आजकाे राशिफल, मिति २०७७ भदौ ०६ गते शनिवार, #Aajako Rashifal 22 August 2020

400

आजको पात्रो
आज मिति २०७७ भदौ ०६ गते शनिवार तदनुसार 22 August 2020प्रमादीनाम संवत्सर रवि दक्षिणायन, वर्षार्तुः, भाद्रशुक्लपक्ष, तिथिः– चौथी ४५ घडी १६ पला, रात्रि ११ बजेर ४४ मिनेटसम्म पश्चात् पञ्चमी, नक्षत्र– हस्ता ४५ घडी १३ पला, रात्रिः ११ बजेर ४३ मिनेट सम्म पश्चात् चित्रा , योग – साध्य , करण – वब आनन्दादियोग – मृत्यु, चन्द्रमा– कन्याराशिमा सूर्य– सिंहमा राशिमा , बृहस्पति– धनु राशिमा, सूर्य उदय बिहान ५ बजेर ३८ मिनेटमा, सूर्यास्त – सायं ६ बजेर ३३ मिनेटमा ।
दिनमान ३२ घडी १७ पला ।
आज– गणेश चौथीव्रत ।।
चन्द्रमा – दक्षिण दिशामा ।
योगिनी – नैरित्य दिशामा ।
कालराहु – पूर्व दिशामा ।
दिशाशूल– पूर्व दिशामा ।
राहुकाल – बिहान ०८ बजेर ५३ मिनेटदेखि १० बजेर २९ मिनेट सम्म ।। अशुभ ।।
यमघण्टा – दिनको ०१ बजेर ४३ मिनेटदेखि ०३ वजेर २० मिनेट सम्म ।। अशुभ ।।
गुलीककाल– बिहान ०५ बजेर ३९ मिनेटदेखि ०७ बजेर १६ मिनेट सम्म ।। सौम्य ।।
अभिजितमुहूर्त – बिहान ११ बजेर ४० मिनेट देखि १२ बजेर ३२ मिनेट सम्म ।। शुभ ।।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
मनमा उत्साह, उमङ्ग बढ्नेछ, साहित्य तथा लेखन बिधामा लागेका हरूको लागि अतिनै राम्रो दिन रहन्छ । स्त्री हरूले भने वाणीमा संयमता अपनाउनु पर्नेछ । प्रतिस्पर्धा बढेपनि नयाँ कामको अनुभव गरिनेछ, बौद्धिक अथवा तार्किक क्षमता बढेर जानेछ । धनलाभका मार्ग फेला पर्लान् व्यवसायमा प्रगति होला , शत्रु नाश हुनेछन् ।

वृष – (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)
कला कौशलताका धनीहरूले पनि  सुनौलो अवसर गुमाउनु पर्ला, बन्धु बान्धव हरू टाढाँ हाेलान्  सहयोग । रोग शोकबाट छुट्काराकाे लागि खर्च हाेला । आजको दिन हजुरले स्थीर भएर काम गर्नु पर्ने छ, यात्राको आयोजन गर्दै हुनुहुन्छ भने साबधान हुनुहोला । जागिरमा पनि केही अनबन पैदा हुनसक्छ  । बिलाशीताकाे समाग्रीमा खर्च हाेला, अध्यन अध्यापनमा मन जाने छैन ।

