आजको पात्रो
आज मिति २०७७ भदौ १७ गते बुधवार तदनुसार 2 September 2020 संवत्सर रवि दक्षिणायन, वर्षार्तुः, भाद्रशुक्लपक्ष, तिथिः– पूर्णिमा ०९ घडी ४६ पला, बिहान ०९ बजेर ३८ मिनेटसम्म पश्चात् प्रतिपदा, नक्षत्र– शतभिषा ३२ घडी ०१ पला, सायाह्न ०६ बजेर ३२ मिनेट सम्म, पश्चात् , योग – सुकर्म , करण – बालव आनन्दादियोग – मानस, चन्द्रमा– कुम्भ राशिमा, सूर्य– सिंहमा राशिमा , बृहस्पति– धनु राशिमा, सूर्योदय बिहान ५ बजेर ४३ मिनेटमा, सूर्यास्त – सायं ६ बजेर २१ मिनेटमा ।
दिनमान ३१ घडी ३५ पला ।
चन्द्रमा –पश्चिम दिशामा ।
योगिनी – वायव्य दिशामा ।
कालराहु – नैरित्य दिशामा ।
दिशाशूल– उत्तर दिशामा ।
आज– षोडशश्राद्धप्रारम्भ, प्रतिपदाश्राद्ध, इन्द्रदहस्नान ।
राहुकाल – दिनको १२ बजेर ०३ मिनेटदेखि ०१ बजेर ३८ मिनेट सम्म ।। अशुभ ।।
यमघण्टा – बिहान ०७ बजेर १९ मिनेटदेखि ०८ वजेर ५४ मिनेट सम्म ।। अशुभ ।।
गुलीककाल– बिहान १० बजेर २८ मिनेटदेखि १२ बजेर ०३ मिनेट सम्म ।। सौम्य ।।
अभिजितमुहूर्त – बिहान ११ बजेर ३८ मिनेट देखि १२ बजेर २८ मिनेट सम्म ।। आज अशुभ ।।
मेष–(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
प्रेममा सफलता मिल्ला, घर परिवार बाट सहयोग मिल्लनेछ । साथीहरु सगँ नवीन योजनाका साथ अघि बढिनेछ । ठूला व्यक्ति सग सम्पर्क बढ्नेछ, व्यवसायमा मिल्ने सफलताले मन प्रशन्न होला । धन धर्मको प्राप्ति हुनेछ, शरीरिक फूर्ति बढेर जाला ।
वृष– (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)
परिवरमा खुशीको माहोल वन्नेछ । न्यायमार्ग सफल रहला, रोकिएको धन माल हातलाग्ने छ । व्यवसायबाट अनकुल सुख मिल्नेछ । पितृ सुख मिल्नेछ, पारिवारिक समस्या समाधान हुनेछ । मान सम्मान वढेर जाला । हाकिमहरु आफ्नो अनकुल रहनेछन् व्यापारिक प्रयोजनले यात्रा हुन सक्नेछ ।
मिथुन–(का,की,कू,घ,ङ,छ,के,को,हा)
पढाइमा उन्नति होला । गुप्त योजना वन्नेछन् । वैदेशिक तथा लामो यात्राको अवसर आउन सक्छ । व्यवसायिक उपलब्धी सहज हात लाग्ला, नवीन कार्योजना फलिभूत हनेछन् । अध्यन अध्यापनका मार्ग सफल होला, आज तँपाईलाइ भाग्यले साथ दिनेछ ।
कर्कट–(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
प्रेममा असफलता हात लाग्न सक्छ । योजनाहरू गुप्त राख्नु पर्ने हुन्छ । विद्यामा सहज तरिकाले प्रगति हासिल हुनेछैन । स्त्री सुखमाकमी आउला, शरीरमा आलश्य पन बढ्नेछ, मन दोधार होला । व्यवसायमा बाधा व्यवधान आउने हुन्छ , स्वजनमा बिवाद बढ्न सक्ने ।
सिंह – (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
