खेति गर्नेले पनि वास्तुका नियमले गरे मनग्य हुन्छ लाभ

515

संसारमा सुख शान्ति संमृद्धिको लागि बैदिक ज्योतिष तथा वास्तुले ठुलो भूमिका निर्वाह गरेको छ । घर गोठ मात्र हैन खेति लगाउने तरिकाको बिषयमा सम्म वास्तुले चर्चा गरेको छ । हाम्रो नेपाल कृषि प्रधान देश हो । त्यसैले कृषकले पनि वास्तुका नियमलाई अवलम्वन गरेर राम्रो लाभ लिन सकिन्छ । व्यवसायिक कृषि गर्नेले त झन् वास्तुको नियमलाई अपनाएर धेरै भन्दा धेरै आर्थिक लाभ लिन सक्दछन् । यदी खेतको र गरिने खेति वस्तु अनुसार हुनसकेन भने लागइको बाली – नाली राम्रो नहुने, बालीमा नाना थरीका कीट पतङ्ग आदिले दुख दिने हुन्छ । सोही कारण सकेसम्म वास्तु नियमलाई अपनाई लाभ लिन सक्नुहुनेछ । वस्तुका नियम अनुरुप खेति गर्नाले उत्पादन मा पनि बृद्धि हुने सुनिष्चित छ । वास्तुले वताए अनुसारको भूमि छैन भने पनि साधारण उपायले खेतिबाट मनग्य आम्दानी गर्नसकिने छ । र व्यवसयिक किसान लाभान्वित हुन सक्छन् ।
राम्रो खेतिको लागि वर्गाकार भूमि राम्रो हुन्छ । तर अनियमित वर्गाकार हुनु पनि राम्रो मनिदैन ।
खेतिकोलागी बानउने जलस्रोतको साधन उत्तर–पूर्व (इशान्य) दिशामा वनाउनु लाभ दायक रहन्छ । यो मेरो आफ्नो स्वयम अनुभव पनि हो । कहिल्यै पनि खेत बारीको मझमा कुनै पनि जलस्रोतको साधन वनाउदा घातक हुनसक्छ ।
यदि नदी, नहर खोल्सा – खोल्सी दक्षिण दिशा छ, भने आर्थिक हानी हुनसक्ने सम्भावना प्रवल देखिन्छ ।
खेतमा आग्नेय कोणमा पानीको ईनार, वोरिङ्ग, कुवा भयो भने अन्न चोरी हुने सम्भावना रहने हुन्छ ।
खेतमा उत्तर पूर्व अथवा इशान्य वाहेक अन्त्र खाल्टो छ भने चाँडो पूर्नुपर्ने हुन्छ । सबैलाई वरावर वानउदा अत्यन्त राम्रो हुन्छ ।
खेतमा जानेबाटो पूर्व अथवा उत्तरबाट राम्रो हुन्छ । नैरित्यकोणबाट खेतमा पस्नु कहिल्यै राम्रो हुदैन ।
यदि खेतमा आफूवस्ने हो भने नैऋत्यकोणमा निवास वनाउनु राम्रो हुन्छ । यसै ठाउँमा गोदाम अन्न भण्डारण स्थान वानउनु उपर्यक्त रहन्छ ।
मज्दुर हरुलई निवस वनाउनु पर्यो भने आग्नेय अथवा पश्चिम दिशामा वानउदा उचित हुन्छ ।
खेतिमा प्रयोग हुने टे«क्टर बैलगाडा आदि वाहन पश्चिम अथवा वायव्य दिशा राख्दा राम्रो हुन्छ ।
इलेक्ट्रिक पोल, मीटर आदि विद्युतीय उपकरण आग्नेय कोणमा लगाउनु राम्रो हुन्छ ।
खेति खान आउने सुगा, चरा, दुम्सी आदि लाई डराउन दिने पुत्तला दक्षिण या पश्चिममा पूर्व अथवा उत्तर मुखी राख्दा प्रभावकारी हुन्छ ।
खेतमा विउ छर्दा गर्नु अति राम्रो मनिन्छ ।
पाकिसकेको खेति काट्नेकाम इशान्य बाट सुरु गर्नु अत्यन्त राम्रो हुन्छ ।
नर्सरीको व्यवसाय गर्नेले खेतको पूर्व या पश्चिम दिशा लगाउदा राम्रो हुन्छ ।
पोल्ट्री फार्मको व्यवसायीले खेतको पश्चिम भाग चाँपेर वनाउदा राम्रो प्रगति हुनेछ । नोक्सान कम होला ।
बाख्रा पलनगर्ने व्यावसायीले बाख्रा फारम दक्षिण अथवा पश्चिम राम्रो हुने कुराको उल्लेख पाईन्छ ।
माछा पलनको लागि जमिन खेतको पूर्व–उत्तर दिशा राम्रो हो ।
खेतमा नयाँ रोपनि कार्य मंगल वार शनिबार प्रारम्भ गनुहुदैन ।
माछा पाल्नको लागि उत्तर दिशामा तलाउ वानएर व्यावसाय गर्नाले लाभ लिन सकिनेछ ।