मिथुन – (का,की,कू,घ,ङ,छ,के,को,हा)
व्यावसायमा मन्दी आउनेछ । आर्थिक कमजोरी आउला, आफन्तमा बिवाद होला । मित्रहरु सगँ वनाएका योजना अधुरै रहनेछन् । आज फूर्ति तथा तेजको कमी महशुस होला, आमाको स्वास्थ्यमा प्रतिकुल असर आउन सक्छ । मानसिक कमजोरी अनुभव हुनेछ, स्त्रीहरू सगँ वाद विवाद हुने सम्भावना रहेकाले कमा वोल्नु राम्रो होला । पढाई लेखाइमा मन जने छैन ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
, ठूला व्यक्ति सँग सम्पर्क बढेर जाला । प्रेममा सफलता हात लाग्नेछ , बिरोधीहरूलाई पछि पार्न सकिएला । शारीरिक तथा मानसिक रूपले तन्दुरूस्त अनुभव गरिएला । पद प्रतिष्ठामा बृद्धिले मन प्रशन्न होला, मित्र तथा पारिवरिक सदस्यहरू सँग आनन्दको समय व्यतित हुनेछ । मनमा उठ्ने नकारात्मक विचारहरू समाप्त भएर जाने छन् ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
आजको दिन असहज परिस्थिति आएता पनि तँपाइले गरेका सामजिक योगदानकोे चर्चा चल्नेछ, प्रेमामा बिराेधाभाष आएता पनि शिक्षामा भने जानेछ । साथी भाइसँग रमणीय स्थलको यात्रा गर्र्ने योजना बन्न सक्छ,  दाजुभाइबाट साेंच अनुसारकाे सहयोग मिल्लनेछैन । पति पत्नीको बीचको सम्बन्धमा मधुरता कमी आउनेछ, धन कमाउनु भन्दा व्यय अधिक हाेला  ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)
हिम्मतमा वृद्धि , रमाइलो यात्रामा जाने अवसर प्राप्तहुन सक्नेछ । परिवारका लागि समय दिन सकिनेछ । व्यापारी तथा जागिर गर्ने हरुका लागि आजको दिनले सफलता दिनेछ, पूर्व सञ्चित योजनाहरू कार्यन्वयन हुनेछन् । पिता तथा पैतृक सम्पत्तीबाट लाभ लिन सकिन्छ, परिवारमा खुशीको माहालोल वन्नेछ । सामाजिक कार्यमा मन जानेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,त)
यात्रा खर्चिलो हुनसक्छ सावधान हुनुपर्नेछ । पढाइमा मनजाने छैन । पेटमा समस्या आउला, खानपानमा ख्यालगर्नु पर्ला । आज तपाँईको मनमा डर त्रासले वासगर्ने सम्भावना छ, मान हानी हुनसक्छ अतः साबधान रहनुपर्ने हुन्छ । खर्च नियन्त्रण गर्न सकिने छैन, अफवाह देखि दूर रहन सके मानसिक शान्ति मिल्नेछ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
शैक्षिक योग्यतामा निखार आउनेछ, कागजीकाम गर्ने हरूको लागि राम्रो दिन रहेको छ । प्रेममा देखावटी गर्नेहरू सगँ साबधान रहनु राम्रो हुन्छ । आजको दिन हजुरले वैचारिक जीत हासिल गर्न सक्नुहुने छ, धार्मिक तथा मांगलिक कार्यमा सरिक भइएला । पुत्र पौत्रको सहयोग तथा सुख मिल्नेछ , साथीभाइ सँग रामाईलो गरिनेछ , मिष्ठान भोजनको अवसर जुट्नसक्छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
धनको दिशामा गरिएको प्रयास सफल होला, विपरीत लिङ्गी सगँको आर्कषण वढेर जाला । सहज र आनन्दमा दिन व्यतित होला । आजको दिन हजुरको बिचार स्थिर रहनेछ , सार्वजनिक कार्यले समाजमा प्रतिष्ठित हुने अवसर जुट्ला । शाहासले गर्दा चुनौती पूर्ण पनि सहजै पूरागर्न सक्नुहुने छ । साथीभाइ सँगको मेल जोलले प्रशन्नताको बृद्धिहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
बिद्यामा सफलताकाे लागि मेहनत गर्नु पर्ला , आर्थिक कमजोरी आउला , मेहनत आफ्नाे तर फाइदा अरूकाे हाेला । प्रेममा कटुता आउनेछ । आज पारिवारिक मेल जोल तथा आनन्दमा समय व्यतित गर्ने रहर भएता पनि अनेकाै झमेलाले पछि छाेड्ने छैन, व्यपारमा लगानी अनुसारकाे फल नआउला । स्वजनको सहयोगले गर्दा महत्व पूर्ण काममा सफलता हात लाग्न सक्छ  ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
आजको दिन ठूलो लगानि वाट वच्नु पर्ने हुन्छ । कार्यमा बिलम्बता आउनेछ, शरीरमा आलश्य बढ्नेछ । प्रेममा धोका खान सकिन्छ सावधान हुनु होला, वाटो–घाटो काट्दा ख्याल गर्नुहोला । स्वास्थ्यमा बिषेश ध्यान दिनुपर्ने हुन्छ, क्रोधले गर्दा वनेको काममा अवरोध हुन सक्छ । कफ, वातका रोगीहरुलाई राम्रो दिन छैन, कुनै पनि अनैतिक कामबाट परै रहनुपर्नेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
मिष्ठान्न भोजनको आनन्द लिन पाईनेछ । शरीरको आलश्य दूरहोला , धार्मिक यात्रा गर्ने मानसिकता पैदा होला बिद्या तथा प्रेममार्ग सफल । आजको दिन तँपाइले नयाँ कामको थालनी गर्ने दिन रहेकोछ, सहकर्मि हरूको सहयोग भरपूररूपमा पाइनेछ । शुभ समाचार आउनेछ, गरेको व्यवसायले प्रशन्नता बढउनेछ ।

#आजकाेराशिफल  #Aajako Rashifal