आजकाे राशिफल, मिति २०७७ श्रावण ३० गते शुक्रवार #Aajako Rashifal 14 August  2020

675

आजकाे पात्राे

आज मिति २०७७ श्रावण ३० गते शुक्रवार तदनुसार 14 August  2020 प्रमादीनाम संवत्सर रवि दक्षिणायन, वर्षार्तुः, भाद्रकृष्णपक्ष, तिथिः– दशमी १२ घडी २१ पला, बिहान १० बजेर ३१ मिनेटसम्म पश्चात् एकादशी, नक्षत्र– मृगशिरा ५७ घडी २७ पला, बिहानः ०४ बजेर ३३ मिनेट सम्म , योग – व्यघात , करण – विष्टि आनन्दादियोग – मानस, चन्द्रमा– वृष राशिमा, सूर्य– कर्कट राशिमा, बृहस्पति– धनु राशिमा, सूर्य उदय बिहान ५ बजेर ३४ मिनेटमा, सूर्यास्त – सायं ६ बजेर ४१ मिनेटमा ।
दिनमान ३२ घडी ४६ पला ।
चन्द्रमा –दक्षिणदिशामा ।
योगिनी – उत्तर दिशामा ।
कालराहु – आग्नेय दिशामा ।
दिशाशूल– पश्चिम दिशामा ।
राहुकाल – बिहान १० बजेर ३० मिनेटदेखि १२ बजेर ०८ मिनेट सम्म ।। अशुभ ।।
यमघण्टा – दिनको ३ बजेर २५ मिनेटदेखि ५ वजेर ०३ मिनेट सम्म ।। अशुभ ।।
गुलीककाल– बिहान ७ बजेर १३ मिनेटदेखि ८ बजेर ५२ मिनेट सम्म ।। सौम्य ।।

आजकाे राशिफल

मेष–(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
स्वास्थ्यमा नमी आउनेछ , प्रेममा असफता हात लाग्ला । शारीरिक समस्याले मनमा चिन्ता उत्पन्न हुनेछ । आफन्तहरूबाट असहयोग प्राप्त होला । धनक्षय हुनेछ, काममा सफलता मिल्ने छैन । अनावश्यक नसोँचेको कार्यमा धन व्यय होला । पेटमा समस्या पैदा होला, खानपिनमा ख्याल गर्नु पर्ने हुन्छ ।

वृष–(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)
मनमा बनेका योजनाहरूले स्थान पाउँन सक्नेछन् । रोकिएका कामहरू सुचारू हुने छन् । कार्यमा तिव्रता दिनु राम्रो होला । दाजुभाई को सहयोग मिल्नेछ, रोकिएको धनमाल हात लाग्नेछ । गरेको कामले प्रसन्नता देला, ठूला व्यक्तिको सहयोगले रोकिएको काम वन्ने छ । मनले चिताएको काममा सफलता मिल्ने योग छ ।

मिथुन– (का,की,कू,घ,ङ,छ,के,को,हा)
सरकारी काममा झमेला हुनेछ । सन्तानसंग मतभेद होला । यात्राको अवसर देखिएता पनि यात्रा हुनुभने कठीन देखिन्छ ।  नेत्रमा समस्या आउन सक्नेछ, आफ्ना भनेकाले खासै सहयोग गर्ने छैनन् । खुट्टातान्ने प्रसस्त भेटिनेछन् चनाखो भएर रहनुपर्नेछ । काममा रुचि जाने छैन, बिद्यामा आलस्य जाग्ला ।

कर्कट– (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
वित्तीय कारोवारीहरुको लागि राम्रो दिन हुन सक्छ । रोग, शोकबाट छुट्कारा मिल्ने छ, मान सम्मान प्राप्त हुने छ । मिष्ठान्न भोजन प्राप्त हुने छ । दीर्ध लाभका कार्योजनाहरूका बिषयमा कुरा चल्नेछन् । स्वास्थ्य राम्रो रहनेछ । जोश जाँगरमा वृद्धिहोला, गरेको कामले खुसी वनाउला, उपाहार तथा सम्मान प्राप्त होला ।

