आजकाे दिन कस्ताेछ हेर्नुहाेस् आजकाे राशि । आजमिति २०७७ भदौ ०९ गते मंगलवार तदनुसार 25 August 2020 #Aajako Rashifal

539

आजको पात्रो
आज मिति २०७७ भदौ ०९ गते मंगलवार तदनुसार 25 August 2020 प्रमादीनाम संवत्सर रवि दक्षिणायन, वर्षार्तुः, भाद्रशुक्लपक्ष, तिथिः– सप्तमी २७ घडी ०७ पला, सायं ०४ बजेर ३० मिनेटसम्म पश्चात् अष्टमी नक्षत्र– विशाखा ३३ घडी ०० पला, साँझ ०६ बजेर ५२ मिनेट सम्म, पश्चात् अनुराधा , योग – ब्रह्म , करण – भद्रा आनन्दादियोग – श्रीवत्स, चन्द्रमा– तुला राशिमा दिनको ०१ बजेर १४ मिनेट सम्म पश्चात् बृश्चिकमा, सूर्य– सिंहमा राशिमा , बृहस्पति– धनु राशिमा, सूर्य उदय बिहान ५ बजेर ४० मिनेटमा, सूर्यास्त – सायं ६ बजेर ३० मिनेटमा ।
दिनमान ३२ घडी ०६ पला ।
आज– महालक्ष्मीव्रतारम्भ गौरा सप्तमी ।।
चन्द्रमा – पश्चिमदिशामा दिनको ०१ बजेर १४ मिनेट सम्म पश्चात् उत्तरदिशामा जाने ।
योगिनी – वायव्य दिशामा ।
कालराहु – पश्चिम दिशामा ।
दिशाशूल– उत्तर दिशामा ।
राहुकाल – दिनको ं ०३ बजेर १८ मिनेटदेखि ०४ बजेर ५४ मिनेट सम्म ।। अशुभ ।।
यमघण्टा – बिहान ०८ बजेर ५३ मिनेटदेखि १० वजेर २९ मिनेट सम्म ।। अशुभ ।।
गुलीककाल– दिनको १२ बजेर ०५ मिनेटदेखि ०१ बजेर ४२ मिनेट सम्म ।। सौम्य ।।
अभिजितमुहूर्त – बिहान ११ बजेर ४० मिनेट देखि १२ बजेर ३१ मिनेट सम्म ।। शुभ ।।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
दिनको १ वजे सम्म गरेको श्रमको उचित मुल्याङ्कन मिल्नाले मन हर्षित होला,अरुको कुरा सुनेर निर्णय आफ्नो लिन सक्नुहुनेछ । व्यावसायमा मन्दी आएता पनि यसको असरले हजुरलाई नछोला । जीवन साथीको सहयोग भरपूर रूपमा पाईनेछ, शरीरमा फूर्ति बढ्नेछ । वाहानादिबाट राम्रो हुनेछ, पूर्व दिनमा खराव भएको स्वास्थ्यमा सुधार आउनेछ । मध्य दिनपछि केही विपरीत हुनसक्छ ।

वृष – (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)
दिनको १ बजे पछि पूर्ण सुखको अनुभूत होला । १ वजे सम्म लेन देनमा सावधानी अपनाउनाले आर्थिक समस्या हल होला , काममा जाँगर नलागे पनि कार्य भने संचालन हुनेछ । कुराकाट्नेहरू पछिनै रहनेछन् हजुर अगाडी बढ्नु हुनेछ । आज चनाखो हुनु आवश्यक छ । खानपिनको बिषेश ख्याल राख्नु राम्रो होला । स्वास्थमा हल्का नमी आयपनि मनका द्विविधा हट्नेछ । साझेदारी काममा लगानिको लागि ध्यान दिनु होला ।

