नेपाल पौरस्त्य समाजको बैठक तितोत्तमाको मणिग्राममा सम्पन्न

167
  1. नेपाल पौरस्त्य समाजको बैठक तितोत्तमाको मणिग्राममा सम्पन्न भएको छ । समाजका अध्यक्ष प्राध्यापक डा. बाबुराम ज्ञवालीको अध्यक्षतामा बसेको बैठकले कोषाध्यक्ष अमर डि. सी.को जीवन संगीनी सीता खात्ती नेपाल सरकारबाट जनसेवा श्री पुरस्कार बाट सम्मानित हुनुभएकोमा बधाई एवं सदस्य ऋषि आदाजको स्वास्थमा समस्या आएकोमा स्वास्थ लाभको कामना समेत गरेको थियोे ।
    सो बैठकमा उपस्थित पदाधिकारीबाट नव वर्ष वि. सं. २०८० को उपलक्ष्यमा सर्वपक्षीय समुन्नतिको वर्ष रहोस् भन्दै शुभकामना समेत व्यक्त गरिएको थियो । बैठकबाट नवजागृती बुलेटिनका सम्पादक चक्रपाणी डुम्रेलाई सदस्यमा मनोनीत गरिएको थियो । बैठकमा सचीव प्राध्यापक डा. प्रांशु नेपाल , कोषाध्यक्ष अमर डि. सी., सदस्यहरु प्राध्यापक डा. अनन्त श्री, हुमराज भुसाल लगायतको उपस्थित रहेको थियो । पौरस्त्य समाजको स्थापना पूर्वीय ग्रन्थहरुकाे विवेचना र छलफल गर्ने एक अनाैपचारिक मञ्चकाे रुपमा वि. सं. २०६७ मा गरिएको थियो ।