सिंह– (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
व्यापर व्यवसाय कसरी चलाउने भन्ने कुराको विकास होला, यान तथा बाहनबाट सुख मिल्ने छ । आर्थिक उन्नति तथा प्रगतिको योग रहेको छ । मान प्रतिष्ठा बढ्ने योग छ । आय आर्जनका मार्गहरू फेला पर्नेछन् , मांगलिक कार्यमा सहभागी भईएला, अतिथिको आगमनले मन प्रसन्न होला ।

कन्या–(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)
आफन्त तथा भाइवन्धुहरू संग मन मुटाव हुनसक्छ, व्यवहार गर्दा सजगता राम्रो होला । गर्नलागेको काममा भाग्यले साथ नदेला । स्वास्थ्य सम्बन्धी समस्या देखिन सक्नेछ । आज नयाँकामको थालनि नगरेको राम्रो हुन्छ । चोटपटको सम्भावना रहेकोले सवारीसाधन देखि सावधान रहनु पर्ला, पठन पाठनमा मन नजाला ।

तुला– (रा,री,रु,रे,रो,ता,ती,तू,त)
मन चञ्चल होला, वनेका योजना अधुरा रहलान् । विद्यामा रुचि जानेछैन । घरयासी झै–झमेला आउन सकछ,मेहनतका साथ गरेको काम सफल हुनेछैन । अनेकौ झन्झटले पछ्याउने छ । सोचेको काम असफल हुनाले मन खिन्न वन्ला, यात्रामा असजिलो परिस्थिति आउन सक्छ ।

वृश्चिक–(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
प्रेममा मिलनको सभावना देखिन्छ, एकाउन्ट तथा गणित अध्यताको लागि राम्रो दिन रहेकोछ दूर दृष्टि प्राप्त होला । आफूभन्दा ठूला दाजुहरूको सहयोग तथा सद्भाव प्राप्त होला । साेँचेकोकाममा प्रगति गर्न सकिनेछ । वनाएका योजनाहरू सहजै पूरा होलान् । पिताको सहयोग तथा पैतृक सम्पत्ति फलदायी रहनेछ ।

धनु– (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
घर परिवारमा रमाईलो वातावरण वन्नेछ , नयाँ परिकारको स्वाद लिन सकिनेछ । आकस्मिक धनप्राप्तिको योग छ । यश प्राप्तहुनेछ । शत्रु परास्त हुनेछन् । स्वास्थ्य राम्रो रहने छ । मनले चिताएको काम पुरा हुनेछ । प्रेम सफल हुने दिन छ । नयाँ कार्याेजना वन्नेछन् , सहयोगिले भरपूर साथ देलान् ।

मकर– (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
आफन्त तथा भाइवन्धुहरू संग मन मुटाव हुनसक्छ, व्यवहार गर्दा सजगता राम्रो होला । गर्नलागेको काममा भाग्यले साथ नदेला । स्वास्थ्य सम्बन्धी समस्या देखिन सक्नेछ । आज नयाँकामको थालनि नगरेको राम्रो हुन्छ । स्वास्थमा समस्या आउन सक्नेछ । मानिसक उद्वेग वढ्नेछ, विरोधी सक्रिय वन्नेछन् ।

कुम्भ– (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
आर्थिक कमजोरीले गर्दा व्यवसायमा लगानि गर्ने असर गुम्नेछ , यात्रा गर्ने सोंचमा हुनुहुन्छ भने यात्रा टालेको राम्रो । आँखा पोल्ने टाउको भारीहुने समस्या देखा पर्न सक्छ । अध्ययन अध्यापनका मार्ग खासै राम्रो रहेको छैन । बौद्धिक कार्यमा मनलाग्ने छैन , वादविवादमा पर्न सकिन्छ, वोलीलाई नियन्त्रण गर्नु राम्रो ।

मीन–(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आकस्मिक धनलाभ हुने योग छ । प्रेममा सफल हुने योग छ । उपहार प्राप्त हुनेछ । आजको दिन सुखद् तथा प्रेमीहरू सगँ व्यतित हुनेछ । विद्यार्थी भाइबहिनीहरूका लागि आजको दिन राम्रो रहेको छ । व्यवसायबाट फाईदा हुनेछ ।आफन्तको सहयोग मिल्नेछ , नवीन कार्ययोजना को थालनी हुने योग रहेको छ ।

#आजकाेराशिफल  #Aajako Rashifal