मिथुन – (का,की,कू,घ,ङ,छ,के,को,हा)
मध्य दिन पछि भने विपरीत फलआउनेछ । चन्द्रमा तुलामा रहँदा सम्म अनेकौ राम्रा अवसरहरू ले पछ्याउनेछन् , जागीरबाट राम्रो हुनेछ । कामले सबैको तारिफ पाउन सकिनेछ, व्यवसाय सन्तोष जनकहोला । कला कौशलताका धनीहरूका लागि सुनौलो अवसर आउन सक्छ, अध्ययनको मार्ग सफल होला । प्रेमको बाटो सफल, घरयासी माल सामान जोडीनेछ । घरमा नवीन सदस्यको आगमनले खुशी छाउला , प्रसन्नताले दिन व्यतित हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
दिनको १ बजेर १४ मिनेट सम्म रोग व्याधीको डरले सताउला, नसोंचेको ठाउँमा रकम खर्च हुनसक्छ । कार्यमा सही दिशा समत्न नसकिएला । कामको लोडले थकानको महसुश होला । पाप कर्म तिर मन लाग्ला, यात्रामा सावधान हुनु पर्ने छ । प्रेम सम्बन्ध चिसिँदै जाला , बिद्यामा रुचि खासै जाने छैन । कुनै पनि कार्योजना गोप्य राख्नु लाभ होला । चन्द्रमाले वृश्चिक राशिमा गोचर गरे पछि राम्रो फलआउला ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
मध्य दिन पछि केही परिर्वतन भए पनि सकारत्मक फल आउनेछ । वस्त्र तथा उपाहार मिल्ने सम्भावना रहेकोछ । मिष्ठान्न एवं स्वादिष्ट भोजन प्राप्तहोला हिम्मत र जागर बढ्नेछ । सहयोग सबैको पाईएला । आजको दिन सामाजिक प्रतिष्ठा बढेर जाला । पे्रमी प्रेमिको सम्बन्धमा मधुरता आउने छ । सरल व्यावहारले गर्दा धेरैको मन जित्न सकिनेछ, आतिथ्य ग्रहणको अवसर मिल्नेछ । वित्तिय क्षेत्रको लगानीले राम्रो फल दिनेछ ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)
दिनको १ बजेर १४ मिनेट पश्चात् फलमा केही अन्तर आउनेछ । अध्ययन अध्यापनमा सफलता मिल्लनेछ, अतिथिको आगमनले मन प्रशन्न हुनेछ । स्वास्थ्यमा सुधारहुनेछ । व्यावसायिक यात्रा योजना सम्भव छ । वाद विवादमा विजय हासिल होला , सरकारी काम कार्य सहजै पूराहोला , यात्रमा मा आनन्दको अनुभूति होला । परिवारमा खुशीको माहोल वन्नेछ, ज्ञान आर्जनगर्ने मौका प्राप्तहोला । धन आर्जनको श्रोत फेलापर्ला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,त)
दिनको १ बजे सम्म मान सम्मान पाईएला, प्रेममा सफलता हात लाग्ला । जीवन साथीको भरपूर सहयोग प्राप्त होला, काममा मन लाग्नेछ । आफन्तको सहयोग भरपूर रूपमा पाईनेछ । सामाजिक काममा समय लगाउँनाले सवैको मन जित्न सकिन्छ । कुटुम्बको आगमनले मन प्रशन्न रहला । विगतका झमेलाहरू शान्त भएर जाने छन् । १ बजे पछि चन्द्रमाले वृश्चिकमा गोचर गरेपछि भने केही विपरीत फल आउला ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
आज १ वजे सम्म मात्र नकारात्मका फल देखिन सक्छ गरिरहेको काममा बाधा अड्चन आउन सक्ने छ प्रवासमा खासै सुख मिल्ने छैन । स्वास्थ्य कमजोर हुनसक्छ, बिलासीताको सामानमा खर्च बढ्ने छ । पढाई लेखाईमा मन जाने छैन, नेत्र पीडाको अनुभूति हुनसक्ने सम्भावना छ । यात्रामा व्यवधान आउन सक्ने भएका कारण साबधानी अपनाउनु राम्रो हुन्छ । १ वजे पछि सन्तोष जनक फल आउला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
मध्याह्न सम्म पुरानो आर्थिक समस्याको हल भएर जाने छ । व्यावसायमा पनि सानातिना झमेला आएता पनि सहज अघिबढ्न सकिनेछ, शैक्षिक क्षेत्रमा मन जागेर आउला । आय आर्जका मार्गहरूको खोजी होला, नवीन कार्ययोजनाले मूर्तरूप लिनेछ । वित्त, पुत्र, पौत्र सुखमा वृद्धि होला, आफूभन्दा ठूलाहरूको सहयोगले कार्यमा दिशा समातिने छ । १ वजे पछि खासै राम्रो समय देखिदैन ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
मध्य दिन पश्चात् हल्का फलमा फरका आए पनि हजुरको दिन भने राम्रै हुनेछ । साथीभाइ सँगको सामिप्ता अझै बढेर जाने छ । पुराना रोकिएका कामहरू सम्पादन होलान्, ,स्वास्थ्थमा सुधार सुधारले शारीरिक फूर्ति बढ्ने छ । मातृ पितृ सहयोगले कार्यमा गति लिने छ ,विरोधीहरू परास्त हुनेछन् । प्रेममा सफलता हात लाग्ला , बिद्यामा रुचि जाग्नेछ, व्यावसायिक कार्यको बिषयमा चर्चा चल्ने छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
दिनको १ वजे पछि केही फलमा अन्तर आउन सक्छ भाग्यले राम्रो साथ दिनेछ । पुरानो तथा पैतृक सम्पत्तिबाट लाभ लिन सकिनेछ । व्यापारले पर्याप्त लाभ देला, छोटों दूरीको यात्राले राम्रै फल दिनेछ । शिक्षको क्षेत्र राम्रो होला, धार्मिक कार्यमा मनजानेछ । रोकिएका काम सजिलै पुराहोला , मित्रवाट सहयोग प्राप्ती हुने, सामाजिक कार्यमा मन जानेछ । आज सकारत्मक दिन नै व्यतित होला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
दिनको १ वजे सम्म मात्र धन आगमनको मार्गमा केही कमी आउन सक्छ । बिरोधीहरू सल्वलाउनेछन् । वैदेशिक मानसिकता पलाउला, घरेलु खर्चमा बृद्धि होला । पारिवारिक खिँचातानले गर्दा काममा असहज महसुश होला । हल्का चोट पटकको भए रहेको हुनाले साबधानी आवश्यक छ । यात्राको सोँचलाई कार्यमा परिणत नगरेको राम्रो होला । किमती समान सुरक्षित राख्नु होला । १ वछे पछि दैनिकीमा परिर्वतन पक्कै आउने छ कामहरू बन्नेछन् ।

         #आजकाेराशिफल  #Aajako Rashifal