स्वास्थ्यमा सुधार, फूर्ति बढ्नेछ । रोकिएको धन हात लाग्नेछ । विरोधीहरु आफ्ना वन्नेछन् । वाहन सुख मिल्नेछ । प्रेमीको सहयोग साथ मिल्ला, आत्मबिश्वासले गर्दा ठुला योजना हरु पूरा गर्न सकिनेछ । ठुला व्यक्ति सगँ सम्पर्क बढ्नेछ ।
कन्या– (टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)
तपाईंले गरेको कामले सबैलाई प्रसन्नगर्न सक्नु हुनेछ , अभिष्टकार्य सिद्धि होला, वैचारीक मार्ग सफल । सहकार्यकर्ता हरुको सलाहमा कार्य प्रगतिमा लम्कनेछ । सरकारी कार्यवाट लाभ होला, वोली वाणीले सबैको मन आफूतिर आकर्षित गरिनेछ ।
तुला –(रा,री,रु,रे,रो,ता,ती,तू,त)
सानातिना अल्झनहरु आफै सुल्झने छन् तपाँईको कामको सवैले प्रशंसा गर्लान् । खेलाडी हरुले आफ्नो प्रतिभा देखाउने अवसर मिल्नेछ । मान सम्मान प्राप्तिहोल, रोकिएको धन हात पर्न सक्छ । दृढ आत्मविश्वसले गर्दा हरकाम पुरागर्न सकिनेछ पुत्रको सहयोग साथ पाईएला, ।
वृश्चिक– (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
प्रेममा धोका हुन सक्छ, काममा अनेकौ झंझट खेप्नु पर्ला, आफन्तसगँ मनमुटाव होला, कमवोल्नु हितकर हुनेछ । विद्यामा समय नदिनाले अध्यन पछि पर्ला । मन भ्रमित रहला , पेटमा विकार पैदा हुनसक्छ । कामको लोडले गर्दा परिवरमा समय दिन सकिने छैन, धरै टाढाको यात्रा गर्नको लागि राम्रो समय छैन ।
धनु–(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
मानसिक सन्तोष होला , जीवन साथीको सहयोग भरपूर मिल्नेछ । मिष्ठान्न भोजनको अवसर मिल्न सक्नेछ । प्रतिस्पर्धिलाई पछि पारिनेछ, काम तथा व्यवसायमा अनुदानको सम्भावना देखिन्छ । आजको दिन नयाँ योजनाहरु सुरु गर्नको लागी राम्रो होला, धार्मिककार्यमा सरिक भईएला, आफन्तको सहयोग मिल्नेछ ।
मकर – (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
वाणिज्य तथा व्यावसायमा लाभ होला । वनाएका योजना पूरा होलान् । नकारात्मक बिचारलाई परास्त गरी सद्बिचारको उदय होला । धनलाभ होला, भाइ बन्धुको सहयोग पाइनेछ छ, शारीरिक तथा मानसिक तन्दुरुस्तीको अनुभव हुनेछ । नजीकको यात्रा लाभदायी रहनेछ ।
कुम्भ – (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
कार्यकौशलतामा तेजी आउनेछ । तार्किक क्षमतामा वृद्धि हुनेछ, यश, कीर्तिको गुणानुवाद होला । अध्यन अध्यापनको कार्य सफल होला । हिम्मत तथा जाँगरको बृद्धि होला , कार्यक्रम एवं समारोहमा सम्मानित हुने अवसर मिलनेछ ।
मीन –(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आफन्तनै विरोधी वन्ने छन्, आँखामा समस्या आउन सक्नेछ विद्यामा रुचि जाने छैन । नकारात्मक विचारबाट बच्नु होला । न्यायको क्षेत्र अधुरो रहन सक्छ । मनमा नकारात्मक विचार हरु उद्गम हुनसक्छ, यात्रा कष्टकर होला , नसोचेको काममा खर्च हुनसक्छ ।





