नति होला ।
तुला– (रा,री,रु,रे,रो,ता,ती,तू,त)
मान सम्मान प्राप्तिहोला, रोकिएको धन हात पर्न सक्छ । पुत्रको सहयोग साथ पाईएला, । सानातिना अल्झनहरू आफै सुल्झने छन्, तपाईंको कामको सवैले प्रशंसा गर्लान् ।
वृश्चिक–(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
सरकारी काममा विलम्बता आउला, वाद विवादमा पर्न सकिने छ । शरीरमा आलश्य पन बढ्नेछ, मन दोधार होला । आकस्मिक समस्याले शरीरमा कमजोरी आउन सक्छ ।
धनु– (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
परिस्थिति अनुसार चल्न नसक्दा समस्या बेहोर्नु पर्ला । खान पिनमा ख्याल गर्नु पर्नेछ, श्वास–प्रश्वास तथा छात्ती सम्वन्धी समस्या पैदाहुन सक्छ । मान्य जनको मन जित्ने प्रयास गर्नु पर्ने हुन्छ । वाद–विवादमा पर्न सकिन्छ कमबोल्दा राम्रो, अचानक खर्च हुनसक्छ ।
मकर– (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
धनको दिशामा गरिएको प्रयास सफल होला , वाणिज्य तथा व्यावसायमा लाग्नेहरूका लागि लाभ होला । नजीकको यात्रा लाभदायी रहनेछ । भोज, तथा माङ्गलिक कार्यमा सरिक भईएला । पशुचौपाया तथा कृषिगर्नेहरूको राम्रो दिन रहेको छ ।
कुम्भ– (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
कार्यमा जोस जाँगर बढेर जाला । आउनुपर्ने धन हातमा आउने सभावना छ । विरोधीहरुको मनजित्न सकिएला । घरयासी समस्याहरू सुल्झेर जानेछन् । खर्चमा भने नियन्त्रण गर्नु पर्ने हुन्छ ।
मीन–(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
यात्रा निर्थक रहला , विभिन्न अवसरले पछ्याए पनि समयमा निर्णय लिन नसक्नाले काममा पछि परिएला । मनमा अशान्तिले वास गर्ला, वहान चलाउँदा साबधानीले चलाउनु वेश हुनेछ, विद्यामा रुचि नजाला ।